अनुमति विना काठमाडौं आएका ७ जना भारतीय नागरीक सीआईबीको नियन्त्रणमा

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, फाल्गुन २६, २०८१
|
|
३७ पटक हेरिएको
Shares
अनुमति विना काठमाडौं आएका ७ जना भारतीय नागरीक सीआईबीको नियन्त्रणमा

सारांश

  • ठमेलस्थित अलफ्ट होटलबाट उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरीका एक जना उच्च अधिकृतले रातोपाटीलाई बताए ।
  •   उनीहरू फागुन १२ मा काठमाडौँ आएर अलफ्ट होटलमा बसेका थिए ।
  • उनीहरूलाई ठमेलबाट नियन्त्रणमा लिएर सीआईबीको टोलीले उनीहरूलाई भारतीय दूतावासको जिम्मा लगाएको छ ।

२६ फागुन,  काठमाडौं- अनुमति नलिइकन आरोपी पक्राउ गर्ने उद्देश्यले काठमाडौँ आएका ७ जना भारतीय प्रहरीलाई केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले नियन्त्रणमा लिएको छ । ठमेलस्थित अलफ्ट होटलबाट उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरीका एक जना उच्च अधिकृतले रातोपाटीलाई बताए ।  उनीहरू फागुन १२ मा काठमाडौँ आएर अलफ्ट होटलमा बसेका थिए ।

उनीहरूलाई ठमेलबाट नियन्त्रणमा लिएर सीआईबीको टोलीले उनीहरूलाई भारतीय दूतावासको जिम्मा लगाएको छ । प्रहरी स्रोतका अनुसार दूतावासले उनीहरूलाई हवाई मार्ग मार्फत भारत फिर्ता पठाएको छ । पन्जाबाट आएको भारतीय प्रहरी टोली एक जना भारतीय आरोपी खोज्दै काठमाडौँ आएका हुन् । उनीहरूले नेपाल प्रहरीको आधिकारिक विभागसँग समन्वय नगरेको आरोप छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सर्लाहीमा विभिन्न दल परित्याग गरी हजारौं कार्यकर्ता नेसपा प्रवेश
सर्लाहीमा विभिन्न दल परित्याग गरी हजारौं कार्यकर्ता नेसपा प्रवेश
पर्यटकलाई कुनै पनि कानुनी र प्रशासनिक झञ्झटको अवस्था आउन नदिन प्रधानमन्त्रीको निर्देशन
पर्यटकलाई कुनै पनि कानुनी र प्रशासनिक झञ्झटको अवस्था आउन नदिन प्रधानमन्त्रीको निर्देशन
सर्पको टोकाइबाट छोरीको मृत्यु, आमा गम्भीर घाइते
सर्पको टोकाइबाट छोरीको मृत्यु, आमा गम्भीर घाइते
प्रतिनिधि सभा विघटनको निर्णय विडम्बनापूर्णः शंकर पोखरेल
प्रतिनिधि सभा विघटनको निर्णय विडम्बनापूर्णः शंकर पोखरेल
सर्लाहीमा जेसिबीले खनेको खाल्डोमा डुबेर ६ वर्षीय बालकको मृ*त्यु
सर्लाहीमा जेसिबीले खनेको खाल्डोमा डुबेर ६ वर्षीय बालकको मृ*त्यु
पानी संकटमा ट्यांकरमार्फत निःशुल्क पानी वितरण, स्थानीयलाई राहत
पानी संकटमा ट्यांकरमार्फत निःशुल्क पानी वितरण, स्थानीयलाई राहत
सिंहदरबारमा कांग्रेस संसदीय दलको बैठक
सिंहदरबारमा कांग्रेस संसदीय दलको बैठक
ऊर्जामन्त्री र अमेरिकी राजदूत बीच भेटवार्ता : एमसिसी परियोजनाबारे छलफल
ऊर्जामन्त्री र अमेरिकी राजदूत बीच भेटवार्ता : एमसिसी परियोजनाबारे छलफल
औद्योगिक क्षेत्रका विद्युत् काट्ने तयारी तत्काल रोक्न महासंघको माग
औद्योगिक क्षेत्रका विद्युत् काट्ने तयारी तत्काल रोक्न महासंघको माग
यस्तो छ, सोमबारका लागि विदेशी मुद्राको विनिमयदर
यस्तो छ, सोमबारका लागि विदेशी मुद्राको विनिमयदर