अन्नपूर्ण आरोहण सुरु, एकै दिन ३२ आरोही चुचुरोमा

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, चैत्र २६, २०८१
|
|
२९ पटक हेरिएको
Shares
अन्नपूर्ण आरोहण सुरु, एकै दिन ३२ आरोही चुचुरोमा

सारांश

  •   म्याग्दीमा रहेको अन्नपूर्ण हिमालमा चालु वसन्त यामको आरोहण सुरु भएको छ ।
  • आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमाल अन्नपूर्ण गाउँपालिका–४ को भूगोलमा पर्छ ।
  • आरोहण सुरु भएको पहिलो दिन सोमबार बिहान ८ देखि ११ बजेको बीचमा नेपाली शेर्पा र विदेशी पर्वतारोहीसहित ३२ जनाले सफल आरोहण गरेका नेपाल पर्वतारोहण सङ्घले जनाएको छ ।

 

२६ चैत, काठमाडौं । 

म्याग्दीमा रहेको अन्नपूर्ण हिमालमा चालु वसन्त यामको आरोहण सुरु भएको छ । आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमाल अन्नपूर्ण गाउँपालिका–४ को भूगोलमा पर्छ । आरोहण सुरु भएको पहिलो दिन सोमबार बिहान ८ देखि ११ बजेको बीचमा नेपाली शेर्पा र विदेशी पर्वतारोहीसहित ३२ जनाले सफल आरोहण गरेका नेपाल पर्वतारोहण सङ्घले जनाएको छ ।

सङ्घका महासचिव मोहन लम्सालले सेभेन समिट ट्र्याकबाट नौ, पायनियर एडभेन्चरबाट आठ, आठके एक्सपिडेसन बाट नौ, इमाइजिन नेपालबाट तीन र मकालु एभेन्चरबाट दुईजनाले अन्नपूर्णको सफल आरोहण गरेको जानकारी दिनुभयो । अन्य दिनको तुलनामा सोमबार मौसम अनुकूल भएकाले धेरै आरोही अन्नपूर्णको शिखरमा पुग्न सफल भएको उहाँले बताउनुभयो । आरोहण टोलीका दुईजना शेर्पा हिउँपहिरोमा बेपत्ता भएका छन्भने अरू सकुशल आधार शिविर फर्किएका छन् । क्याम्प दुई र तीनको बीचमा हिउँ पहिरो आउँदा बेपत्ता भएका सोलुखुम्बुका रिमा शेर्पा र निमा टासी शेर्पाको खोजीमा हेलिकप्टर र शेर्पाको टोली परिचालन गरिएको छ ।

आरोही मिग्मा शेर्पाले धेरै जोखिम मोलेर अन्नपूर्णको आरोहण गर्न सफल भएको सामाजिक सञ्जाल ‘फेसबुक’ मा लेख्नुभएको छ । “सुक्खा अवस्था, धेरै दरार, क्याम्प दुई र क्याम्प तीनबीचको घातक हिमपहिरोले ज्यान बचाउन कठिन भयो”, उहाँले सामाजिक सञ्जालमा लेख्नुभएको छ, “अठोट र साहसका कारण चुचुरोमा पुगेर यो सुुन्दर हिमाललाई बिदाइ गरे, अन्नपूर्णको सुन्दरताले मलाई सधैँ आकर्षित गर्दथ्यो, तर अब यहाँ मेरो ज्यान जोखिममा पार्न सक्दिनँ ।” वसन्त याममा अन्नपूर्ण आरोहणका लागि ६६ जनाले अनुमति लिएका छन् । गत वर्ष जम्मा २५ जनाले मात्र अनुमति लिएका थिए । चार हजार १९० मिटर उचाइमा रहेको अन्नपूर्ण आधार शिविरमा आरोही, शेर्पा, पथप्रर्दशक, मजदुर र पर्यटकहरुले भरिएको छ ।

अन्नपूर्णको अहिलेसम्म ५२० जनाले सफल आरोहण गरेका पर्यटन विभागले जनाएको छ । सन् १९५० मा फ्रान्सका मौरिस हर्जोगले अन्नपूर्ण पहिलोपटक आरोहण गर्नुभएको थियो । प्रथम आरोही मौरिस हर्जोग आरोहणका क्रममा प्रयोग गरेको बाटोलाई पहिचान गरेर नारच्याङ–आधार शिविर जोड्ने मौरिस हर्जोग पदमार्ग निर्माण गरिएको छ । गाउँपालिकाको केन्द्र पोखरेबगरबाट २२ किलोमिटरसम्म सवारी साधनको यात्रा गरी होमखोलासम्म पुगेपछि त्यहाँबाट २१ किलोमिटरको पदैलयात्राबाट आधार शिविर पुग्न सकिन्छ ।  पदमार्गमा रहेको फुतफते झरना, आधार शिविरमा रहेको आकर्षक पञ्चकुण्ड ताल र हिमालको प्राकृतिक सुन्दरताले गर्दा यो क्षेत्र पछिल्लो समय नयाँ पर्यटकीय गन्तव्यका रूपमा विकास भएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सर्वोच्च बारको निर्वाचन आज, कांग्रेस-एमाले आमने सामने
सर्वोच्च बारको निर्वाचन आज, कांग्रेस-एमाले आमने सामने
प्रहरीका भान्सेको हत्या प्रकरण : अनुसन्धान विभागका इन्स्पेक्टरसहित तीन जना पक्राउ
नेपालगञ्जमा कर्फ्यू यथावत्, वार्ताको पहल हुँदै
नेपालगञ्जमा कर्फ्यू यथावत्, वार्ताको पहल हुँदै
मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ
मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ
भारतमा हेलिकप्टर दुर्घटना हुँदा ५ जनाको मृ*त्यु
भारतमा हेलिकप्टर दुर्घटना हुँदा ५ जनाको मृ*त्यु
बिहार निर्वाचनलाई लक्षित गर्दै नेपाल-भारत सुरक्षा निकायबीच समन्वय बैठक
बिहार निर्वाचनलाई लक्षित गर्दै नेपाल-भारत सुरक्षा निकायबीच समन्वय बैठक
पाकिस्तानी सेनाको कारवाहीमा १० भारतीय मारिए
पाकिस्तानी सेनाको कारवाहीमा १० भारतीय मारिए
उदयपुरको असारे क्षेत्रबाट ८९१ किलो गाँजा बरामद
उदयपुरको असारे क्षेत्रबाट ८९१ किलो गाँजा बरामद
बस्तीमा डोजर चल्ने भएपछि महोत्तरीको कालापानीका स्थानीयले वन कार्यालयको गाडीमा आगो लगाए, बीपी राजमार्ग अवरुद्ध
बस्तीमा डोजर चल्ने भएपछि महोत्तरीको कालापानीका स्थानीयले वन कार्यालयको गाडीमा आगो लगाए, बीपी राजमार्ग अवरुद्ध
सुन आयोगमा महराले दिए डेढ घण्टा बयान
सुन आयोगमा महराले दिए डेढ घण्टा बयान