सार्वजनिक स्थानमा हातहतियार देखाउँदै नृत्य गर्ने महिला पक्राउ

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, कार्तिक ७, २०८३
|
|
८५ पटक हेरिएको
Shares
सार्वजनिक स्थानमा हातहतियार देखाउँदै नृत्य गर्ने महिला पक्राउ

सारांश

  • सार्वजनिक स्थानमा हातहतियारजस्तो देखिने वस्तु प्रदर्शन गर्दै नृत्य गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि धनुषामा एक महिलालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
  • जिल्ला प्रहरी कार्यालय धनुषाले नगराइन नगरपालिका–६ की अन्दाजी २६ वर्षीया नाजिमा खातुनलाई नियन्त्रणमा लिएको हो ।
  • धनुषा प्रहरीका अनुसार समाजमा हिंसा र त्रास फैलाउने उद्देश्यले सार्वजनिक स्थानमा पेस्तोलजस्तो देखिने हतहतियार प्रदर्शन गर्दै नाचेको भिडियो खातुनले फेसबुकमा अपलोड गरेकी थिइन् ।

 

जनकपुर । सार्वजनिक स्थानमा हातहतियारजस्तो देखिने वस्तु प्रदर्शन गर्दै नृत्य गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि धनुषामा एक महिलालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाले नगराइन नगरपालिका–६ की अन्दाजी २६ वर्षीया नाजिमा खातुनलाई नियन्त्रणमा लिएको हो ।

धनुषा प्रहरीका अनुसार समाजमा हिंसा र त्रास फैलाउने उद्देश्यले सार्वजनिक स्थानमा पेस्तोलजस्तो देखिने हतहतियार प्रदर्शन गर्दै नाचेको भिडियो खातुनले फेसबुकमा अपलोड गरेकी थिइन् ।

उक्त भिडियोका आधारमा प्रहरीले अनुसन्धान अघि बढाएको थियो। सोही क्रममा कार्तिक ४ गते राति गणेशमान चारनाथ नगरपालिका–९ बाट प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय धनुषाले विज्ञप्तिमार्फत जनाएको छ ।

प्रहरीका अनुसार घटनाबारे प्रचलित कानुनबमोजिम कारबाही प्रक्रिया अगाडि बढाइएको छ भने थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
गाउँ कार्यपालिकाको कार्यालय ब्रह्मपुरी सर्लाहीको सार्वजनिक अनुरोध अनुरोध
गाउँ कार्यपालिकाको कार्यालय ब्रह्मपुरी सर्लाहीको सार्वजनिक अनुरोध अनुरोध
गाउँ कार्यपालिकाको कार्यालय ब्रह्मपुरी सर्लाहीको सार्वजनिक अनुरोध अनुरोध
 गाउँ कार्यपालिकाको कार्यालय ब्रह्मपुरी सर्लाहीको सार्वजनिक अनुरोध अनुरोध
नेपाली मिति लोड हुँदैछ...