सांसद बब्लु गुप्तालाई ५०० रुपैयाँ जरिबाना

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, श्रावण ८, २०८३
|
|
५७७ पटक हेरिएको
Shares
सांसद बब्लु गुप्तालाई ५०० रुपैयाँ जरिबाना

सारांश

  • गुडिरहेको मोटरसाइकलको पछाडि उभिएर भिडियो बनाएको दृश्य सामाजिक सञ्जालमा भाइरल भएपछि रास्वपाका प्रतिनिधिसभा सदस्य बब्लु गुप्तालाई ट्राफिक प्रहरीले ५ सय रुपैयाँ जरिबाना गरेको छ ।
  • सिरहा–१ बाट निर्वाचित सांसद गुप्ता जिल्ला ट्राफिक प्रहरी कार्यालय, लहान पुगेर आफैंले जरिबाना बुझाएको प्रहरीले जनाएको छ ।
  • गुप्ता गुडिरहेको बुलेट मोटरसाइकलको पछाडि उभिएर मोबाइलबाट भिडियो खिचिरहेको दृश्य सार्वजनिक भएपछि सामाजिक सञ्जालमा आलोचना भएको थियो ।

८ साउन, सिरहा ।

गुडिरहेको मोटरसाइकलको पछाडि उभिएर भिडियो बनाएको दृश्य सामाजिक सञ्जालमा भाइरल भएपछि रास्वपाका प्रतिनिधिसभा सदस्य बब्लु गुप्तालाई ट्राफिक प्रहरीले ५ सय रुपैयाँ जरिबाना गरेको छ । सिरहा–१ बाट निर्वाचित सांसद गुप्ता जिल्ला ट्राफिक प्रहरी कार्यालय, लहान पुगेर आफैंले जरिबाना बुझाएको प्रहरीले जनाएको छ । गुप्ता गुडिरहेको बुलेट मोटरसाइकलको पछाडि उभिएर मोबाइलबाट भिडियो खिचिरहेको दृश्य सार्वजनिक भएपछि सामाजिक सञ्जालमा आलोचना भएको थियो । सार्वजनिक पदमा रहेका व्यक्तिले नै ट्राफिक नियम उल्लंघन गरेको भन्दै उनीमाथि सर्वसाधारणसरह कानुन लागू हुन्छ कि हुँदैन भन्ने प्रश्नसमेत उठेको थियो ।

त्यसपछि ट्राफिक प्रहरीले उनलाई ट्राफिक नियम उल्लंघन गरेको कसुरमा ५ सय रुपैयाँ जरिबाना गरेको हो । सांसद गुप्तालाई जरिवाना गरिएपछि सामाजिक सञ्जालमा मिश्रित प्रतिक्रिया देखिएको छ । कतिपयले सबै नागरिक कानुनको नजरमा समान हुने सिद्धान्त कार्यान्वयन भएको भन्दै कारबाहीको स्वागत गरेका छन् भने कतिपयले ५ सय रुपैयाँको जरिवाना पर्याप्त नभएको टिप्पणी गरेका छन् । आफ्नो आलोचना भएपछि सांसद गुप्ताले फेसबुकमा एक सन्देश पोस्ट गर्दै क्षमायाचना गरेका थिए । ‘अहिले सामाजिक सञ्जालमा म मोटरसाइकलमा बसेको एउटा भिडियो भाइरल भइरहेको छ । बाल्यकालमा खेलेको ठाउँमा पुग्दा पुराना सम्झनाहरू ताजा भए । त्यही खुसी र रमाइलोको क्षणमा मजाक–मजाकमै मोटरसाइकलको पछाडि उभिएर भिडियो बनाउँदा मैले ट्राफिक नियम उल्लङ्घन गरेको रहेछु भन्ने कुरा मैले आफैं महसुस गरेको छु,’ उनले लेखेका छन् ।

गुप्ताले थपेका छन्, ‘अब यही जोश र ऊर्जा देश र जनताको हितमा समर्पित गर्ने प्रतिबद्धता व्यक्त गर्दछु । मबाट जानी वा नजानी कुनै गल्ती भएको भए क्षमा माग्दछु ।’ यसअघि हेलमेट नलगाई मोटरसाइकल चलाएर ट्राफिक नियम उल्लंघन गरेका सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहलाई जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीले ५ सय रुपैयाँ जरिबाना तिराएको थियो । यसैगरी श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (हर्क साम्पाङ)लाई पनि ट्राफिक नियम उल्लंघनको कसुरमा ट्राफिक प्रहरीले कारबाही गरेको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मुख्यमन्त्रीको सरकारी निवासमै उल्टो राष्ट्रिय झण्डा
मुख्यमन्त्रीको सरकारी निवासमै उल्टो राष्ट्रिय झण्डा
भारतमा रहेका नेपालीलाई सचेत र सुरक्षित रहन नेपाली राजदूतावासको आग्रह
भारतमा रहेका नेपालीलाई सचेत र सुरक्षित रहन नेपाली राजदूतावासको आग्रह
विपिनको सुरक्षित र शीघ्र रिहाइ सुनिश्चित गर्न नेपाल सरकारले निरन्तर संवाद गरिरहेको छ : प्रधानमन्त्री
विपिनको सुरक्षित र शीघ्र रिहाइ सुनिश्चित गर्न नेपाल सरकारले निरन्तर संवाद गरिरहेको छ : प्रधानमन्त्री
डडेल्धुरामा ठूलो उलटफेर, देउवा जित्दै आएको क्षेत्रमा रास्वपाको कब्जा
डडेल्धुरामा ठूलो उलटफेर, देउवा जित्दै आएको क्षेत्रमा रास्वपाको कब्जा
इजरायलस्थित नेपाली सुरक्षित, उद्धारको अवस्था आएको छैन : परराष्ट्र मन्त्रालय
इजरायलस्थित नेपाली सुरक्षित, उद्धारको अवस्था आएको छैन : परराष्ट्र मन्त्रालय
वीरगञ्ज महानगरद्वारा ३३ करोड ५६ लाख राजस्व सङ्कलन
वीरगञ्ज महानगरद्वारा ३३ करोड ५६ लाख राजस्व सङ्कलन
विमानस्थल अध्यागमनमा प्रमुखसहित ४५ नयाँ अधिकृत खटिए
विमानस्थल अध्यागमनमा प्रमुखसहित ४५ नयाँ अधिकृत खटिए
नयाँ बानेश्वरको प्रदर्शनमा झडप, डीएसपी पौडेल घाइते
नयाँ बानेश्वरको प्रदर्शनमा झडप, डीएसपी पौडेल घाइते
भारतीय पत्रकारको भिषा नविकरण गर्न चीनद्वारा अस्विकार
भारतीय पत्रकारको भिषा नविकरण गर्न चीनद्वारा अस्विकार
पत्रकार महासंघको आन्दोलन घोषणा, अनलाइन मिडिया दर्ता खुलाउन माग
पत्रकार महासंघको आन्दोलन घोषणा, अनलाइन मिडिया दर्ता खुलाउन माग