तरुण दलको अधिवेशनमा खुकुरी हान्ने व्यक्ति पक्राउ

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, जेठ १५, २०८२
|
|
२१ पटक हेरिएको
Shares
तरुण दलको अधिवेशनमा खुकुरी हान्ने व्यक्ति पक्राउ

सारांश

  • नेपाली कांग्रेसको भातृ संस्था नेपाल तरुण दलको लमजुङ अधिवेशनमा खुकुरी हान्ने व्यक्ति पक्राउ परेका छन् ।
  • पक्राउ पर्नेमा मध्यनेपाल नगरपालिका वडा नं ६ का ४२ वर्षीय किरण गुरुङ छन् ।
  • पक्राउ परेका किरणबिरुद्ध लमजुङ जिल्ला अदालतबाट ज्यान मार्ने उद्योगसम्बन्धी कसूर मुद्दामा सात दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान प्रक्रिया अघि बढाइएको लमजुङ प्रहरीले जनाएको छ ।

१५ जेठ, पोखरा ।

नेपाली कांग्रेसको भातृ संस्था नेपाल तरुण दलको लमजुङ अधिवेशनमा खुकुरी हान्ने व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा मध्यनेपाल नगरपालिका वडा नं ६ का ४२ वर्षीय किरण गुरुङ छन् । पक्राउ परेका किरणबिरुद्ध लमजुङ जिल्ला अदालतबाट ज्यान मार्ने उद्योगसम्बन्धी कसूर मुद्दामा सात दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान प्रक्रिया अघि बढाइएको लमजुङ प्रहरीले जनाएको छ ।

अधिवेशनको उद्घाटन सत्रमा विवाद हुँदा गुरुङले खुकुरी प्रहार गरेका थिए । खुकुरी प्रहारबाट मध्यनेपाल नगरपालिका वडा नं ९ का वडाध्यक्ष समेत रहेका तरुण दलका क्षेत्रीय सभापति खुशीजंग गुरुङ, नेपाली कांग्रेस लमजुङ जिल्ला कार्यसमिति सदस्य किशोरजंग बस्नेत, नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य सुदीप अधिकारी र नेपाल तरुण दलका सदस्य शंकर सापकोटा घाइते भएका थिए ।

अधिवेशनमा तरुण दलका केन्द्रीय अध्यक्ष विद्धान गुरुङ, गण्डकी प्रदेशका आर्थिक मामिलामन्त्री डा. टकराज गुरुङ, वनमन्त्री भेषबहादुर पौडेल पनि सहभागी थिए । संस्थापन पक्षले तरुण दलको पूर्णकालीन सदस्य हटाउने र प्रतिनिधि छनोटमै रोक्ने काम गरेको भन्दै इतर पक्षले विरोध गर्दा गुरुङले खुकुरी प्रहार गरेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कलंकी–सातदोबाटो चक्रपथका कमजोरी नयाँ बन्ने क्षेत्रमा नदोहोरियोस्ः समिति सभापति सिंह
कलंकी–सातदोबाटो चक्रपथका कमजोरी नयाँ बन्ने क्षेत्रमा नदोहोरियोस्ः समिति सभापति सिंह
आजदेखि नागरिक एपमा राष्ट्रिय परिचयपत्र, निन नम्बर पाएकाले राहदानी बनाउन मिल्ने
आजदेखि नागरिक एपमा राष्ट्रिय परिचयपत्र, निन नम्बर पाएकाले राहदानी बनाउन मिल्ने
स्वास्थ्य बिमालाई निरन्तरता दिन ४० अर्ब बजेट आवश्यकः स्वास्थ्यमन्त्री
स्वास्थ्य बिमालाई निरन्तरता दिन ४० अर्ब बजेट आवश्यकः स्वास्थ्यमन्त्री
२९ दिनपछि खुल्यो विद्यालय,राेकिएकाे भर्ना र पठनपाठन सुरू
२९ दिनपछि खुल्यो विद्यालय,राेकिएकाे भर्ना र पठनपाठन सुरू
नव युवाहरूलाई मूलधारको राजनीतिमा जोड्नेछौँः महासचिव पोखरेल
नव युवाहरूलाई मूलधारको राजनीतिमा जोड्नेछौँः महासचिव पोखरेल
अछाममा चट्याङ लागेर एक बालकको मृत्यु
अछाममा चट्याङ लागेर एक बालकको मृत्यु
मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु
मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु
दोस्रो अभ्यास खेलमा पनि नेपाल पराजित
दोस्रो अभ्यास खेलमा पनि नेपाल पराजित
सीआईबीको ‘असई’ बनेर ठगी गर्ने महिला रौतहटबाट पक्राउ
सीआईबीको ‘असई’ बनेर ठगी गर्ने महिला रौतहटबाट पक्राउ
करेन्ट, गुट्खा, भोला पावर, खैनी र जीत खैनीको बिक्री वितरणमा रोक्का
करेन्ट, गुट्खा, भोला पावर, खैनी र जीत खैनीको बिक्री वितरणमा रोक्का