एक सातादेखि हराएकी अञ्जली घरभित्रै पूजाकोठामा गाडेको अवस्थामा फेला

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, फाल्गुन १७, २०८१
|
|
२५ पटक हेरिएको
Shares
एक सातादेखि हराएकी अञ्जली घरभित्रै पूजाकोठामा गाडेको अवस्थामा फेला

सारांश

  • धनुषाको लक्ष्मीनिया गाउँपालिका – बनिनियाकी २० वर्षीया अञ्जली यादवको शव सडेगलेको अवस्थामा फेला परेको हो ।
  • स्थानीयले एकाएक अञ्जली हराएको तथा उनका श्रीमान् बेपत्ता भएको खबर गरेपछि प्रहरीले अनुसन्धान अगाडि बढाएको थियो ।
  • त्यसक्रममा शनिबार दिउँसो १ बजे कोठाभित्रै गाडेको अवस्थामा अञ्जलीको शव फेला परेको धनुषाका प्रहरी प्रवक्ता वरुणबहादुर सिंहले जानकारी दिए ।

१७ फागुन, धनुषामा एक महिलाको शव घरकै पूजाकोठामा गाडेको अवस्थामा फेला परेको छ । धनुषाको लक्ष्मीनिया गाउँपालिका – बनिनियाकी २० वर्षीया अञ्जली यादवको शव सडेगलेको अवस्थामा फेला परेको हो ।

स्थानीयले एकाएक अञ्जली हराएको तथा उनका श्रीमान् बेपत्ता भएको खबर गरेपछि प्रहरीले अनुसन्धान अगाडि बढाएको थियो ।
त्यसक्रममा शनिबार दिउँसो १ बजे कोठाभित्रै गाडेको अवस्थामा अञ्जलीको शव फेला परेको धनुषाका प्रहरी प्रवक्ता वरुणबहादुर सिंहले जानकारी दिए । श्रीमान् हरिराम यादव फरार रहेकाले अञ्जलीको हत्या गरेर उनैले शव गाडेको हुन सक्ने प्रहरीको आशंका छ । रामहरिसँगै उनीहरूका १० महिनाकी छोरीको पनि पत्तो लागेको छैन ।

स्थानीयका अनुसार गत शनिबार रामहरि र अञ्जलीबीच विवाद भएको थियो । भोलिपल्टै रामहरिले श्रीमती बेपत्ता भएको भनेर छरछिमेकमा सुनाएका थिए । मंगलबारदेखि रामहरि पनि बेपत्ता भए । एकाएक घरका सबै हराएपछि शंका लागेर स्थानीयले प्रहरीलाई खबर गरेका थिए । डीएसपी सिंहले शव उत्खनन गरेर प्रादेशिक अस्पतालमा पोस्टमार्टमको लागि पठाइएको जानकारी दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सेयर बजार पर्सि बुधबारदेखि खुल्ने
सेयर बजार पर्सि बुधबारदेखि खुल्ने
सुरक्षित इन्टरनेट दिवसको अवसरमा वर्ल्डलिङ्कद्वारा इन्टरनेट साक्षरता सत्र सम्पन्न
सुरक्षित इन्टरनेट दिवसको अवसरमा वर्ल्डलिङ्कद्वारा इन्टरनेट साक्षरता सत्र सम्पन्न
साउदीले लगायो भारतसहित १४ देशमाथि भिसा प्रतिबन्ध
साउदीले लगायो भारतसहित १४ देशमाथि भिसा प्रतिबन्ध
मनसुन सुरु हुनु अगावै सडक स्तरोन्नतिको व्यवस्था गराउन सांसदको माग
मनसुन सुरु हुनु अगावै सडक स्तरोन्नतिको व्यवस्था गराउन सांसदको माग
प्रधानाध्यापक हत्या प्रकरण : प्रेमिकासहित ७ जना पक्राउ
प्रधानाध्यापक हत्या प्रकरण : प्रेमिकासहित ७ जना पक्राउ
रौतहटमा निर्वाचन प्रहरीप्रति आकर्षण : मागभन्दा दोब्बर आवेदन दर्ता
रौतहटमा निर्वाचन प्रहरीप्रति आकर्षण : मागभन्दा दोब्बर आवेदन दर्ता
विपिन जोशीका आमा र बहिनी अमेरिकाबाट फर्किए काठमाडौं
विपिन जोशीका आमा र बहिनी अमेरिकाबाट फर्किए काठमाडौं
नेपाललाई सम्पत्ति शुद्धीकरणको ग्रे लिस्टबाट छिटो बाहिर निकाल्छौं : अर्थमन्त्री वाग्ले
नेपाललाई सम्पत्ति शुद्धीकरणको ग्रे लिस्टबाट छिटो बाहिर निकाल्छौं : अर्थमन्त्री वाग्ले
निर्वाचनको वातावरण बनाउन समस्याको समाधान गर्दै जानुपर्छ: अध्यक्ष दाहाल
निर्वाचनको वातावरण बनाउन समस्याको समाधान गर्दै जानुपर्छ: अध्यक्ष दाहाल
रास्वपाले स्वीकृत गर्‍यो सुमना श्रेष्ठलको राजीनामा
रास्वपाले स्वीकृत गर्‍यो सुमना श्रेष्ठलको राजीनामा