बालेनको कालो चस्माबारे स्वास्थ्य रिपोर्ट संसद् सचिवालयमा

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, भाद्र ९, २०८३
|
|
१८९ पटक हेरिएको
Shares
बालेनको कालो चस्माबारे स्वास्थ्य रिपोर्ट संसद् सचिवालयमा

सारांश

  • त्यस्तो पत्र संसद् सचिवालय आइपुगेको संसद् सचिवालयका सहसचिव एवं प्रवक्ता एकराम गिरीले पुष्टि गरे।
  • ‘प्रधानमन्त्रीज्यूले कालो चस्मा लगाउनैपर्ने बाध्यता रहेको मेडिकल रिपोर्टसहितको पत्र संसद् सचिवालयमा आएको छ’, प्रवक्ता गिरीले मंगलबार बिहान  भने।
  • गत साउन २० गते बसेको कार्यव्यवस्था परामर्श समिति बैठकमा सभामुख डीपी अर्यालले संसद् बैठकमा सांसदहरूले कालो चस्मा लगाउने गरेको विषयमा बारम्बार प्रश्न उठ्ने गरेकाले अबदेखि लगाउन नपाइने भनेका थिए।

प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले संसद् बैठकमा उपस्थित हुँदा कालो चस्मा लगाउनैपर्ने स्वास्थ्य समस्या रहेको भनी मेडिकल रिपोर्टसहितको पत्र संसद् सचिवालयमा पुगेको छ। त्यस्तो पत्र संसद् सचिवालय आइपुगेको संसद् सचिवालयका सहसचिव एवं प्रवक्ता एकराम गिरीले पुष्टि गरे। ‘प्रधानमन्त्रीज्यूले कालो चस्मा लगाउनैपर्ने बाध्यता रहेको मेडिकल रिपोर्टसहितको पत्र संसद् सचिवालयमा आएको छ’, प्रवक्ता गिरीले मंगलबार बिहान  भने।

गत साउन २० गते बसेको कार्यव्यवस्था परामर्श समिति बैठकमा सभामुख डीपी अर्यालले संसद् बैठकमा सांसदहरूले कालो चस्मा लगाउने गरेको विषयमा बारम्बार प्रश्न उठ्ने गरेकाले अबदेखि लगाउन नपाइने भनेका थिए। साथै कालो चस्मा लगाउनैपर्ने कुनै समस्या भएको त्यसको स्वास्थ्य परीक्षण रिपोर्ट चाहिने बताएका थिए।  सोही कारण प्रधानमन्त्री बालेनले आफूलाई कालो चस्मा लगाउनैपर्ने बाध्यता रहेको स्वास्थ्य जाँचको रिपोर्ट संसद् सचिवालयमा पेस गरेका हुन्।

त्यस्तो समस्या के रहेछ त प्रधानमन्त्रीज्यूलाई?

संसद् सचिवालयका प्रवक्ता गिरीले भने, ‘अहिलेलाई यति बुझ्नुस्- कालो चस्मा लगाउनैपर्ने स्वास्थ्य रिपोर्टसहितको पत्र संसद् सचिवालयलाई प्राप्त भएको छ।’  प्रधानमन्त्री बालेन बुधबार प्रतिनिधिसभाको बैठकमा सांसदसँग प्रश्नोत्तर गर्दै छन्। त्यसको अघिल्लो दिन उनले कालो चस्मा लगाउनैपर्ने बाध्यता रहेको खुलासा भएको हो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

यस्तो छ , आजको लागि विदेशी मुद्राको विनिमयदर
यस्तो छ , आजको लागि विदेशी मुद्राको विनिमयदर
श्रम रोजगारीका सबै अवसर आम नागरिकसम्म पुग्नुपर्छ : प्रधानमन्त्री
श्रम रोजगारीका सबै अवसर आम नागरिकसम्म पुग्नुपर्छ : प्रधानमन्त्री
मन्त्रिपरिषद् बैठकका १८ निर्णय सार्वजनिक, प्रधानमन्त्रीको भ्रमणदेखि नियुक्तिसम्म (निर्णयसहित)
मन्त्रिपरिषद् बैठकका १८ निर्णय सार्वजनिक, प्रधानमन्त्रीको भ्रमणदेखि नियुक्तिसम्म (निर्णयसहित)
सुखद सुरुवातपछि उत्साही नेपाल आज बलियो नेदरल्यान्ड्ससँग भिड्दै
सुखद सुरुवातपछि उत्साही नेपाल आज बलियो नेदरल्यान्ड्ससँग भिड्दै
ट्र्याक्टरमा च्यापिएर चालकको मृत्यु
ट्र्याक्टरमा च्यापिएर चालकको मृत्यु
दुर्घटना न्यूनीकरण विशेष अभियान तथा ट्राफिक सप्ताह २०८२ : चौथो दिन २३ हजारभन्दा बढी सडक प्रयोगकर्ता लाभान्वित
दुर्घटना न्यूनीकरण विशेष अभियान तथा ट्राफिक सप्ताह २०८२ : चौथो दिन २३ हजारभन्दा बढी सडक प्रयोगकर्ता लाभान्वित
गृहमन्त्री लेखकसँग एसएसबी महानिर्देशकको भेटवार्ता
गृहमन्त्री लेखकसँग एसएसबी महानिर्देशकको भेटवार्ता
धनुषाभर स्वास्थ्यकर्मीहरुको प्रदर्शन जारी, सडक अवरुद्ध
धनुषाभर स्वास्थ्यकर्मीहरुको प्रदर्शन जारी, सडक अवरुद्ध
सर्लाहीमा बालकसहित दुई जनाको श*व फेला
सर्लाहीमा बालकसहित दुई जनाको श*व फेला
महाकुम्भ स्नान गर्न गएका सप्तरीका तीनजना सम्पर्कविहीन
महाकुम्भ स्नान गर्न गएका सप्तरीका तीनजना सम्पर्कविहीन