पर्सा–बाराका चार पालिकामा नगर बस सञ्चालनको तयारी

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, मंसिर ७, २०८३
|
|
३१ पटक हेरिएको
Shares
पर्सा–बाराका चार पालिकामा नगर बस सञ्चालनको तयारी

सारांश

  • वीरगञ्ज महानगरपालिकासहित पर्सा र बाराका चार पालिकालाई जोडेर नगर बस सञ्चालन गर्ने तयारी गरिएको छ ।
  • महानगरपालिकाले मंसिरभित्रै सेवा सञ्चालन गर्ने लक्ष्यसहित आवश्यक प्रक्रिया अघि बढाएको जनाएको छ ।
  • सहायक सडक तथा ग्रामीण बस्तीलाई मुख्य सडक सञ्जालसँग जोड्दै अन्तरपालिका आवागमन सहज र सुलभ बनाउने उद्देश्यले नगर बस सञ्चालन गर्न लागिएको वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले जानकारी दिए ।

 

६ मंसिर, वीरगञ्ज ।

वीरगञ्ज महानगरपालिकासहित पर्सा र बाराका चार पालिकालाई जोडेर नगर बस सञ्चालन गर्ने तयारी गरिएको छ । महानगरपालिकाले मंसिरभित्रै सेवा सञ्चालन गर्ने लक्ष्यसहित आवश्यक प्रक्रिया अघि बढाएको जनाएको छ । सहायक सडक तथा ग्रामीण बस्तीलाई मुख्य सडक सञ्जालसँग जोड्दै अन्तरपालिका आवागमन सहज र सुलभ बनाउने उद्देश्यले नगर बस सञ्चालन गर्न लागिएको वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले जानकारी दिए । नगर बस सेवालाई दिगो र व्यवस्थित बनाउन चारवटै पालिकाको सहभागितामा एक करोड रुपैयाँको एकीकृत सञ्चालन कोष स्थापना गर्ने निर्णय भएको उनले बताए ।

कोषमा वीरगञ्ज महानगरपालिकाले ४० लाख, जितपुरसिमरा उपमहानगरपालिकाले ३० लाख, कलैया उपमहानगरपालिकाले २५ लाख र परवानीपुर गाउँपालिकाले पाँच लाख रुपैयाँ योगदान गर्नेछन् ।

नगर बस सञ्चालनको सम्भाव्यता अध्ययन तथा आवश्यक तयारीका लागि चारवटै पालिकाका प्रतिनिधि सम्मिलित कार्यदलले तयार पारेको प्रतिवेदन आवश्यक संशोधनसहित पारित भइसकेको महानगरपालिकाले जनाएको छ ।

नगर बस सञ्चालनसम्बन्धी कार्यविधि तयार गर्ने जिम्मेवारी पनि कार्यदललाई दिइएको छ । कार्यदलले ७ मंसिरभित्र कार्यविधि तयार गरी पेस गर्नुपर्नेछ ।

महानगरपालिकाका राजस्व प्रशासन महाशाखा प्रमुख डा सुनिल आचार्यको संयोजकत्वमा गठित कार्यदलमा जितपुरसिमरा उपमहानगरपालिकाका लेखापाल हरिशङ्करप्रसाद कुर्मी, कलैया उपमहानगरपालिकाका अजय उप्रेती र परवानीपुर गाउँपालिकाका कृष्णकुमार यादव सदस्य रहेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?