मुख्यमन्त्री कार्कीसँग स्विस राजदूतको भेटघाट

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, मंसिर ९, २०८३
|
|
४६ पटक हेरिएको
Shares
मुख्यमन्त्री कार्कीसँग स्विस राजदूतको भेटघाट

सारांश

  • स्विस राजदूत डा.
  • ड्यानियल म्युवली र कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीबिच आज मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, विराटनगरमा भेटघाट भएको छ ।
  • भेटघाटमा दुई पक्षीय हित, आपसी सहकार्य तथा सहयोगका विषयमा छलफल भएको थियो ।

 

८ मंसिर, विराटनगर ।

स्विस राजदूत डा. ड्यानियल म्युवली र कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीबिच आज मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, विराटनगरमा भेटघाट भएको छ । भेटघाटमा दुई पक्षीय हित, आपसी सहकार्य तथा सहयोगका विषयमा छलफल भएको थियो । भेटघाटमा मुख्यमन्त्री कार्कीले स्विस सरकारले कोशी प्रदेशमा पदमार्ग निर्माण, व्यवस्थापन र शासकीय सुधारका लागि गरेको सहयोगको प्रशंसा गरेका थिए ।

उनले आगामी दिनमा विपद् व्यवस्थापनका लागि सहकार्य गर्न आग्रह पनि गरे । परिवर्तनले देखा परेका समस्यालाई न्यूनीकरण गर्न सहकार्य गर्नुपर्ने अवस्था रहेको उनले बताए ।कोशी प्रदेशको आर्थिक समृद्धिका लागि सरकारले गरिरहेका परियोजनाहरूलाई छिटो र छरितो ढंगले प्रदेश सरकारले अगाडि बढाइरहेको र प्रगति उत्साहजनक रहेको मुख्यमन्त्री कार्कीले बताए । सो अवसरमा स्विस राजदूत डा. ड्यानियल म्युवलीले प्रदेश सरकारको विकास र समृद्धिमा सहयोग गर्ने बताउँदै कार्यक्रमहरूको समीक्षा गर्दै अगाडि बढ्ने उल्लेख गरे ।

भेटमा स्विस सरकार विकास सहयोगका प्रमुख म्याथियास मायर, कोशी प्रदेशका प्रमुख सचिव नारायणप्रसाद भट्ट, प्रदेश योजना आयोगका उपाध्यक्ष तारानाथ निरौला तथा मुख्य न्यायाधिवक्ता नारायण बस्ती, आर्थिक सल्लाहकार मोहन सुवेदी, प्रेस सल्लाहकार विक्रम लुइँटेल लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

यु–१९ महिला विश्वकप क्रिकेट छनोट : आज नेपालले युएईविरुद्व खेल्ने
यु–१९ महिला विश्वकप क्रिकेट छनोट : आज नेपालले युएईविरुद्व खेल्ने
बेपत्ता भएको १० दिनपछि डाक्टर कोइरालाको शव फेला
बेपत्ता भएको १० दिनपछि डाक्टर कोइरालाको शव फेला
कति छ आज सुनचाँदीको मुल्य ?
कति छ आज सुनचाँदीको मुल्य ?
प्रहरी कार्यालयमा विचौलियाको प्रवेश रोक्न आइजी कार्कीको निर्देशन
प्रहरी कार्यालयमा विचौलियाको प्रवेश रोक्न आइजी कार्कीको निर्देशन
बेत्रावतीको एकै घरबाट निकालियो २४ शव
बेत्रावतीको एकै घरबाट निकालियो २४ शव
काभ्रेका १३५ वडाबाट अनलाइन नागरिकता सिफारिस
काभ्रेका १३५ वडाबाट अनलाइन नागरिकता सिफारिस
दशैंयता काठमाडौंमा १७५ दुर्घटना, ९ जनाको मृ*त्यु
दशैंयता काठमाडौंमा १७५ दुर्घटना, ९ जनाको मृ*त्यु
काउली बोकेको ट्रकभित्र २ हजार ५६६ किलो गाँजा, पक्राउ दुई
काउली बोकेको ट्रकभित्र २ हजार ५६६ किलो गाँजा, पक्राउ दुई
कानूनी सुधार, वैदेशिक सम्बन्ध सुदृढीकरण र लगानी वृद्धि सरकारको प्राथमिकतामाः प्रधानमन्त्री
कानूनी सुधार, वैदेशिक सम्बन्ध सुदृढीकरण र लगानी वृद्धि सरकारको प्राथमिकतामाः प्रधानमन्त्री
इरानसँगको युद्धमा अमेरिका जितको नजिक रहेको ट्रम्पको दाबी : इस्लामावादमा निर्णायक वार्ता हुँदै
इरानसँगको युद्धमा अमेरिका जितको नजिक रहेको ट्रम्पको दाबी : इस्लामावादमा निर्णायक वार्ता हुँदै