राजीनामा दिने भन्ने आशयका समाचार भ्रामक हुन्: महानिरीक्षक खापुङ्ग

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, आश्विन २४, २०८२
|
|
४५ पटक हेरिएको
Shares
राजीनामा दिने भन्ने आशयका समाचार भ्रामक हुन्: महानिरीक्षक खापुङ्ग

सारांश

  • प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङ्गले पूर्वप्रधानमन्त्री र गृहमन्त्रीलाई पक्राउ गर्न दबाब सृजना गरिए राजीनामा दिने कुरा नगरेको स्पष्ट पारेका छन् ।
  • शुक्रबार एक विज्ञप्ति जारी गर्दै उनले सञ्चार माध्यमहरूमा प्रकाशित भएको पूर्वप्रधानमन्त्री र पूर्वगृहमन्त्रीलाई पक्राउ गर्न दबाब सृजना गरिए वा बाध्य बनाइए राजीनामा दिने भन्ने आशयका भ्रामक समाचारप्रति आफ्नो ध्यानाकर्षण भएको जानकारी गराएका हुन् ।
  • जारी विज्ञप्ति अनुसार, ‘केही दिन यता विभिन्न पत्र पत्रिकाहरू र सञ्चार माध्यमहरूमा प्रकाशित वा प्रसारित प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङ्गले ‘पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्न दबाब सृजना गरिए वा बाध्य बनाइए राजीनामा दिन्छु ।

२४ असोज, काठमाडौं ।

प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङ्गले पूर्वप्रधानमन्त्री र गृहमन्त्रीलाई पक्राउ गर्न दबाब सृजना गरिए राजीनामा दिने कुरा नगरेको स्पष्ट पारेका छन् । शुक्रबार एक विज्ञप्ति जारी गर्दै उनले सञ्चार माध्यमहरूमा प्रकाशित भएको पूर्वप्रधानमन्त्री र पूर्वगृहमन्त्रीलाई पक्राउ गर्न दबाब सृजना गरिए वा बाध्य बनाइए राजीनामा दिने भन्ने आशयका भ्रामक समाचारप्रति आफ्नो ध्यानाकर्षण भएको जानकारी गराएका हुन् ।

जारी विज्ञप्ति अनुसार, ‘केही दिन यता विभिन्न पत्र पत्रिकाहरू र सञ्चार माध्यमहरूमा प्रकाशित वा प्रसारित प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङ्गले ‘पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्न दबाब सृजना गरिए वा बाध्य बनाइए राजीनामा दिन्छु ।’ भनेको भन्ने आशयका भ्रामक समाचारहरूको सम्बन्धमा नेपाल प्रहरी प्रधान कार्यालयको गम्भीर ध्यानाकर्षण भएको छ ।’

साथै, प्रहरी महानिरीक्षकले कहींकतै त्यस्तो आशय झल्कने अभिव्यक्ति नदिएको जानकारी गराउँदै प्रधानमन्त्री र गृहमन्त्रीसँग भएका सुरक्षा बैठक र प्रतिवेदनहरूमा समसामयिक घटनाक्रमहरू वा सोबाट सृजित सुरक्षा चुनौतीहरूको बारेमा विश्लेषण गर्दै शान्ति सु–व्यवस्था कायम गर्ने विषयमा मात्र केन्द्रित भएको व्यहोरा सम्बन्धित सबैलाई सूचित गरिएको छ ।

विज्ञप्ति अनुसार, ‘प्रहरी महानिरीक्षकले कहींकतै त्यस्तो आशय झल्कने अभिव्यक्ति नदिएको जानकारी गराउँदै प्रधानमन्त्री र गृहमन्त्रीसँग भएका सुरक्षा बैठक र प्रतिवेदनहरूमा समसामयिक घटनाक्रमहरू वा सोबाट सृजित सुरक्षा चुनौतीहरूको बारेमा विश्लेषण गर्दै शान्ति सु–व्यवस्था कायम गर्ने विषयमा मात्र केन्द्रित भई सौहार्दपूर्ण छलफल गरेको व्यहोरा सम्बन्धित सबैलाई सूचित गरिएको छ ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रविले बोलाए रास्वपा संसदीय दलको बैठक, यस्तो छ कारण
रविले बोलाए रास्वपा संसदीय दलको बैठक, यस्तो छ कारण
लमजुङको सहकारी सेवा केन्द्र प्रमुख थुनामा, गाउँकार्यपालिका सदस्यसँग ८५ लाख धरौटी माग
लमजुङको सहकारी सेवा केन्द्र प्रमुख थुनामा, गाउँकार्यपालिका सदस्यसँग ८५ लाख धरौटी माग
संसदीय समिति बैठकमा २ मिनेट नबसी बाहिरिए देउवा
संसदीय समिति बैठकमा २ मिनेट नबसी बाहिरिए देउवा
फागुन २१ को निर्वाचनका लागि आज मनोनयन दर्ता सुरु
फागुन २१ को निर्वाचनका लागि आज मनोनयन दर्ता सुरु
जनस्वास्थ्य प्रशासक र स्वास्थ्य बीमा बोर्डका निर्देशकलाई मन्त्रालयले सोध्यो स्पष्टीकरण
जनस्वास्थ्य प्रशासक र स्वास्थ्य बीमा बोर्डका निर्देशकलाई मन्त्रालयले सोध्यो स्पष्टीकरण
पारिश्रमिक बढेपछि विद्यालय कर्मचारीको आन्दोलन स्थगित
पारिश्रमिक बढेपछि विद्यालय कर्मचारीको आन्दोलन स्थगित
किशोर श्रेष्ठलाई सोमबार सर्वोच्च अदालत उपस्थित गराउन आदेश
किशोर श्रेष्ठलाई सोमबार सर्वोच्च अदालत उपस्थित गराउन आदेश
सुरु भयो १५ दिने मिथिला माध्यमिकी परिक्रमा
सुरु भयो १५ दिने मिथिला माध्यमिकी परिक्रमा
८ लाख घुससहित सिँचाइ डिभिजन सर्लाहीका प्रमुख र अधिकृत पक्राउ
८ लाख घुससहित सिँचाइ डिभिजन सर्लाहीका प्रमुख र अधिकृत पक्राउ
आज पहाडी क्षेत्रका केही ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना
आज पहाडी क्षेत्रका केही ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना