प्राधिकरणले थाल्यो भारत विद्युत निर्यात

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, जेठ ७, २०८२
|
|
५३ पटक हेरिएको
Shares
प्राधिकरणले थाल्यो भारत विद्युत निर्यात

सारांश

  •   नेपाल विद्युत प्राधिकरणले भारतमा बिद्युत निर्यात सुरू गरेको छ ।
  • प्राधिकरणले गत शनिबार देखि भारतमा विद्युत निर्यात सुरु गरेको जनाएको छ ।
  • प्राधिकरणका अनुसार शनिबारदेखि निरन्तर रुपमा रातीको समयमा भारतमा विद्युत नियमित भइरहेको छ ।

७ जेठ, काठमाडौं । 

नेपाल विद्युत प्राधिकरणले भारतमा बिद्युत निर्यात सुरू गरेको छ । प्राधिकरणले गत शनिबार देखि भारतमा विद्युत निर्यात सुरु गरेको जनाएको छ । प्राधिकरणका अनुसार शनिबारदेखि निरन्तर रुपमा रातीको समयमा भारतमा विद्युत नियमित भइरहेको छ । विद्युत प्राधिकरणका प्रवक्ता राजाभाइ शिल्पकारका अनुसार शनिबारदेखि भारतमा नियमित रुपमा विद्युत निर्यात सुरु भएको हो । उनले पछिल्लो चार दिन देखि रातको समयमा भारतलाई विद्युत निर्यात गरिरहेको बताए । उनले भने,‘ गत शनिबार राती देखि पछिल्लो चार दिन मंगलवारसम्म दैनिक १५० देखि २०० मेगासम्म विद्युत भारतमा निर्यात भएको छ ।

नेपालमा पानी बढ्न थालेसँगै उत्पादनमा भएको वृद्धिले नेपालको माग पूरा गरी भारतलाई विद्युत निर्यात सुरु गरिएको छ ।’ प्रवक्ता शिल्पकारले उत्पादित विद्युतले नेपालको मागलाई पूरा गरि बढी हुन थालेकाले भारतीय रियल टाइम मार्केटमा बेच्न सुरु गरेको बताए । उनले इन्डियन इनर्जी एक्सचेन्जको रियल टाइम दररेट अनुसार बिक्री सुरु भएको बताए ।  प्राधिकरणले भारतलाई नदी प्रवाहमा आधारित (आरओआर) जलविद्युत आयोजनाबाट उत्पादन भएको विद्युत निर्यात गरिएको बताए । नदी प्रवाहमा आधारित जलविद्युत आयोजनाहरुमा उत्पादन कमीभएसँगै भारतबाट महँगो मुल्य विद्युत खरिद गरी नेपालको माग पूरा गरिरहेको थियो । तर, नेपालमा मनसुन प्रवेशसँगै विद्युत निर्यात गर्न सुरु गर्दा प्राधिकरणलाई ठूला राहत भएको प्राधिकरणले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

काठमाडौँ विश्वकै तेस्रो प्रदूषित सहर
काठमाडौँ विश्वकै तेस्रो प्रदूषित सहर
निर्वाचन सुरक्षाका लागि आजदेखि नेपाली सेना फिल्डमा, ८० हजार जनशक्ति परिचालन हुने
निर्वाचन सुरक्षाका लागि आजदेखि नेपाली सेना फिल्डमा, ८० हजार जनशक्ति परिचालन हुने
कांग्रेस संसदीय दलको बैठक बस्दै, दलको नेता चयनबारे छलफल हुने
कांग्रेस संसदीय दलको बैठक बस्दै, दलको नेता चयनबारे छलफल हुने
बाजुराको बुढिगंगा नदीमा बगेर एक जनाको मृत्यु
बाजुराको बुढिगंगा नदीमा बगेर एक जनाको मृत्यु
जनकपुर चुरोट कारखानासहित चारवटा रुग्ण उद्योग निजीकरणको प्रक्रिया अघि बढ्यो, डीडीएका लागि तीनवटा कम्पनी छनोट
जनकपुर चुरोट कारखानासहित चारवटा रुग्ण उद्योग निजीकरणको प्रक्रिया अघि बढ्यो, डीडीएका लागि तीनवटा कम्पनी छनोट
सामान्य अंक बढ्यो नेप्से, ११ अर्ब ८७ करोडको कारोबार
सामान्य अंक बढ्यो नेप्से, ११ अर्ब ८७ करोडको कारोबार
नवमीको दिन गरे मन्त्री घिसिङले वीपी राजमार्गको निरिक्षण
नवमीको दिन गरे मन्त्री घिसिङले वीपी राजमार्गको निरिक्षण
काठमाडौं विमानस्थलबाट ८ किलो गाँजासहित दुई भारतीय महिला पक्राउ
काठमाडौं विमानस्थलबाट ८ किलो गाँजासहित दुई भारतीय महिला पक्राउ
गोरखापत्र जलाउन खोज्दा काठमाडौंमा एक युवा पक्राउ
गोरखापत्र जलाउन खोज्दा काठमाडौंमा एक युवा पक्राउ
सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले गरिन् पदबहाली
सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले गरिन् पदबहाली