८ लाख घुससहित सिँचाइ डिभिजन सर्लाहीका प्रमुख र अधिकृत पक्राउ

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, श्रावण ९, २०८३
|
|
२६१ पटक हेरिएको
Shares
८ लाख घुससहित सिँचाइ डिभिजन सर्लाहीका प्रमुख र अधिकृत पक्राउ

सारांश

  • सर्लाहीको भूमिगत जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय, कर्मैयाका डिभिजन प्रमुख अनुपमा ढकाल र मेकानिकल अधिकृत तुलाकान्त चौधरी ८ लाख २१ हजार घुस लिएको आरोपमा पक्राउ परेका छन् ।
  • अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय बर्दिबासको टोलिले शुक्रबार र साँझ बागमती नगरपालिका–१२ स्थित रामकाजी थापाको घरको भुइँतलामा रहेको डिभिजन प्रमुखको क्वाटरमा छापा मार्दा ढकाल बसेको सोफामै सेवाग्राहीबाट लिइएको ७ लाख ५० हजार रुपैयाँ फेला परेको थियो ।
  • खानतलासीका क्रममा स्रोत नखुलेको थप ७१ हजार ११५ रुपैयाँ पनि बरामद भएको अख्तियार कार्यालय बर्दिबासका सूचना अधिकारी प्रकाश पोखरेलले जानकारी दिए ।

९ साउन, सर्लाही ।

सर्लाहीको भूमिगत जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय, कर्मैयाका डिभिजन प्रमुख अनुपमा ढकाल र मेकानिकल अधिकृत तुलाकान्त चौधरी ८ लाख २१ हजार घुस लिएको आरोपमा पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय बर्दिबासको टोलिले शुक्रबार र साँझ बागमती नगरपालिका–१२ स्थित रामकाजी थापाको घरको भुइँतलामा रहेको डिभिजन प्रमुखको क्वाटरमा छापा मार्दा ढकाल बसेको सोफामै सेवाग्राहीबाट लिइएको ७ लाख ५० हजार रुपैयाँ फेला परेको थियो ।

खानतलासीका क्रममा स्रोत नखुलेको थप ७१ हजार ११५ रुपैयाँ पनि बरामद भएको अख्तियार कार्यालय बर्दिबासका सूचना अधिकारी प्रकाश पोखरेलले जानकारी दिए । उनका अनुसार पल्स कार्यालयअन्तर्गत विभिन्न जल उपभोक्ता समितिसँग बोरिङ तथा मोटर जडानको काम सम्पन्न गरेपछि भुक्तानीको माग्दा डिभिजन प्रमुख ढकालले अधिकृत मार्फत घुस मागेका थिए । सो क्रममा मेकानिकल अधिकृत तुलाकान्त चौधरीले डिभिजन प्रमुख ढकालको निर्देशनमा सेवाग्राहीबाट ७ लाख ५० हजार रुपैयाँ बुझी उक्त रकम डिभिजन प्रमुखको सरकारी क्वाटरमा पुर्‍याएका थिए । घटनापछि डिभिजन प्रमुख ढकाल र मेकानिकल अधिकृत चौधरीलाई नियन्त्रणमा लिई थप अनुसन्धान तथा कानुनी कारबाही अघि बढाइएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नारायणहिटीमा सभा गर्न नपाएपछि राजावादीहरूको आन्दोलन बालुवाटारतिर सोझियो
नारायणहिटीमा सभा गर्न नपाएपछि राजावादीहरूको आन्दोलन बालुवाटारतिर सोझियो
४ दिनदेखि हराइरहेका व्यक्ति भक्तपुरको गरुडकुण्ड पोखरी छेउमा मृत भेटिए
४ दिनदेखि हराइरहेका व्यक्ति भक्तपुरको गरुडकुण्ड पोखरी छेउमा मृत भेटिए
भारतले बंगलादेशबाट बन्दरगाह हुँदै यी सामानहरूको आयातमा लगायो प्रतिबन्ध
भारतले बंगलादेशबाट बन्दरगाह हुँदै यी सामानहरूको आयातमा लगायो प्रतिबन्ध
आन्दोलनरत शिक्षकलाई सरकारले वार्तामा बोलायो
आन्दोलनरत शिक्षकलाई सरकारले वार्तामा बोलायो
गाजास्थित एक विद्यालय परिसरमा भएको इजरायली आक्रमणमा १८ जनाको मृत्यु
गाजास्थित एक विद्यालय परिसरमा भएको इजरायली आक्रमणमा १८ जनाको मृत्यु
भाटभटेनी लुटपाटमा कांग्रेस नेताका छोरा पक्राउ परेको राप्रपा अध्यक्ष लिङ्देनको दाबी
भाटभटेनी लुटपाटमा कांग्रेस नेताका छोरा पक्राउ परेको राप्रपा अध्यक्ष लिङ्देनको दाबी
इरानको बन्दरगाहमा विस्फोट ; २८ को मृत्यु, आठ सय जना घाइते
इरानको बन्दरगाहमा विस्फोट ; २८ को मृत्यु, आठ सय जना घाइते
भारतीय प्रधानमन्त्रीसँग राम्रो कुराकानी भयोः प्रधानमन्त्री ओली   
भारतीय प्रधानमन्त्रीसँग राम्रो कुराकानी भयोः प्रधानमन्त्री ओली   
वर्तमान व्यवस्था जोगाउन गठबन्धन अनिवार्य : गृहमन्त्री लेखक
वर्तमान व्यवस्था जोगाउन गठबन्धन अनिवार्य : गृहमन्त्री लेखक
बाराको सिमरामा बस दुर्घटना हुँदा १५ जना घाइते
बाराको सिमरामा बस दुर्घटना हुँदा १५ जना घाइते