अर्थमन्त्री खनाल र अमेरिकी राजदूतबीच शिष्टाचार भेट, नेपाललाई हुने सम्भावित सहयोगबारे छलफल

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, आश्विन ६, २०८२
|
|
३६ पटक हेरिएको
Shares
अर्थमन्त्री खनाल र अमेरिकी राजदूतबीच शिष्टाचार भेट, नेपाललाई हुने सम्भावित सहयोगबारे छलफल

सारांश

  •   आज अर्थ मन्त्रालय, सिंहदरबारमा अर्थमन्त्री  रामेश्वरप्रसाद खनाल र नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत महामहिम ःच।
  • म्भबल च्।
  • त्जयmउकयल बीच शिष्टाचार भेट सम्पन्न भएको छ।

६ असोज, काठमाडौं । 

आज अर्थ मन्त्रालय, सिंहदरबारमा अर्थमन्त्री  रामेश्वरप्रसाद खनाल र नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत महामहिम ःच। म्भबल च्। त्जयmउकयल बीच शिष्टाचार भेट सम्पन्न भएको छ।उक्त अवसरमा अर्थमन्त्री खनाल र अमेरिकी राजदूतले नेपालको हालको परिवर्तित अवस्था, वर्तमान सरकारका प्राथमिक कार्यहरु, र संयुक्त राज्य अमेरिकाले यस परिस्थितिमा नेपाललाई गर्न सक्ने सहयोगका विषयमा विस्तृत छलफल गरेका छन्।

अर्थमन्त्री खनालले वर्तमान सरकारको मुख्य कार्य तोकिएको समयमा निर्वाचन सम्पन्न गर्ने, पुनर्निर्माण योजना र सहुलियत प्याकेज मार्फत निजी क्षेत्रको मनोबल उकास्ने प्रयासमा केन्द्रित रहेको जानकारी दिनुभयो। अमेरिकी राजदूतले हालैको घटनामा ज्यान गुमाएका परिवारप्रति समवेदना व्यक्त गर्दै, यस परिस्थितिमा अमेरिकी सरकार नेपालका साथमा रहेको उल्लेख गर्नुभयो।  त्यसैगरी, अमेरिकी राजदूतले ःऋऋ को सहयोगमा संचालित ःऋब् नेपाल मार्फत कार्यान्वयन भइरहेका परियोजनाहरु समयमै सम्पन्न गर्न सरकारको थप प्रतिवद्धता आवश्यक रहेको बताउनुभयो। अर्थमन्त्री खनालले परियोजनाहरुको सफल कार्यान्वयनका लागि आवश्यक कार्यमा ढिलाइ नहुने विश्वास दिलाउनुभयो।

उक्त अवसरमा अर्थमन्त्री खनालले नेपालको सामाजिक आर्थिक विकासमा अमेरिकी सरकारको निरन्तर सहयोगको उच्च सराहना गर्दै, भविष्यमा पनि यस प्रकारको सहयोग निरन्तर रहिरहने अपेक्षा व्यक्त गर्नुभयो। वैठकमा अर्थ सचिव घनश्याम उपाध्याय, अर्थ मन्त्रालय, वैदेशिक सहायता समन्वय महाशाखाका सह–सचिव धनीराम शर्मा, परराष्ट्र मन्त्रालयका पदाधिकारी र अमेरिकी राजदूतावासका पदाधिकारीहरुको पनि उपस्थिति रहेको थियो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सुख्खा पहिरो गएपछि ३ दिनदेखि बिपी राजमार्ग अवरुद्ध, डाइभर्सन बनाइँदै
सुख्खा पहिरो गएपछि ३ दिनदेखि बिपी राजमार्ग अवरुद्ध, डाइभर्सन बनाइँदै
अमेरिकासँगको तनावका कारण इरान २०२६ को फिफा विश्वकपमा सहभागि नहुने
अमेरिकासँगको तनावका कारण इरान २०२६ को फिफा विश्वकपमा सहभागि नहुने
राप्रपाको प्रदर्शनका कारण बल्खु क्षेत्रमा ट्राफिक अस्तव्यस्त
राप्रपाको प्रदर्शनका कारण बल्खु क्षेत्रमा ट्राफिक अस्तव्यस्त
काठमाडौंको टोखामा एक पुरुष मृ*त भेटिए
काठमाडौंको टोखामा एक पुरुष मृ*त भेटिए
इजरायली नागरिकमाथि आक्र*मणमा संलग्न दुई जना पक्राउ
इजरायली नागरिकमाथि आक्र*मणमा संलग्न दुई जना पक्राउ
एनआरएनएको एकताबाट नेपालका राजनीतिक दलहरुले सिक्नुपर्छ : प्रधानमन्त्री
एनआरएनएको एकताबाट नेपालका राजनीतिक दलहरुले सिक्नुपर्छ : प्रधानमन्त्री
कृषि विकास बहुउद्देश्यीय सहकारीका सञ्चालकसहित ४ जना पक्राउ
कृषि विकास बहुउद्देश्यीय सहकारीका सञ्चालकसहित ४ जना पक्राउ
गण्डकीमा बहुमतको सरकार गठनका लागि ७ दिनको समय
गण्डकीमा बहुमतको सरकार गठनका लागि ७ दिनको समय
लालपुर्जा नपाउन्जेल सुकुमबासीलाई मासिक १५ हजार घरभाडा दिने सरकारको तयारी
लालपुर्जा नपाउन्जेल सुकुमबासीलाई मासिक १५ हजार घरभाडा दिने सरकारको तयारी
सुदूरपश्चिममा ‘घुमुवा’ प्रहरीमाथि डीआईजीको निगरानी, विवादमा परेकाहरू प्रदेश तानिंदै
सुदूरपश्चिममा ‘घुमुवा’ प्रहरीमाथि डीआईजीको निगरानी, विवादमा परेकाहरू प्रदेश तानिंदै