अधिवक्ता स्वागत नेपालविरुद्ध साइबर ब्यूरोमा उजुरी

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, कार्तिक ४, २०८२
|
|
३६ पटक हेरिएको
Shares
अधिवक्ता स्वागत नेपालविरुद्ध साइबर ब्यूरोमा उजुरी

सारांश

  • अधिवक्ता स्वागत नेपालविरुद्ध प्रहरीको केन्द्रीय साइबर ब्यूरो भोटाहिटीमा उजुरी परेको छ ।
  • ब्यूरोका प्रवक्ता तथा एसपी दीपकराज अवस्थीले उजुरी आएको पुष्टि गरे ।
  • उहाँलाई फोनमार्फत जानकारी पनि गराएका छौं’, एसपी अवस्थीले ‘सामान्य सोधपुछका लागि हो ।

४ कात्तिक, काठमाडौं ।

अधिवक्ता स्वागत नेपालविरुद्ध प्रहरीको केन्द्रीय साइबर ब्यूरो भोटाहिटीमा उजुरी परेको छ । ब्यूरोका प्रवक्ता तथा एसपी दीपकराज अवस्थीले उजुरी आएको पुष्टि गरे । उहाँलाई फोनमार्फत जानकारी पनि गराएका छौं’, एसपी अवस्थीले ‘सामान्य सोधपुछका लागि हो ।’ कस्तो प्रकृतिको उजुरी भन्नेबारे प्रहरीले केही खुलाएको छैन ।

यता अधिवक्ता नेपालले पनि साइबर ब्यूरोबाट आफूलाई फोन आएको भन्दै सामाजिक सञ्जालमा उल्लेख गरेका छन् । प्रहरीले केही नखुलाए पनि अधिवक्ता नेपालले भने प्रधानमन्त्री सुशीला कार्कीविरुद्ध प्रश्न उठाउँदा साइबर मुद्दा लगाउन खोजिएको बताएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?