Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

खुम्बु क्षेत्र पर्यटकले खचाखच, लुक्लामा एकै दिन दुईसय उडान

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, आश्विन २३, २०८१
|
|
४४ पटक हेरिएको
Shares
खुम्बु क्षेत्र पर्यटकले खचाखच, लुक्लामा एकै दिन दुईसय उडान

सारांश

  • नेपाल नागरिक उड्ययन प्राधिकरण लुक्लाका प्रमुख उमेश पन्थीका अनुसार लुक्ला विमानस्थलमा एकैदिन दुई सय उडान भएका छन्।
  • उनका अनुसार मङ्गलबार रामेछापको मन्थली र काठमाडौँबाट एक सय ९८ वटा उडान भएका हुन्।
  • हवाईजहाजले ६१ र हेलिकप्टरले एक सय ३९ उडान भरेका छन्।

 

२३ असोज, सोलुखुम्बु – विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण तथा खुम्बु क्षेत्रको पदयात्रामा आएका पर्यटकले  मनमोहक स्थान भरिभराउ भएको छ।

नेपाल नागरिक उड्ययन प्राधिकरण लुक्लाका प्रमुख उमेश पन्थीका अनुसार लुक्ला विमानस्थलमा एकैदिन दुई सय उडान भएका छन्। उनका अनुसार मङ्गलबार रामेछापको मन्थली र काठमाडौँबाट एक सय ९८ वटा उडान भएका हुन्। हवाईजहाजले ६१ र हेलिकप्टरले एक सय ३९ उडान भरेका छन्। उक्त दिन एक हजार पाँच सय ३९ जना पर्यटक  खुम्बु भित्रिएका छन्। हवाईजहाजबाट एक सय ६७ स्वदेशी र छ सय ६७ जना विदेशी गरी आठ सय ४ तथा हेलिकप्टरबाट छ सय ९५ पर्यटक लुक्ला ओर्लिएका उनले बताए। पर्यटक आगमनको याम  सुरु भएकाले उडान सङ्ख्या अझै बढ्ने उनको भनाइ छ। यद्यपि पर्यटक लिएर काठमाडौँ र रामेछापको मन्थलीबाट आएका विमान प्रायः रित्तै फर्कने गरेका छन्। लुक्ला आउने पर्यटकको चाप हुने भएकाले फर्कनेको सङ्ख्या न्यून हुने गरेको तारा एयरलाइन्सका अमृत मगरले बताएका हुन्।

पदयात्राको याम सुरु भएसँगै पर्यटन व्यवसायीसमेत उत्साहित बनेको नाम्चेका व्यवसायी लामाकाजी शेर्पाले लरे भने, “अहिले हामीलाई पाहुनाको सत्कारमा भ्याइनभ्याइ छ।” पर्यटन मार्गमा पर्ने लुक्ला, जोरसल्ले, फाक्दिङ, नाम्चे, खुम्जुङ, तेङ्बोचेलगायत ठाउँका होटल व्यवसायी पर्यटकको स्वागत सत्कारमा व्यस्त छन्। त्यस क्षेत्रका बाटो, चौतारा तथा होटल, लज पर्यटकले नै भरिभराउ छन्। सगरमाथा क्षेत्रमा प्रवेश गर्ने पर्यटकको जोरसल्ले प्रवेशद्वारमा अनिवार्य दर्ता गर्ने व्यवस्था रहेको सगरमाथा राष्ट्रिय निकुञ्ज नाम्चेका सूचना अधिकारी मनोजकुमार मण्डलले बताएका छन्।

२०३२ मा स्थापना भएको सगरमाथा राष्ट्रिय निकुञ्ज एक हजार एक सय ४८ वर्गकिमी क्षेत्रफलमा फैलिएको छ। निकुञ्जभित्रको गोक्यो ताललाई सन् २००७ मा रामसार सूचीमा समावेश गरिएको सूचना अधिकारी मण्डलले जानकारी दिएका छन्। सन् १९७९ देखि निकुञ्जलाई विश्व सम्पदा सूचीमा समावेश गरिएको हो। निकुञ्जमा कस्तुरी मृग, थार, घोरल, लङ्गुर बाँदर, मोनाल, हाँइटे, हर्न लार्क, टिबेटन स्नो कक, चुग पाइन्छन्। निकुञ्ज क्षेत्रभित्र बसोबास गर्ने मानिसको सङ्या तीन हजारभन्दा बढी रहेको संरक्षण अधिकृत मण्डलले बताए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नो–पार्किङमा राखिएको सरकारी मोटरसाइकल ट्राफिकको कारबाहीमा
नो–पार्किङमा राखिएको सरकारी मोटरसाइकल ट्राफिकको कारबाहीमा
मोदीको शपथ ग्रहण समारोहमा जाने तयारीमा प्रधानमन्त्री प्रचण्ड
मोदीको शपथ ग्रहण समारोहमा जाने तयारीमा प्रधानमन्त्री प्रचण्ड
नक्सा पास गराइदिने भन्दै घुस लिँदै गरेको अवस्थामा मलंगवा नगरपालिकाका इन्जिनियर पक्राउ
नक्सा पास गराइदिने भन्दै घुस लिँदै गरेको अवस्थामा मलंगवा नगरपालिकाका इन्जिनियर पक्राउ
सर्लाहीको बयलवासमा मोटरसाइकल दुर्घटना; एक चालकको मृत्यु, अर्का घाइते
सर्लाहीको बयलवासमा मोटरसाइकल दुर्घटना; एक चालकको मृत्यु, अर्का घाइते
पाकिस्तानका थप १२ स्थानमा आक्रमण गर्ने भारतको तयारी
पाकिस्तानका थप १२ स्थानमा आक्रमण गर्ने भारतको तयारी
भूमि समस्या समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध : मुख्यमन्त्री बाँनिया
भूमि समस्या समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध : मुख्यमन्त्री बाँनिया
सहकारी छानबिन समितिले गृहमन्त्रीलाई दियो स्वदेश फर्काउनुपर्ने १८ जनाको नाम
सहकारी छानबिन समितिले गृहमन्त्रीलाई दियो स्वदेश फर्काउनुपर्ने १८ जनाको नाम
विराटनगरबाट ब्राउन सुगरसहित एक जना पक्राउ
विराटनगरबाट ब्राउन सुगरसहित एक जना पक्राउ
सुमना श्रेष्ठले मागिन् प्रधानमन्त्रीको राजीनामा
सुमना श्रेष्ठले मागिन् प्रधानमन्त्रीको राजीनामा
रास्वपा सभापति लामिछाने र राप्रपाका अध्यक्ष लिङ्देनबीच भेटवार्ता
रास्वपा सभापति लामिछाने र राप्रपाका अध्यक्ष लिङ्देनबीच भेटवार्ता