परिक्रमाका यात्रीको स्वागतका निम्ति मटिहानीमा सार्वजनिक बिदा

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, फाल्गुन १७, २०८१
|
|
१७ पटक हेरिएको
Shares
परिक्रमाका यात्रीको स्वागतका निम्ति मटिहानीमा सार्वजनिक बिदा

सारांश

  • मिथिलाको महाकुम्भ भनिने मिथिला माध्यमिकी परिक्रमाका यात्रीको स्वागत र परिक्रमा मेलामा सहभागिताका निम्ति महोत्तरीको मटिहानी नगर कार्यपालिकाको कार्यालयले सार्वजनिक बिदा दिएको छ ।
  • नगरमा आइतबार (फागुन १८)का निम्ति सार्वजनिक बिदा दिइएको हो ।
  • मिथिला माध्यमिकी परिक्रमा यस भेगको सांस्कृतिक तथा धार्मिक उत्सव भएको हुँदा आफ्नो ठाउँमा आइपुग्ने यात्री र अतिथिको स्वागतमा सबैको सहभागिता हुन सकोस् भन्ने ध्येयले सार्वजनिक बिदा दिँदै आएको नगरप्रमुख हरिप्रसाद मण्डलको भनाइ छ ।

 

१७ फागुन,  महोत्तरी । मिथिलाको महाकुम्भ भनिने मिथिला माध्यमिकी परिक्रमाका यात्रीको स्वागत र परिक्रमा मेलामा सहभागिताका निम्ति महोत्तरीको मटिहानी नगर कार्यपालिकाको कार्यालयले सार्वजनिक बिदा दिएको छ । नगरमा आइतबार (फागुन १८)का निम्ति सार्वजनिक बिदा दिइएको हो ।

मिथिला माध्यमिकी परिक्रमा यस भेगको सांस्कृतिक तथा धार्मिक उत्सव भएको हुँदा आफ्नो ठाउँमा आइपुग्ने यात्री र अतिथिको स्वागतमा सबैको सहभागिता हुन सकोस् भन्ने ध्येयले सार्वजनिक बिदा दिँदै आएको नगरप्रमुख हरिप्रसाद मण्डलको भनाइ छ । मिथिला माध्यमिकी परिक्रमाको डोला (श्रीराम र सीताको प्रतिमा राखिएका डोली)साथ यो यात्राका सहभागी यात्री आइतबार मटिहानी आइपुग्दै छन् । यात्राको चौथो दिन डोला मटिहानी आइपुग्ने मिथिलाको स्थापित परम्परा हो । मटिहानी परिक्रमा महोत्तरी प्रवेश गर्ने द्वार पनि हो । मटिहानीसँगै लगातार पाँच रात परिक्रमा यात्रीले जिल्लामा बिताउनेछन् ।

महोत्तरीमा माध्यमिकी परिक्रमा यात्राको चौथो, पाँचौँ, छैटौँ, सातौँ र आठौँ दिन क्रमशः मटिहानी, जलेश्वर, मडै (महोत्तरी गाउँपालिका), ध्रुवकुण्ड (बलवा नगरपालिका) र कञ्चनवन (भंगाहा नगरपालिका)मा रात्रिबासको परम्परा छ । श्रीराम र सीताका प्रतिमा राखिएका डोलासाथ यात्री पडावस्थल (पारम्परिक रात्रि विश्रामस्थल) पुगेपछि उक्त दिन ती ठाउँमा परिक्रमा मेलाको परम्परा रहँदै आएको छ ।आफ्नो ठाउँमा मेला र रात्रि विश्रामका दिन जिल्लाका अरू चार स्थानीय तह जलेश्वर नगरपालिका, महोत्तरी गाउँपालिका, बलवा नगरपालिका र भंगाहा नगरपालिका कार्यालयले पनि यसअघिदेखि नै सार्वजनिक बिदा दिँदै आएका छन् ।  गएको बिहीबार धनुषाको मिथिला विहारी नगरपालिका–८, कचुरीस्थित मिथिला विहारी मन्दिरबाट श्रीराम र जनकपुरधाम

उपमहानगरपालिका–८ स्थित सुन्दरसदन मठबाट श्री सीताजीका प्रतिमा डोलामा राखेर सुरु यात्रा १५ रात बिताएर १६औँ दिन बिहान जनकपुरधामको अन्तरगृह परिक्रमा गरेर सम्पन्न गरिने परम्परा छ ।  यो यात्रामा महोत्तरीका पाँच, धनुषाका ६ र भारतको मधुवनी जिल्लामा चार पडावस्थल (रात्रि विश्रामस्थल)को चलन छ । यात्रामा साधुसन्त र गृहस्थ जीवनका सर्वसाधारणसहित १०औँ हजारको सहभागिता छ । यो यात्राको अभिष्ठ मोक्ष कामना र कल्याण रहेको मटिहानीस्थित याज्ञवल्क्य लक्ष्मीनारायण विद्यापीठ (संस्कृत क्याम्पस)का मैथिली भाषा साहित्यका उपप्राध्यापक मनोज झा मुक्ति बताउँछन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विद्युत प्राधिकरण घाटामा रहेको तथ्यांक सार्वजनिक गरेपछि ऊर्जामन्त्रीसँग मागियो सदनमा जवाफ
विद्युत प्राधिकरण घाटामा रहेको तथ्यांक सार्वजनिक गरेपछि ऊर्जामन्त्रीसँग मागियो सदनमा जवाफ
तोकिएको समयमै निर्वाचन सम्पन्न गर्नु बाध्यात्मक थियो : आयुक्त भण्डारी
तोकिएको समयमै निर्वाचन सम्पन्न गर्नु बाध्यात्मक थियो : आयुक्त भण्डारी
लगानीकर्ताले नाफा बुक गर्दा २७ अंकले घट्यो नेप्से
लगानीकर्ताले नाफा बुक गर्दा २७ अंकले घट्यो नेप्से
सभापति पक्राउ विरोधमा माइतीघरमा रास्वपाको प्रदर्शन
सभापति पक्राउ विरोधमा माइतीघरमा रास्वपाको प्रदर्शन
आज तीन संसदीय समितिको बैठक बस्दै
आज तीन संसदीय समितिको बैठक बस्दै
जेनजी आन्दोलनपछि सोमबारदेखि देशभरका फिल्म हल खुल्ने
जेनजी आन्दोलनपछि सोमबारदेखि देशभरका फिल्म हल खुल्ने
एमाले सांसद भन्छन्- बेरुजुका कारण सरकारको कार्यक्षमतामागि प्रश्न उठ्यो
एमाले सांसद भन्छन्- बेरुजुका कारण सरकारको कार्यक्षमतामागि प्रश्न उठ्यो
मन्त्रिपरिषद् बैठक बस्दै
मन्त्रिपरिषद् बैठक बस्दै
गर्मी बढेपछि गोरखा र तनहुँ‍मा पनि विद्यालय बन्द
गर्मी बढेपछि गोरखा र तनहुँ‍मा पनि विद्यालय बन्द
युके पठाइदिन्छु भन्दै ३२ लाख ५७ हजार ठगी गरेको आरोपमा एक जना पक्राउ
युके पठाइदिन्छु भन्दै ३२ लाख ५७ हजार ठगी गरेको आरोपमा एक जना पक्राउ