उद्योगमा विद्युत् कटौती भएपछि औद्योगिक करिडोरका मजदुर आन्दोलित

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, पौष ११, २०८०
|
|
२६ पटक हेरिएको
Shares
उद्योगमा विद्युत् कटौती भएपछि औद्योगिक करिडोरका मजदुर आन्दोलित

सारांश

  • बारा–पर्सा औद्योगिक करिडोरका उद्योगमा कार्यरत मजदुरहरुले आज विरोध कार्यक्रम गरेका छन् ।
  • डेडिकेटेड र ट्रंक लाइन प्रयोग गरेबापत विद्युत् महसुल नबुझाउने उद्योगहरुको विद्युत् लाइन काटिएको विरोधमा मजदुरहरुले प्रदर्शन गरेका हुन् ।
  • नेपाल विद्युत् प्राधिकरणले बारा–पर्सा औद्योगिक करिडोरको सबैभन्दा ठुलो उद्योग जगदम्बा स्टिल्स, त्रिवेणी स्पेनिङ मिल्स र अशोक स्टिलको गत शुक्रबार साँझदेखि विद्युत् लाइन काटेको हो ।

११ पुस, बारा । बारा–पर्सा औद्योगिक करिडोरका उद्योगमा कार्यरत मजदुरहरुले आज विरोध कार्यक्रम गरेका छन् ।

डेडिकेटेड र ट्रंक लाइन प्रयोग गरेबापत विद्युत् महसुल नबुझाउने उद्योगहरुको विद्युत् लाइन काटिएको विरोधमा मजदुरहरुले प्रदर्शन गरेका हुन् । नेपाल विद्युत् प्राधिकरणले बारा–पर्सा औद्योगिक करिडोरको सबैभन्दा ठुलो उद्योग जगदम्बा स्टिल्स, त्रिवेणी स्पेनिङ मिल्स र अशोक स्टिलको गत शुक्रबार साँझदेखि विद्युत् लाइन काटेको हो । उद्योगमा कार्यरत मजदुरहरुले श्रमिक अधिकार सुनिश्चित गर, बन्द उद्योग खुल्ला गर, विद्युत् काट्न पाइँदैन, रोजगारीको ग्यारेन्टी गर, श्रमिकको पेटमा लात हान्न पाइँदैन भन्दै नारा लगाएका थिए । माओवादी निकट जगदम्बा स्टिल मजदुर युनियनको नेतृत्वमा भएको विरोध कार्यक्रममा अखिल नेपाल मजदुर संघ आधिकारिक टे«ड युनियन हुलास स्टिलका सचिव ओमप्रकाश पटेल र अखिल नेपाल औद्योगिक मजदुर संघ त्रिवेणी मिल्सका अध्यक्ष अनिल साहको नेतृत्वमा करिब २ हजारको संख्यामा मजदुरले इलाका प्रशासन कार्यालय सिमरा र विद्युत् प्राधिकरण सिमरा वितरण केन्द्रका प्रमुखलाई ज्ञापनपत्र बुझाएका थिए ।

 

बिहान करिब १० बजे सिमरास्थित जगदम्बा स्टिलको मूल गेटदेखि सुरु भएको विरोध कार्यक्रम प्राधिकरणको सिमरा केन्द्रमा पुगेर टुङ्गिएको थियो । सो कार्यक्रममा करिडोरका अधिकांश मजदुर सहभागी थिए । जगदम्बा स्टिल आधिकारिक मजदुर युनियनका सचिव दिपक कार्कीले भने, ‘यसरी उद्योग धेरै दिन बन्द हुँदा मजदुर, कर्मचारीले पारिश्रमिक नै गुमाउनुपर्ने अवस्था आयो, मजदुरले रोजीरोटी नै खोसिने भएकाले हामीले बाध्य भएर विरोध कार्यक्रम गरेका हौँ । सरकारले उद्योगीहरुसँग वैकल्पिक बाटो अपनाएर विद्युत् महसुल उठाउन पहल गर्नुपर्ने उनको भनाइ छ ।

करिडोरका ५ वटा उद्योगले ६ अर्बभन्दा बढी विद्युत् महसुल बुझाउन बाँकी

 

‘डेडिकेटेड फिडर’ र ‘ट्रंक लाइन’ मार्फत विद्युत् प्रयोग गर्ने बारा–पर्सा औद्योगिक करिडोरका सिमरा वितरण केन्द्र अन्तर्गत ४ वटा र वीरगञ्ज वितरण केन्द्र अन्तर्गत एउटा गरी ५ वटा उद्योगले ६ अर्बभन्दा धेरै रकम विद्युत् महसुलबापत बुझाउन बाँकी छ । सिमरा वितरण केन्द्रको तथ्याङ्क अनुसार करिडोरको सबैभन्दा ठुलो उद्योग जगदम्बा स्टिलको ४ अर्ब १४ करोड, अशोक स्टिलको ७८ करोड, हामा आइरनको ११ करोड ५० लाख, हुलासको ४३ करोड र सूर्य नेपालको २ करोड ५० लाख रुपैयाँ विद्युत् महसुल बुझाउन बाँकी छ । साथै वीरगञ्ज वितरण केन्द्र अन्तर्गत रहेको त्रिवेणी स्पेनिङ्ग मिल्सको ८६ करोड ९० लाख रुपैयाँ बक्यौता रहेको जनाइएको छ । यी ५ उद्योग मध्ये हालसम्म ३ वटा उद्योगको विद्युत् लाइन काटिएको छ । विद्युत् प्राधिकरण सिमरा केन्द्रका प्रमुख इन्जिनियर रुमेश रुपाखेतीले डेडिकेटेड र ट्रंक लाइनको हकमा केन्द्रबाट आएको निर्णय र निर्देशनका आधारमा सिमरा वितरण केन्द्रले काम गरेको बताए । ‘पहिलो चरणमा ठुला उद्योगको लाइन काट्ने निर्णय भएकाले जगदम्बा र अशोक स्टिलको लाइन काटेका छौँ, बाँकीको हकमा व्यवस्थापनले के निर्णय गर्छ, सोही अनुसार अगाडि बढ्ने हो ।’

 

बारा-पर्सा औद्योगिक करिडोरमा विद्युत् प्राधिकरण सिमरा वितरण केन्द्र अन्तर्गत मात्रै ५८६ वटा उद्योग छन् भने वीरगञ्ज वितरण केन्द्र अन्तर्गत पनि यत्तिकै संख्यामा उद्योग रहेको सिमरा शाखाले जनाएको छ । २०७२ सालमा विद्युत् प्राधिकरणको बोर्डले निर्णय गरेर ‘डेडिकेटेड फिडर’ र ‘ट्रंक लाइन’ मार्फत विद्युत् प्रयोग गर्ने उद्योगहरुलाई निर्वाध विद्युत् उपलब्ध गराइ छुट्टै महसुल दर कायम गर्ने निर्णय गरेको थियो । प्राधिकरणको सोही निर्णय बमोजिम सिमरा वितरण केन्द्र अन्तर्गत ५ वटा उद्योगले ‘डेडिकेटेड’ र ‘ट्रंक लाइन’ मार्फत विद्युत् प्रयोग गरेका थिए । जसअन्तर्गत जगदम्बा स्टिल, अशोक स्टिल, हुलास स्टिल, हामा आइरन र सूर्य नेपाल छन् । यी ५ वटा उद्योगले २०७२ साल भदौदेखि २०७७ साल असारसम्म डेडिकेटेड र ट्रंक लाइन प्रयोग गरेको सिमरा वितरण केन्द्रले जनाएको छ । २०७७ साउनदेखि प्राधिकरणले लोडसेडिङ हटाएपछि डेडिकेटेड र  ट्रंक लाइन नै हटाइएको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

२०८२ को पहिलो कारोबार बढ्यो सेयर बजार
२०८२ को पहिलो कारोबार बढ्यो सेयर बजार
निर्वाचन आयोगले पाँच बिषयमा छलफलका लागि राजनीतिक दलहरूलाई बोलायो 
निर्वाचन आयोगले पाँच बिषयमा छलफलका लागि राजनीतिक दलहरूलाई बोलायो 
यस्ता छन् सरकारले मुख्य प्राथमिकतामा राखेका १२ नीति र कार्यक्रम
यस्ता छन् सरकारले मुख्य प्राथमिकतामा राखेका १२ नीति र कार्यक्रम
ललितपुर महानगरपालिका कार्यक्षेत्र भएका सहकारीलाई ७ बुँदे सूचना
ललितपुर महानगरपालिका कार्यक्षेत्र भएका सहकारीलाई ७ बुँदे सूचना
रित्तो थाली बोकेर माइतीघरमा सुकुम्वासीको प्रदर्शन
रित्तो थाली बोकेर माइतीघरमा सुकुम्वासीको प्रदर्शन
पोखरा विरुद्ध टस जितेर ब्याटिङ गर्दै लुम्बिनी
पोखरा विरुद्ध टस जितेर ब्याटिङ गर्दै लुम्बिनी
आइसिसी यू-१९ महिला विश्वकप : अस्ट्रेलियाविरूद्ध फिल्डिङ गर्दै नेपाल
आइसिसी यू-१९ महिला विश्वकप : अस्ट्रेलियाविरूद्ध फिल्डिङ गर्दै नेपाल
स्कटल्याण्डसँग नेपाल पराजित, सुपर सिक्समा पुग्न कठिन
स्कटल्याण्डसँग नेपाल पराजित, सुपर सिक्समा पुग्न कठिन
डिपेन्डेन्ट भिसामा युके पठाउने भन्दै ठगी गर्ने दुई युवा समातिए
डिपेन्डेन्ट भिसामा युके पठाउने भन्दै ठगी गर्ने दुई युवा समातिए
जाजरकोटमा जिप दुर्घटना, एकको मृ*त्यु, तीन घाइते
जाजरकोटमा जिप दुर्घटना, एकको मृ*त्यु, तीन घाइते