लोकतन्त्रको सुदृढीकरण गर्नमा सञ्चारमाध्यमहरुको योगदान महत्वपूर्ण: राष्ट्रपति

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, कार्तिक २३, २०८२
|
|
२० पटक हेरिएको
Shares
लोकतन्त्रको सुदृढीकरण गर्नमा सञ्चारमाध्यमहरुको योगदान महत्वपूर्ण: राष्ट्रपति

सारांश

  • राष्ट्रपति रामचन्द्र पौडेलले लोकतन्त्रको सुदृढीकरण गर्न र त्यसको प्रतिफल जनताले प्राप्त गर्ने वातावरण निर्माणमा सञ्चारमाध्यमहरुको योगदान महत्वपूर्ण हुने बताएका छन् ।
  • सार्वजनिक सेवा प्रसारण नेपालको प्रथम वार्षिकोत्सव तथा सार्वजनिक सेवा प्रसारण र एन टिभी वल्र्डको औपचारिक शुभारम्भ समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले सो धारणा व्यक्त गरेका हुन् ।
  • ‘नेपाली जनताको ठूलो बलिदानीले लोकतन्त्रको स्थापना भएको हो ।

२३ कात्तिक, काठमाडौं ।

राष्ट्रपति रामचन्द्र पौडेलले लोकतन्त्रको सुदृढीकरण गर्न र त्यसको प्रतिफल जनताले प्राप्त गर्ने वातावरण निर्माणमा सञ्चारमाध्यमहरुको योगदान महत्वपूर्ण हुने बताएका छन् । सार्वजनिक सेवा प्रसारण नेपालको प्रथम वार्षिकोत्सव तथा सार्वजनिक सेवा प्रसारण र एन टिभी वल्र्डको औपचारिक शुभारम्भ समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले सो धारणा व्यक्त गरेका हुन् । ‘नेपाली जनताको ठूलो बलिदानीले लोकतन्त्रको स्थापना भएको हो । यसको सुदृढीकरण गर्न र त्यसको प्रतिफल जनताले प्राप्त गर्ने वातावरण निर्माण गर्न सञ्चारमाध्यमको योगदान महत्वपूर्ण रहन्छ’, उनले भने ।

राष्ट्रपति पौडेलले सुशासन र लोकतन्त्रलाई अझ उन्नत बनाउन फागुन २१ को निर्वाचन सफल बनाउनुपर्ने बताए । उनले भने, ‘युवा पुस्ताको सुशासन र विकासप्रति प्रकट भएको चाहनालाई ध्यान दिँदै संविधान र लोकतन्त्रलाई अझ उन्नत तथा सुदृढ बनाउन आगामी फागुन २१ को लागि तोकिएको प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई सफल बनाउन सञ्चारमाध्यमहरुले अझ प्रभावकारी ढंगले काम गर्नुपर्ने आजको आवश्यकता हो ।’ राष्ट्रपति पौडेलले देशको सकारात्मक परिवर्तन, विकासका पहल, सम्भावना र अवसरहरूका बारेमा नागरिकलाई सूचित गर्ने महत्वपूर्ण जिम्मेवारी पूरा गर्न दत्तचित्त भएर लाग्न सन्चारमाध्यम तथा सन्चारकर्मीहरूलाई आग्रह समेत गरे ।

उनले भने, ‘सार्वजनिक सेवा प्रसारण सरकारी वा व्यावसायिक स्वार्थको सञ्चार संस्था होइन, यो नागरिकको संस्था हो, जसले सरकारको हस्तक्षेप र व्यावसायिक दबाबभन्दा माथि उठेर नागरिकको पक्षमा, राष्ट्रहितमा काम गर्नुपर्छ ।’ स्वतन्त्र स्वायत्त संस्थाका रुपमा सार्वजनिक प्रसारण माध्यमको विकास भएको उनको भनाई थियो । उनले पछिल्लो समय गलत सूचना, भ्रामक समाचार र अफवाह फैलिने क्रम बढ्दै गएको छ भन्ने चिन्ता व्यक्त हुँदै आएको उल्लेख गरे । ‘यस्तो परिप्रेक्ष्यमा, राष्ट्रको विश्वासिलो सञ्चार माध्यमका रूपमा सार्वजनिक सेवा प्रसारण अन्तर्गतका हाल सञ्चालनमा रहेका सबै माध्यमले जनता र राष्ट्रलाई केन्द्रमा राखेर विश्वसनीय, जिम्मेवारी र निष्पक्षताका साथ पत्रकारिताको मर्यादा र धर्म निर्वाह गर्ने नै छ’, उनले भने ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

चामल किन्न नपरेको अभिव्यक्तिका कारण कृषिमन्त्रीले दिए राजीनामा
चामल किन्न नपरेको अभिव्यक्तिका कारण कृषिमन्त्रीले दिए राजीनामा
भृकुटीमण्डप र शान्तिवाटिका क्षेत्रको सवारी डाइभर्ट, झण्डै ८०० ट्राफिक प्रहरी परिचालित
भृकुटीमण्डप र शान्तिवाटिका क्षेत्रको सवारी डाइभर्ट, झण्डै ८०० ट्राफिक प्रहरी परिचालित
बाजुरा आगलागीः ३५ पसलमा आठ करोड बढीको क्षति
बाजुरा आगलागीः ३५ पसलमा आठ करोड बढीको क्षति
नयाँ शैक्षिकसत्र औपचारिक रुपमा सुरु
नयाँ शैक्षिकसत्र औपचारिक रुपमा सुरु
युक्रेनको सीमाछेउ पुल भत्किँदा रुसमा सात जनाको मृ*त्यु, दर्जनौँ घाइते
युक्रेनको सीमाछेउ पुल भत्किँदा रुसमा सात जनाको मृ*त्यु, दर्जनौँ घाइते
पौडी खेल्ने क्रममा डुबेर २ बालकको मृ*त्यु
पौडी खेल्ने क्रममा डुबेर २ बालकको मृ*त्यु
जेन–जी प्रदर्शन : घाइतेको उद्धारमा खटियो काठमाडौं महानगरको टोली
जेन–जी प्रदर्शन : घाइतेको उद्धारमा खटियो काठमाडौं महानगरको टोली
भक्तपुरमा एकै ठाउँमा २ युवतीको श*व फेला, प्रहरी घटनास्थलमा
भक्तपुरमा एकै ठाउँमा २ युवतीको श*व फेला, प्रहरी घटनास्थलमा
यस्ता छन् विहीबारको मन्त्रिपरिषद् बैठकका १९ निर्णय (सूचीसहित)
यस्ता छन् विहीबारको मन्त्रिपरिषद् बैठकका १९ निर्णय (सूचीसहित)
अवरुद्ध भएको बीपी राजमार्ग सञ्चालन
अवरुद्ध भएको बीपी राजमार्ग सञ्चालन