काउली बोकेको ट्रकभित्र २ हजार ५६६ किलो गाँजा, पक्राउ दुई

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, आश्विन १९, २०८३
|
|
९२ पटक हेरिएको
Shares
काउली बोकेको ट्रकभित्र २ हजार ५६६ किलो गाँजा, पक्राउ दुई

सारांश

  • सुनसरी सदरमुकाम इनरुवा ३ सखुवागाछीबाट ठुलो परिणाममा गाजा बरामद भएको छ ।
  • तरकारी (शब्जी)को आवरणमा ठुलो परिमाणमा गाँजा ओसारपसार भइरहेको अवस्थामा गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरीको टोलीले गाजा सहित दुई जनालाई पक्राउ गरेको हो ।
  • काउली बोकेको ट्रकमा लुकाएर लैजाँदै गरिएको अन्दाजी २ हजार ५६६ किलो गाँजासहित चालक र सहचालक पक्राउ परेका हुन् ।

 

इनरुवा । सुनसरी सदरमुकाम इनरुवा ३ सखुवागाछीबाट ठुलो परिणाममा गाजा बरामद भएको छ ।

तरकारी (शब्जी)को आवरणमा ठुलो परिमाणमा गाँजा ओसारपसार भइरहेको अवस्थामा गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरीको टोलीले गाजा सहित दुई जनालाई पक्राउ गरेको हो ।

काउली बोकेको ट्रकमा लुकाएर लैजाँदै गरिएको अन्दाजी २ हजार ५६६ किलो गाँजासहित चालक र सहचालक पक्राउ परेका हुन् ।

चेकजाँचका क्रममा ना ७ ख १८२५ नम्बरको ट्रकबाट ८३ बोरा गाँजा फेला परेको हो । ट्रक रोकेर जाँच गर्दा काउलीको बिचमा लुकाइएको गाँजा भेटिएको सुनसरी प्रहरीका निमित्त सूचना अधिकारी इन्स्पेक्टर हेमराज ओलीले जानकारी दिए ।

पूर्वबाट पश्चिमतर्फ गइरहेको ट्रक धनकुटाको सहिद भूमि गाउँपालिका–२ का ३३ वर्षीय राजु राईले चलाएका थिए । प्रहरीले चालक राईसँगै सोही ठाउँका १८ वर्षीय सहचालक सदीप राईलाई पक्राउ गरेको छ ।

तरकारी ढुवानीको सामान्य आवरणमा गाँजा ओसारपसार भइरहेको भेटिएपछि प्रहरीले ट्रकसमेत नियन्त्रणमा लिएको छ । बरामद गाँजा, ट्रक र पक्राउ परेका दुवै जनालाई जिल्ला प्रहरी कार्यालय सुनसरीमा राखेर अनुसन्धान अघि बढाइएको इन्स्पेक्टर ओलीले बताए ।

प्रहरीले दुवै जनाविरुद्ध लागु औषध ऐनअन्तर्गत मुद्दा चलाउने तयारी गरेको छ । गाँजा कहाँबाट ल्याइएको थियो र कहाँ पु¥याउने योजना थियो भन्ने खुलेको छैन ।

 

धनकुटालगायत पहाडी जिल्लामा उत्पादन हुने गाँजा तरकारी बोकेको ट्रकमा लुकाएर भारततर्फ लैजान खोजिएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । यद्यपि, यसको वास्तविकता र कारोबारमा संलग्न अन्य व्यक्तिका बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?