पार्टीको कार्यकारी भूमिकामा फर्कंदै रवि लामिछाने

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, चैत्र १८, २०८१
|
|
४१ पटक हेरिएको
Shares
पार्टीको कार्यकारी भूमिकामा फर्कंदै रवि लामिछाने

सारांश

  • राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समितिको ‘विशेष बैठक’ आज (चैत १८) बस्दै छ ।
  • वनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयमा बस्ने बैठक दिउँसो ३ बजे सुरु हुने कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए ।
  • उनका अनुसार, केन्द्रीय समिति बैठक दुई चरणमा बस्नेछ ।

 

१८ चैत, काठमाडौं ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समितिको ‘विशेष बैठक’ आज (चैत १८) बस्दै छ । वनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयमा बस्ने बैठक दिउँसो ३ बजे सुरु हुने कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए । उनका अनुसार, केन्द्रीय समिति बैठक दुई चरणमा बस्नेछ । “पहिलो बैठक कार्यवाहक सभापति डीपी अर्यालको सभापतित्वमा बस्नेछ । सोही बैठकले सभापतिमा रवि लामिछानेलाई जिम्मेवारी तोक्ने निर्णय गर्नेछ,” झाले भने, “दोस्रो चरणमा लामिछानेकै सभापतित्वमा बैठक बस्नेछ ।”

बैठकनिम्ति विभिन्न एजेन्डा तय गरिएको छ । पहिलो बैठकमा कार्यवाहक सभापति डोलप्रसाद (डीपी) अर्यालबाट धन्यवाद ज्ञापन गरिनेछ । त्यसपछि सभापति रवि लामिछानेको नेतृत्वमा दोस्रो बैठक बस्नेछ । नेतृत्व छाडेको १६३ दिनपछि लामिछाने पार्टीको कार्यकारी भूमिकामा फर्कन लागेका हुन् । लामिछाने गएको कात्तिक २ गते सहकारी ठगी प्रकरणमा पक्राउ परेका थिए । कास्की जिल्ला अदालतमा मुद्दा दायर भएसँगै उनको सांसद पद निलम्बनमा छ । ०८१ पुस ८ गते लामिछानेले कार्यवाहक सभापतिको जिम्मेवारी उपसभापति अर्याललाई दिएका थिए । नेता–कार्यकर्ता र मतदाताको मागानुसार लामिछानेलाई जिम्मेवारीमा फर्काउन लागिएको कार्यवाहक प्रवक्ता झाको भनाइ छ ।

सहकारी ठगीमा चार अदालतमा धरौटी तारिख पाएका लामिछानेले तीनवटामा पुनरावेदन दर्ता गराइसकेका छन् । रास्वपाले यसअघि वीरगन्जको सानो पाइला सहकारीमा अभियोजन र सुनुवाइपछि मात्र लामिछानेलाई पार्टी भूमिकामा फर्काउने जनाएको थियो । तर, यतिखेर रास्वपाले ‘विशेष परिस्थिति’ बताएर लामिछानेलाई नेतृत्वमा फर्काउन लागेको हो । “देशमा फरक परिस्थिति निर्माण भएको छ । पुरानाहरूले फेरि इतिहासलाई पछाडि फर्काउने घोषणा र प्रयत्न गरिरहेका छन्,” झाले  भने, “यस्तो अवस्थामा जनताको नयाँ आशा बोकेको पार्टीको विशेष भूमिका आवश्यक हुने भएकाले पनि यस्तो निर्णयमा जान लागेका हौँ ।” उनले अदालतका विषय चल्दै जाने र त्यसको सम्मान गर्दै रास्वपा अघि बढ्ने बताए ।

आज बस्ने रास्वपा दोस्रो बैठकका यी हुन् छलफलका विषय– १. पार्टी र सदनको गतिविधिबारे तथा सदस्यहरूबाट आआफ्नो संक्षिप्त रिपोर्टिङ २. लिडरसिप एकेडेमीको फ्लो चार्ट सम्बन्धमा  ३. जनयात्रा कार्यक्रमबारे ४. पार्टीको राजनीतिक प्रतिवेदनमा आधारित देशव्यापी जागरण र बहस ५. अधिवेशन/महाधिवेशन कार्यतालिका ६. विविध  (क) मुस्लिम समुदायको महान् चाड इदको शुभकामना आदानप्रदान ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मोरङ: मृत अवस्थामा भेटिएका दुई बालिकाको आमा पाँच दिनपछि फेला परिन्
मोरङ: मृत अवस्थामा भेटिएका दुई बालिकाको आमा पाँच दिनपछि फेला परिन्
दाङमा करेन्ट लागेर एक जनाको मृत्यु
दाङमा करेन्ट लागेर एक जनाको मृत्यु
सुख्खा पहिरोले निर्माणाधीन अरनिको राजमार्ग अवरोध
सुख्खा पहिरोले निर्माणाधीन अरनिको राजमार्ग अवरोध
घट्यो सुनचाँदीको मुल्य घट्यो
घट्यो सुनचाँदीको मुल्य घट्यो
एक दर्जन स्थानमा राजमार्ग अवरुद्ध, १० असोजभित्र सञ्चालन गर्ने लक्ष्य
एक दर्जन स्थानमा राजमार्ग अवरुद्ध, १० असोजभित्र सञ्चालन गर्ने लक्ष्य
पाकिस्तानी प्रधानमन्त्री सरिफले दिए प्रधानमन्त्री कार्कीलाई बधाई
पाकिस्तानी प्रधानमन्त्री सरिफले दिए प्रधानमन्त्री कार्कीलाई बधाई
राजावादीको हिंस्रक प्रदर्शनप्रति रास्वपाको आपत्ति, घटनाका दोषीलाई कारबाहीको माग
राजावादीको हिंस्रक प्रदर्शनप्रति रास्वपाको आपत्ति, घटनाका दोषीलाई कारबाहीको माग
विकासका क्षेत्रमा लगानीअनुसार उपभोग भएको छैन : मुख्यमन्त्री पाण्डे
विकासका क्षेत्रमा लगानीअनुसार उपभोग भएको छैन : मुख्यमन्त्री पाण्डे
प्रधानमन्त्री ओली नेपाल-भारत बीचको फाइनल खेल हेर्न जाने
प्रधानमन्त्री ओली नेपाल-भारत बीचको फाइनल खेल हेर्न जाने
तीन सातादेखि ठप्प रहेको तमोर जलविद्युतको उत्पादन सुरु
तीन सातादेखि ठप्प रहेको तमोर जलविद्युतको उत्पादन सुरु