झापा, मोरङ र सुनसरीबाट लागुऔषधसहित ५ जना पक्राउ

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, मंसिर २३, २०८२
|
|
५० पटक हेरिएको
Shares
झापा, मोरङ र सुनसरीबाट लागुऔषधसहित ५ जना पक्राउ

सारांश

  • झापा, मोरङ र सुनसरीका विभिन्न स्थानबाट लागुऔषधसहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
  • झापाको इलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको प्रहरी टोलीले चेकजाँचका क्रममा भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका दमक- १ का रोशन भुजेललाई १ ग्राम २९ मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको हो ।
  • यसैगरी मोरङको इलाका प्रहरी कार्यालय पथरीले उर्लाबारी-३ का पंकज पोखरेललाई ६ सय १० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको हो ।

२३ मंसिर, काठमाडौं ।

झापा, मोरङ र सुनसरीका विभिन्न स्थानबाट लागुऔषधसहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । झापाको इलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको प्रहरी टोलीले चेकजाँचका क्रममा भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका दमक- १ का रोशन भुजेललाई १ ग्राम २९ मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको हो । यसैगरी मोरङको इलाका प्रहरी कार्यालय पथरीले उर्लाबारी-३ का पंकज पोखरेललाई ६ सय १० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको हो ।

यस्तै, चेकजाँचकै क्रममा सुनसरीको अस्थायी प्रहरी पोस्ट तीनकुनेले को १ ह ७७२८ नम्बरको अटो चालक धरान- १५ का लाक्पा दोर्जे तामाङ र अटोमा सवार धरान- ४ की प्रमिला राईलाई प्रतिबन्धित औषधि ट्रामोल ११० क्याप्सुल र स्पास्पेन ११० ट्याब्लेटसहित पक्राउ गरिएको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । साथै कारोबारमा लागुऔषध कारोबारमा संलग्न धरान- ८ का ६६ वर्षीय टेकबहादुर तामाङलाई उनकै घर कोठाबाट प्रतिबन्धित औषधि ट्रामोल १०२० क्यापसुल, स्पास्पेन १०१० ट्याब्लेट र नगद १ लाख ४७ हजार ६ सय रुपैयाँसहित नियन्त्रणमा लिएको हो । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

काठमाडौँमा बङ्गलादेशी नागरिकको ह*त्या, एक जना पक्राउ
काठमाडौँमा बङ्गलादेशी नागरिकको ह*त्या, एक जना पक्राउ
५ वर्षसम्म कैद सजायको माग गर्दै दुर्गा प्रसाईँविरुद्ध जिल्ला अदालतमा मुद्दा दायर
५ वर्षसम्म कैद सजायको माग गर्दै दुर्गा प्रसाईँविरुद्ध जिल्ला अदालतमा मुद्दा दायर
मन्त्री पोखरेलद्वारा सरकारका एकसय दिनका उपलब्धि संसदमा प्रस्तुत
मन्त्री पोखरेलद्वारा सरकारका एकसय दिनका उपलब्धि संसदमा प्रस्तुत
वन हेरालु महतोको टाउको घटनास्थल देखि १०० मिटर टाढा भेटियो
वन हेरालु महतोको टाउको घटनास्थल देखि १०० मिटर टाढा भेटियो
सिमरामा भएको घटना लोकतन्त्रमा कदापि स्वीकार्य हुँदैन : प्रधानमन्त्री कार्की
सिमरामा भएको घटना लोकतन्त्रमा कदापि स्वीकार्य हुँदैन : प्रधानमन्त्री कार्की
६ वटा संसदीय समितिको बैठक बस्दै
६ वटा संसदीय समितिको बैठक बस्दै
आँबुखैरेनीको आँधीखोलामा ट्रक दुर्घटना, २ जनाको मृत्यु
आँबुखैरेनीको आँधीखोलामा ट्रक दुर्घटना, २ जनाको मृत्यु
रविको मुद्दा फिर्ताविरुद्धको रिटमा आज पनि आएन आदेश, ‘हेर्दाहेर्दै’ मा सकियो सुनुवाइ
रविको मुद्दा फिर्ताविरुद्धको रिटमा आज पनि आएन आदेश, ‘हेर्दाहेर्दै’ मा सकियो सुनुवाइ
रामेछापमा बस दुर्घटना हुँदा एक किशोरीको मृत्यु, १२ घाइते
रामेछापमा बस दुर्घटना हुँदा एक किशोरीको मृत्यु, १२ घाइते
स्थानीय सरकारले गाउँगाउँमा सिंहदरबार पु-याएको छः प्रधानमन्त्री
स्थानीय सरकारले गाउँगाउँमा सिंहदरबार पु-याएको छः प्रधानमन्त्री