नेपाली युवा टोली प्रिमियर कपको फाइनलमा

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, मंसिर १३, २०८२
|
|
४० पटक हेरिएको
Shares
नेपाली युवा टोली प्रिमियर कपको फाइनलमा

सारांश

  • मलेसियालाई पराजित गर्दै नेपाली युवा टोली एसीसी मेन्स यू-१९ प्रिमियर कपको फाइनल प्रवेश गरेको छ।
  •   शनिबार भएको सेमिफाइनलमा मलेसियालाई नौ विकेटले पराजित गर्दै नेपाल उपाधि नजिक पुगेको हो।
  • मलेसियाले दिएको ५२ रनको झिनो लक्ष्य नेपालले ७.

१३ मंसिर, मलेसिया ।

मलेसियालाई पराजित गर्दै नेपाली युवा टोली एसीसी मेन्स यू-१९ प्रिमियर कपको फाइनल प्रवेश गरेको छ।  शनिबार भएको सेमिफाइनलमा मलेसियालाई नौ विकेटले पराजित गर्दै नेपाल उपाधि नजिक पुगेको हो। मलेसियाले दिएको ५२ रनको झिनो लक्ष्य नेपालले ७.५ ओभरमा एक विकेटको क्षतिमा पूरा गरेको छ।नेपालका वंश क्षेत्री २३ र निश्चल क्षेत्री १५ रनमा अविजित रहे। ओपनर निरजकुमार यादव चार रनमा क्याच आउट भए। नेपालले १३ अतिरिक्त रन पाएको थियो।

त्यसअघि युएईको अजमानस्थित सेभेन डिस्ट्रिक ग्राउन्ड-२ मा नेपालले टस जितेर मलेसियालाई ब्याटिङका लागि निम्त्याएको थियो। पहिले ब्याटिङ गरेको मलेसिया १७.२ ओभरमा ५१ रनमा समेटिएको थियो। मलेसिया एक समय ६.३ ओभरमा ६ विकेट गुमाएर १३ रनको अवस्थामा थियो। नेपालविरुद्ध हमजाह पंगेनेलीले बनाएको १३ रन नै सर्वाधिक रह्यो। मोहम्मद फातुलले ११ रन थपे। अन्य कुनै पनि ब्याटरले दोहोरो अंकको स्कोर छुन सकेनन्।  मलेसियालाई कम स्कोरमा रोक्न नेपालका नितेशकुमार पटेलले चार विकेट लिए। नितेशले आठ ओभरमा दुई मेडन राख्दै २४ रन खर्चे।

चन्दन रामले तीन विकेट झारे। चन्दनले पाँच ओभरमा एक मेडन राख्दै १७ रन दिए। अपराजित पौडेल, अशोक धामी र रोशन विश्वकर्माले एक–एक विकेट लिए।नेपालले अब उपाधिका लागि ओमान र युएईबीचको खेलको विजेतासँग खेल्नेछ। पहिलो सेमिफाइनलमा अहिले युएई र ओमानबीच प्रतिस्पर्धा भइरहेको छ। प्रिमियरको कपको फाइलनमा पुगेसँगै नेपाल एसीसी मेन्स यू-१९ एसिया कपका लागि पनि छनोट भएको छ। प्रिमियर कपका सहभागी १४ टोलीमध्ये शीर्ष तीन टोली एसिया कपमा छनोट हुनेछन्। यू–१९ एसिया कप आगामी डिसेम्बरमा युएईमै हुँदै छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

यस्तो छ आजको तरकारी र फलफूलको थोक मूल्य
यस्तो छ आजको तरकारी र फलफूलको थोक मूल्य
परराष्ट्र मन्त्री देउवा भन्छिन् – सरकार परिवर्तनको चर्चा  मनोरञ्जनका लागि चलाएको हल्लामात्रै
परराष्ट्र मन्त्री देउवा भन्छिन् – सरकार परिवर्तनको चर्चा मनोरञ्जनका लागि चलाएको हल्लामात्रै
सिन्धुपाल्चोक केन्द्रविन्दु भएर भूकम्प
सिन्धुपाल्चोक केन्द्रविन्दु भएर भूकम्प
सशस्त्र प्रहरीमा भर्ना खुल्यो, एक हजारभन्दा धेरैलाई जागिरको अवसर
सशस्त्र प्रहरीमा भर्ना खुल्यो, एक हजारभन्दा धेरैलाई जागिरको अवसर
ज्ञानेन्द्र शाहलाई कानुनी कारबाहीको दायरामा ल्याउन माओवादीको माग
ज्ञानेन्द्र शाहलाई कानुनी कारबाहीको दायरामा ल्याउन माओवादीको माग
एमाले रामेछापका नेता भन्छन् : सुशीला कार्कीलाई अमेरिकाले प्रधानमन्त्री बनायो
एमाले रामेछापका नेता भन्छन् : सुशीला कार्कीलाई अमेरिकाले प्रधानमन्त्री बनायो
नारायणी नदीमा हामफालेकी महिलाको सकुशल उद्धार
नारायणी नदीमा हामफालेकी महिलाको सकुशल उद्धार
एकीकृत समाजवादीको राष्ट्रिय महाधिवेशन शुरू
एकीकृत समाजवादीको राष्ट्रिय महाधिवेशन शुरू
साफ यू-२० महिला च्याम्पियनसिप : निर्णायक खेलमा बंगलादेशसँग खेल्दै नेपाल
साफ यू-२० महिला च्याम्पियनसिप : निर्णायक खेलमा बंगलादेशसँग खेल्दै नेपाल
दाङमा अटो दुर्घटना, एक जनाको मृत्यु
दाङमा अटो दुर्घटना, एक जनाको मृत्यु