दुर्गम गाउँपालिकालाई काठमाडौँ महानगरद्वारा एम्बुलेन्स हस्तान्तरण

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, आश्विन ११, २०८२
|
|
३३ पटक हेरिएको
Shares
दुर्गम गाउँपालिकालाई काठमाडौँ महानगरद्वारा एम्बुलेन्स हस्तान्तरण

सारांश

  • बाजुराको खप्तड छेडेदह गाउँपालिकाले काठमाडौँ महानगरपालिकाबाट एम्बुलेन्स प्राप्त गरेको छ ।
  • स्वास्थ्य सुविधाको पहुँच अभाव झेलिरहेका दुर्गम बस्तीलाई प्राथमिकतामा राख्दै महानगरपालिकाले उक्त सहयोग उपलब्ध गराएको हो ।
  • यसअघि २०८० मङ्सिरमा महानगरपालिकाले खप्तड छेडेदहसहित देशका विभिन्न दुर्गम गाउँपालिकालाई राजस्व छुटको व्यवस्था मिलाई एम्बुलेन्स वितरण गर्ने निर्णय गरेको थियो ।

११ असोज, बाजुरा ।

बाजुराको खप्तड छेडेदह गाउँपालिकाले काठमाडौँ महानगरपालिकाबाट एम्बुलेन्स प्राप्त गरेको छ । स्वास्थ्य सुविधाको पहुँच अभाव झेलिरहेका दुर्गम बस्तीलाई प्राथमिकतामा राख्दै महानगरपालिकाले उक्त सहयोग उपलब्ध गराएको हो । यसअघि २०८० मङ्सिरमा महानगरपालिकाले खप्तड छेडेदहसहित देशका विभिन्न दुर्गम गाउँपालिकालाई राजस्व छुटको व्यवस्था मिलाई एम्बुलेन्स वितरण गर्ने निर्णय गरेको थियो । सोही निर्णयअनुसार पहिलो चरणमै ३५ वटा गाउँपालिकालाई एम्बुलेन्स हस्तान्तरण गरिएको हो ।

शुक्रबार एक विशेष कार्यक्रममार्फत काठमाडौँ महानगरपालिकाले एम्बुलेन्स खप्तड छेडेदह गाउँपालिकाका अध्यक्ष दिलबहादुर रावतलाई हस्तान्तरण गरेको हो । यससँगै गाउँपालिकामा अब दुईवटा एम्बुलेन्स सञ्चालनमा आउने भएका छन् । यसअघि २०८२ जेठ ३२ गते गाउँपालिकाले भारतीय दूतावासबाट उपहारस्वरूप अर्को एम्बुलेन्स पाएको थियो । गाउँपालिका अध्यक्ष रावतका अनुसार पालिकाले तोकिएको कार्यविधिअनुसार सहज र सुलभ सेवा उपलब्ध गराइनेछ। मार्तडी सदरमुकाम, बयालपाटा अस्पताल अछाम लगायत विभिन्न स्थानसम्मका लागि भाडादर तोकिएको छ भने गर्भवती, सुत्केरी, ज्येष्ठ नागरिक, विपन्न, विपद् तथा दुर्घटनामा परेकालाई पालिकाभित्र निःशुल्क सेवा उपलब्ध गराइने व्यवस्था गरिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बैंकका ६८ वटा शाखा र ६९ एटीएममा क्षति पुगेको छ : गभर्नर पौडेल
बैंकका ६८ वटा शाखा र ६९ एटीएममा क्षति पुगेको छ : गभर्नर पौडेल
ठेक्का तोडिँदा बैंकिङ क्षेत्र प्रभावित हुन्छः कार्यकारी निर्देशक पौडेल
ठेक्का तोडिँदा बैंकिङ क्षेत्र प्रभावित हुन्छः कार्यकारी निर्देशक पौडेल
खुट्टाको चोट निको नभई रवि भोलि चितवन जाँदै, फागुनदेखि बालेनसँग संयुक्त दौडाहा
खुट्टाको चोट निको नभई रवि भोलि चितवन जाँदै, फागुनदेखि बालेनसँग संयुक्त दौडाहा
राष्ट्रिय प्रतिबद्धता लागि सरकारले सुझाव माग्यो, दलहरूले पठाएनन्
राष्ट्रिय प्रतिबद्धता लागि सरकारले सुझाव माग्यो, दलहरूले पठाएनन्
भारतसँगको पाँचौं टेस्टमा जित निकाल्दै अस्ट्रेलिया टेस्ट च्याम्पियनसीपको फाइनलमा
भारतसँगको पाँचौं टेस्टमा जित निकाल्दै अस्ट्रेलिया टेस्ट च्याम्पियनसीपको फाइनलमा
टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै
टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै
सरकारले असार १ देखि कक्षा ११ को भर्ना अभियान थाल्ने
सरकारले असार १ देखि कक्षा ११ को भर्ना अभियान थाल्ने
३९ केजी गाँजासहित सर्लाहीबाट एक जना पक्राउ
३९ केजी गाँजासहित सर्लाहीबाट एक जना पक्राउ
घट्यो पेट्रोलियम पदार्थको मूल्य
घट्यो पेट्रोलियम पदार्थको मूल्य
आज राष्ट्रिय सभाको बैठक बस्दैँ
आज राष्ट्रिय सभाको बैठक बस्दैँ