राष्ट्रिय सभा सदस्य निर्वाचन : कुन प्रदेशमा कति मतभार?
सारांश
- निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्यको निर्वाचनका लागि प्रदेशगत मतभार तयार पारेको छ।
- निर्वाचन आगामी माघ ११ गते हुँदैछ।
- निर्वाचनमा प्रदेश सभा सदस्यहरू, नगरपालिकाका प्रमुख र उपप्रमुखहरू र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षहरू मतदाता रहन्छन्।
२६ कात्तिक, काठमाडौं।
निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्यको निर्वाचनका लागि प्रदेशगत मतभार तयार पारेको छ। निर्वाचन आगामी माघ ११ गते हुँदैछ। निर्वाचनमा प्रदेश सभा सदस्यहरू, नगरपालिकाका प्रमुख र उपप्रमुखहरू र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षहरू मतदाता रहन्छन्। प्रदेश सभा सदस्यको मतभार ५३ र गाउँपालिकाका अध्यक्ष–उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख–उपप्रमुखको मतभार १९ रहेको छ। प्रदेशमा रहेका प्रदेश सभा सदस्य, स्थानीय तहका प्रमुख र उपप्रमुखको संख्यालाई आधार मानेर प्रदेशगत मतभार तयार पारेको हो।

कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया