बाढीले क्षतिग्रस्त धादिङको जहरे सबस्टेसन पुनः सञ्चालनमा

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, भाद्र २९, २०८३
|
|
५५ पटक हेरिएको
Shares
बाढीले क्षतिग्रस्त धादिङको जहरे सबस्टेसन पुनः सञ्चालनमा

सारांश

  • भदौ १० गते आएको विनाशकारी बाढीका कारण जहरेखेतस्थित सबस्टेसनमा करिब १० फिटसम्म लेदोसहितको पानी जम्दा विद्युत् उपकरण तथा संरचनामा क्षति पुगेको थियो।
  • नेपाल विद्युत् प्राधिकरणले जनशक्ति, उपकरण र आवश्यक सामग्री परिचालन गरी सबस्टेसनको मर्मत तथा पुनःस्थापनाको काम तीव्र बनाएको थियो।
  • प्राधिकरणका अनुसार भदौ २८ गते दिउँसो २ बजेदेखि सबस्टेसन पुनः सञ्चालनमा आएको हो।

 

भोटेकोशी बाढीका कारण क्षतिग्रस्त धादिङको जहरे सबस्टेसन मर्मतपछि पुनः सञ्चालनमा आएको छ। भदौ १० गते आएको विनाशकारी बाढीका कारण जहरेखेतस्थित सबस्टेसनमा करिब १० फिटसम्म लेदोसहितको पानी जम्दा विद्युत् उपकरण तथा संरचनामा क्षति पुगेको थियो।

नेपाल विद्युत् प्राधिकरणले जनशक्ति, उपकरण र आवश्यक सामग्री परिचालन गरी सबस्टेसनको मर्मत तथा पुनःस्थापनाको काम तीव्र बनाएको थियो। प्राधिकरणका अनुसार भदौ २८ गते दिउँसो २ बजेदेखि सबस्टेसन पुनः सञ्चालनमा आएको हो। सबस्टेसन सञ्चालनमा आएसँगै गजुरी बजार, आदमघाट फिडरअन्तर्गतका २२ किलो क्षेत्र तथा पीडा फिडरअन्तर्गत किरान्चोक–मिलनटारलगायत क्षेत्रमा विद्युत् सेवा पुनःस्थापित भएको छ। प्राधिकरणले सबस्टेसन सञ्चालनमा आएसँगै प्रभावित क्षेत्रमा विद्युत् आपूर्ति क्रमशः सामान्य बन्दै गएको जनाएको छ। नियमित र भरपर्दो विद्युत् सेवा सुनिश्चित गर्न आवश्यक मर्मत तथा पुनःस्थापनाका कामलाई प्राथमिकताका साथ अघि बढाइएको प्राधिकरणको भनाइ छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?