Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

पार्टी बदनाम गराउन षड्यन्त्र भइरहेको छ : प्रचण्ड

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, जेठ ३१, २०८२
|
|
११७ पटक हेरिएको
Shares
पार्टी बदनाम गराउन षड्यन्त्र भइरहेको छ : प्रचण्ड

सारांश

  • प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीलाई बदनाम गराउन षड्यन्त्र भइरहेको बताएका छन् ।
  •  मोरङको उर्लाबारीमा शनिबार आयोजित पार्टी प्रवेश कार्यक्रममा माओवादीप्रति जनविश्वास बढेसँगै घेराबन्दी गर्न र बदनाम गर्ने उद्देश्यले पार्टीभित्र र बाहिरबाट निरन्तर षड्यन्त्र भइरहेको बताएका हुन् ।
  • ‘हामीले सरकारमा रहेर सुशासन, सामाजिक न्याय र समृद्धिका पक्षमा महत्वपूर्ण काम गरेका छौँ ।

३१ जेठ, उर्लाबारी ।

प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीलाई बदनाम गराउन षड्यन्त्र भइरहेको बताएका छन् । मोरङको उर्लाबारीमा शनिबार आयोजित पार्टी प्रवेश कार्यक्रममा माओवादीप्रति जनविश्वास बढेसँगै घेराबन्दी गर्न र बदनाम गर्ने उद्देश्यले पार्टीभित्र र बाहिरबाट निरन्तर षड्यन्त्र भइरहेको बताएका हुन् ।

‘हामीले सरकारमा रहेर सुशासन, सामाजिक न्याय र समृद्धिका पक्षमा महत्वपूर्ण काम गरेका छौँ । राम्रो काम गर्दा गर्दै षड्यन्त्रपूर्वक सरकारबाट बाहिरिनु परे पनि हामी हाम्रो अभियान लिएर जनताको घरघरमा पुग्यौँ,’ प्रचण्डले भने, ‘जनतासँग बसेर दुःख–सुख बाँड्यौँ । यही कारणले माओवादी केन्द्रप्रति जनताको विश्वास झनै बलियो बन्दै गएको छ ।’पूर्वी नेपालका झापा र मोरङमा माओवादी केन्द्रले अघिल्लो स्थानीय चुनावमा उल्लेखनीय सफलता हासिल गरेको स्मरण गर्दै अध्यक्ष प्रचण्डले आगामी निर्वाचनमा पार्टीले अझ राम्रो प्रदर्शन गर्ने विश्वास व्यक्त गरे ।

उनले प्रतिक्रियावादी शक्तिहरू माओवादीको बढ्दो जनआधार देखेर आत्तिएका कारण षड्यन्त्रहरू भइरहेको बताए ।  नवप्रवेशी सदस्यहरूलाई पार्टीले उचित जिम्मेवारी प्रदान गर्ने प्रतिबद्धता व्यक्त गर्दै अध्यक्ष प्रचण्डले संगठनलाई अझ सुदृढ बनाउँदै अघि बढ्ने बताए । कार्यक्रममा विभिन्न राजनीतिक दलहरू परित्याग गरेर ३७० जना नेता–कार्यकर्ताले माओवादी केन्द्रमा प्रवेश गरेको प्रचण्डको सचिवालयले दाबी गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राजीनामा दिने भन्ने आशयका समाचार भ्रामक हुन्: महानिरीक्षक खापुङ्ग
राजीनामा दिने भन्ने आशयका समाचार भ्रामक हुन्: महानिरीक्षक खापुङ्ग
यस्तो छ , आजको लागि विदेशी मुद्राको विनिमयदर
यस्तो छ , आजको लागि विदेशी मुद्राको विनिमयदर
शिक्षकका माग सम्बोधन गर्न अर्थ, गृह र शिक्षामन्त्रीको बैठक
शिक्षकका माग सम्बोधन गर्न अर्थ, गृह र शिक्षामन्त्रीको बैठक
नेपाल नेशनल अस्पताललाई काठमाडौं महानगरले तिरायो १ लाख जरिवाना
नेपाल नेशनल अस्पताललाई काठमाडौं महानगरले तिरायो १ लाख जरिवाना
रास्वपा सांसदहरूसँग सभापति रवि लामिछानेको सामूहिक छलफल आज
रास्वपा सांसदहरूसँग सभापति रवि लामिछानेको सामूहिक छलफल आज
मन्त्री यादवद्वारा सिंहदरबारमा सुलभ मूल्यको खाद्य बिक्री कक्ष उद्घाटन
मन्त्री यादवद्वारा सिंहदरबारमा सुलभ मूल्यको खाद्य बिक्री कक्ष उद्घाटन
स्कटल्यान्डविरुद्धको खेलमा नेपालले टस जित्यो
स्कटल्यान्डविरुद्धको खेलमा नेपालले टस जित्यो
भारतमा रहेका नेपालीलाई सचेत र सुरक्षित रहन नेपाली राजदूतावासको आग्रह
भारतमा रहेका नेपालीलाई सचेत र सुरक्षित रहन नेपाली राजदूतावासको आग्रह
शेखर गोल्छालाई २४ घण्टाभित्र अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश
शेखर गोल्छालाई २४ घण्टाभित्र अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश
सर्वोच्च अदालतका सबै पेशी स्थगित, कुनै मुद्दाको सुनुवाइ नहुने
सर्वोच्च अदालतका सबै पेशी स्थगित, कुनै मुद्दाको सुनुवाइ नहुने