भोजपुरमा एक हजार छ सय बढी घटे मतदाता

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, मंसिर ९, २०८३
|
|
३४ पटक हेरिएको
Shares
भोजपुरमा एक हजार छ सय बढी घटे मतदाता

सारांश

  • संघका लागि एक र प्रदेशका लागि दुई वटा निर्वाचन क्षेत्र कायम भएको भोजपुरमा मतदाता संख्या भने घटेको छ ।
  • अघिल्लो निर्वाचनको तुलनामा अहिले एक हजार छ सय बढी मतदाताको संख्या घटेको हो ।
  • जिल्ला निर्वाचन कार्यालय भोजपुरका प्रमुख डिकेन्द्र प्रसाद सुवेदीका अनुसार अघिल्लो निर्वाचनमा कायम मतदाता संख्या अहिले भने एक हजार छ सय १४ घटेको छ ।

 

भोजपुर । संघका लागि एक र प्रदेशका लागि दुई वटा निर्वाचन क्षेत्र कायम भएको भोजपुरमा मतदाता संख्या भने घटेको छ । अघिल्लो निर्वाचनको तुलनामा अहिले एक हजार छ सय बढी मतदाताको संख्या घटेको हो ।

जिल्ला निर्वाचन कार्यालय भोजपुरका प्रमुख डिकेन्द्र प्रसाद सुवेदीका अनुसार अघिल्लो निर्वाचनमा कायम मतदाता संख्या अहिले भने एक हजार छ सय १४ घटेको छ ।

प्रमुख सुवेदीले अघिल्लो निर्वाचनमा जिल्लाको कुल मतदाता संख्या एक लाख २५ हजार सात सय ६६ रहेकोमा अहिले अध्यावधिक भएपछि सो संख्या एक लाख २४ हजार एक सय ५२ जना कायम भएको बताए ।

जिल्ला निर्वाचन कार्यालय भोजपुरले गत भाद्र १५ गतेसम्म १८ बर्ष पुरा भएका ब्यक्तिहरुको मतदाता नामावली अध्यावधिक गरे अनुसार संख्या घटेको देखिएको छ ।

निर्वाचन कार्यालयका प्रमुख सुवेदीका अनुसार मृत्यृु भएर नामावली हटाइएका एक हजार चार सय ४९ जना, दोहोरो नाम हटाइएका छ सय छ जना गरी एक हजार छ सय १४ संख्या कम भएको छ । यस्तै ठाउँसारी भएर अन्यत्र गएकाहरुको भने यकिन बिवरण छैन ।

जिल्लाका दुई नगरपालिकासहित ७ वटा गाउँपालिका गरी कुल नौवटा स्थानीय तहका ८१ वटा वडा रहेका छन् । अघिल्लो निर्वाचनसम्म जिल्लामा ८७ वटा मतदान केन्द्र, एक सय ५९ र दुई वटा अस्थायी मतदान केन्द्र निर्धारण

छ ।  स्थानीय तह निर्वाचनका लागि तयारी भई रहदाँ निर्वाचन आयोगको कार्यतालिका अनुसार जिल्ला जिल्लामा पनि मतदाता नामावली अध्यावधिकको काम गरिएको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आजको मौसम : हिमाल र पहाडका केही स्थानमा वर्षाको सम्भावना
आजको मौसम : हिमाल र पहाडका केही स्थानमा वर्षाको सम्भावना
नवलपरासीमा २ लाख घुससहित जिल्ला अदालतका कम्प्युटर अपरेटर पक्राउ
नवलपरासीमा २ लाख घुससहित जिल्ला अदालतका कम्प्युटर अपरेटर पक्राउ
जेनजी आन्दोलन छानबिनः तत्कालीन प्रधानमन्त्री केपी ओलीलाई पत्र काट्ने तयारी
जेनजी आन्दोलन छानबिनः तत्कालीन प्रधानमन्त्री केपी ओलीलाई पत्र काट्ने तयारी
दुई करोड १० लाखमा दुई कल्भर्ट निर्माण
दुई करोड १० लाखमा दुई कल्भर्ट निर्माण
नीति तथा कार्यक्रम वाचन गर्न संसद् भवन पुगे राष्ट्रपति
नीति तथा कार्यक्रम वाचन गर्न संसद् भवन पुगे राष्ट्रपति
अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च
अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च
सञ्चारमन्त्रीलाई देउवाले भने- कांग्रेसको प्राथमिकता निर्वाचन हो, संसद् पुनर्स्थापना होइन
सञ्चारमन्त्रीलाई देउवाले भने- कांग्रेसको प्राथमिकता निर्वाचन हो, संसद् पुनर्स्थापना होइन
आरोग्य पर्यटन प्रवद्र्धनका लागि पर्यटन बोर्डमा सचिवालय स्थापनाको तयारी 
आरोग्य पर्यटन प्रवद्र्धनका लागि पर्यटन बोर्डमा सचिवालय स्थापनाको तयारी 
हैजा संक्रमित मध्य ११ प्रतिशतको स्वास्थ्य अवस्था अत्यन्त गम्भीर
हैजा संक्रमित मध्य ११ प्रतिशतको स्वास्थ्य अवस्था अत्यन्त गम्भीर
यू–१९ एसिया कपमा श्रीलंकाविरुद्ध युवा टोली पराजित
यू–१९ एसिया कपमा श्रीलंकाविरुद्ध युवा टोली पराजित