ग्यास बुलेट दुर्घटना हुँदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, पौष १५, २०८२
|
|
२९ पटक हेरिएको
Shares
ग्यास बुलेट दुर्घटना हुँदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध

सारांश

  • पूर्वपश्चिम राजमार्गअन्तर्गत रौतहटको चन्द्रनिगाहपुर–निजगढ सडकखण्डमा ग्यास बुलेट दुर्घटना भएपछि सो क्षेत्रमा सवारी साधन सन्चालनमा रोक लगाइएको छ ।
  • मंगलबार बिहान ७ बजेर ५० मिनेट जाँदा पूर्वबाट युपी १७ ए २१४ नम्बरको एलपी ग्यास बुलेट दुर्घटनामा परेको हो ।
  • बुलेट सडकमै तर्सो परेको छ ।

१५ पुस, काठमाडौं ।

पूर्वपश्चिम राजमार्गअन्तर्गत रौतहटको चन्द्रनिगाहपुर–निजगढ सडकखण्डमा ग्यास बुलेट दुर्घटना भएपछि सो क्षेत्रमा सवारी साधन सन्चालनमा रोक लगाइएको छ । मंगलबार बिहान ७ बजेर ५० मिनेट जाँदा पूर्वबाट युपी १७ ए २१४ नम्बरको एलपी ग्यास बुलेट दुर्घटनामा परेको हो । बुलेट सडकमै तर्सो परेको छ । दुर्घटनामा चालक सामान्य घाइते भएका छन् ।

तर ग्यास लिक भइरहेकाले सम्भावित जोखिमलाई मध्यनजर गर्दै सवारी आवागमन पूर्णरूपमा रोक लगाइएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । प्रहरीले सवारी चालकहरूलाई वैकल्पिक सडक प्रयोग गर्न आग्रह गरेको छ । ग्यास लिक भइरहेकाले आगलागी हुन सक्ने भएकाले दमकल र बुलेटलाई उठाउन क्रेन झिकाइएको छ । जंगल क्षेत्रमा दुर्घटना भएकाले नजिकमा बस्ती भने छैन । तर स्थिति पूर्णरूपमा सामान्य नभएसम्म राजमार्ग नखुल्ने इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरकी डिएसपी रूपा लाबुङले बताइन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नौबिसे-मलेखु सडकखण्ड आजदेखि १५ दिनसम्म राति ५ घण्टा बन्द
नौबिसे-मलेखु सडकखण्ड आजदेखि १५ दिनसम्म राति ५ घण्टा बन्द
आजको मौसमः पहाडका केहि क्षेत्रमा बदली, मुख्यतया सफा रहने
मन्त्री बन्न डा. रुइत अनिच्छुक, प्रधानमन्त्री कार्कीले गरेकी थिइन् स्वाथ्यमन्त्रीमा प्रस्ताव
मन्त्री बन्न डा. रुइत अनिच्छुक, प्रधानमन्त्री कार्कीले गरेकी थिइन् स्वाथ्यमन्त्रीमा प्रस्ताव
ओली, देउवा र प्रचण्डसँग राष्ट्रपति पौडेलले छलफल गर्दै
ओली, देउवा र प्रचण्डसँग राष्ट्रपति पौडेलले छलफल गर्दै
सुर्खेत विमानस्थल मर्मतको काम सकियो, शनिबारदेखि सुचारु हुने
सुर्खेत विमानस्थल मर्मतको काम सकियो, शनिबारदेखि सुचारु हुने
सुनको मुल्य अहिलेसम्मकै उच्च  तोलाको कति पुग्यो ?
सुनको मुल्य अहिलेसम्मकै उच्च तोलाको कति पुग्यो ?
२६२ किलो गाँजासहित विराटनगरबाट ३ जना पक्राउ
२६२ किलो गाँजासहित विराटनगरबाट ३ जना पक्राउ
उपचारमा लापरबाही गर्ने मुस्कान अस्पताल बन्द गर्न मुख्यमन्त्री सिंहको निर्देशन
उपचारमा लापरबाही गर्ने मुस्कान अस्पताल बन्द गर्न मुख्यमन्त्री सिंहको निर्देशन
यस्तो छ तपाइको आजको राशिफल
यस्तो छ तपाइको आजको राशिफल
प्रा.डा. खड्‌ग केसीलाई त्रिवि उपकुलपतिको जिम्मेवारी
प्रा.डा. खड्‌ग केसीलाई त्रिवि उपकुलपतिको जिम्मेवारी