पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य १५ रुपैयाँले बढ्यो

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, चैत्र १२, २०८२
|
|
३६ पटक हेरिएको
Shares
पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य १५ रुपैयाँले बढ्यो

सारांश

  • नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।
  • निगमले बुधबार विज्ञप्तिमार्फत पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य १५ रुपैयाँ बढाइएको जानकारी दिएको हो ।
  • युद्धका कारण १५ दिन (१६ देखि ३१ मार्च सम्म) मा ५ रुपैयाँ अब घाटा हुने देखिएको निगमले जनाएको छ ।

१२ चैत,काठमाडौं ।

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले बुधबार विज्ञप्तिमार्फत पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य १५ रुपैयाँ बढाइएको जानकारी दिएको हो । युद्धका कारण १५ दिन (१६ देखि ३१ मार्च सम्म) मा ५ रुपैयाँ अब घाटा हुने देखिएको निगमले जनाएको छ । पछिल्लो समयको मूल्य वृद्धिको प्रक्षेपणलाई आधार मान्दा आगामी १५ दिनमा थप १५ अर्ब घाटा हुने देखिएको छ ।

अन्तर्राष्ट्रिय बजारमा भएको आकस्मिक मूल्य वृद्धिका कारण उत्पन्न भएको विषम परिस्थितिमा निगम सबै उपभोक्ता तथा सरोकारवालाहरूसँग सहयोगको आह्वान गर्दै पेट्रोलियम पदार्थको प्रयोगमा मितव्ययिता अपनाउन अनुरोध समेत गरेको छ । अन्तर्राष्ट्रिय बजारमा मूल्य कम हुनासाथ तत्काल मूल्य घटाइने समेत विज्ञप्तिमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?