पौडी खेल्ने क्रममा डुबेर २ बालकको मृ*त्यु

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, जेठ १६, २०८२
|
|
४५ पटक हेरिएको
Shares
पौडी खेल्ने क्रममा डुबेर २ बालकको मृ*त्यु

सारांश

  • पौडी खेल्ने क्रममा डुबेर पोखरामा २ जना बालकको मृत्यु भएको छ ।
  • पोखरा महानगरपालिका वडा २५, मर्दी खोलाको ड्याममा बिहीबार दिउँसो २ बजे पौडी खेल्ने क्रममा डुबेर उनीहरुको मृत्यु भएको हो ।
  • मृत्यु हुनेमा कास्कीको माछापुच्छ«े गाउँपालिका–६, अस्तामका १३ वर्षीय विवश परियार र १४ वर्षीय विशाल परियार रहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले जानकारी दिए ।

१५ जेठ, पोखरा ।

पौडी खेल्ने क्रममा डुबेर पोखरामा २ जना बालकको मृत्यु भएको छ । पोखरा महानगरपालिका वडा २५, मर्दी खोलाको ड्याममा बिहीबार दिउँसो २ बजे पौडी खेल्ने क्रममा डुबेर उनीहरुको मृत्यु भएको हो ।

मृत्यु हुनेमा कास्कीको माछापुच्छ«े गाउँपालिका–६, अस्तामका १३ वर्षीय विवश परियार र १४ वर्षीय विशाल परियार रहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले जानकारी दिए । साथीहरुसँग पौडी खेल्ने क्रममा एक्कासि डुबेको खबरपछि पोखराको मालेपाटनस्थित सशस्त्र प्रहरी बल कालिका गणको गोताखोरसहितको उद्धार टोली पुगेको थियो । शव परीक्षणका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (पश्चिमाञ्चल क्षेत्रीय अस्पताल) लगिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?