सर्लाहीबाट बेहुली लिन लहान जाँदै गरेको बस धनुषामा दुर्घटना, १३ जना घाइते

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, आषाढ १७, २०८१
|
|
२९ पटक हेरिएको
Shares
सर्लाहीबाट बेहुली लिन लहान जाँदै गरेको बस धनुषामा दुर्घटना, १३ जना घाइते

सारांश

  • सर्लाहीबाट बेहुली लिन लहान जाँदै गरेको बस धनुषामा पल्टिँदा १३ जना घाइते भएका छन्।
  • सर्लाहीकाे कौडेना गा पा – ६ सक्रौल बाट लहान तर्फ जन्ती  लिएर जाँदै गरेको बस दुर्घटनामा परेको छ।
  • गएराति सर्लाहीबाट जन्ती लिएर लहान जाँदै गरेको ना ५ ख ४४९२ नम्बरको बस पूर्वपश्चिम राजमार्गमा पर्ने धनुषाको गणेशमान चारनाथ नगरपालिका-८ पोर्ताहामा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

१७ असार,सर्लाही । सर्लाहीबाट बेहुली लिन लहान जाँदै गरेको बस धनुषामा पल्टिँदा १३ जना घाइते भएका छन्।

सर्लाहीकाे कौडेना गा पा – ६ सक्रौल बाट लहान तर्फ जन्ती  लिएर जाँदै गरेको बस दुर्घटनामा परेको छ।

गएराति सर्लाहीबाट जन्ती लिएर लहान जाँदै गरेको ना ५ ख ४४९२ नम्बरको बस पूर्वपश्चिम राजमार्गमा पर्ने धनुषाको गणेशमान चारनाथ नगरपालिका-८ पोर्ताहामा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।‘राति ९ बजेतिर सडकमा हिँडिरहेका एकजना पैदल यात्रुलाई जोगाउन खोज्दा बस पल्टिएको हो,’ जिप्रका धनुषाका डीएसपी रन्जन अबाले भने, ‘दुर्घटनामा १३ जना घाइते भएका छन्।

एक जनालाई अलिक बढी चोट लागे पनि १२ जनाको अवस्था सामान्य छ।’  ‘बसमा बेहुला सवार थिए- थिएनन्, त्यो  खुलेको छैन,’ डीएसपी अबाले भने, ‘घाइते सबैको धनुषाकै गोदारमा रहेको रिया पोलिक्लिनिकमा उपचार भइरहेको छ। हामी थप अनुसन्धानको क्रममा छौँ।’ दुर्घटना पश्चात बसका चालक फरार छन्। उनको खोजी भइरहेको डीएसपी अबाले बताए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रभु शाहको प्रश्न- तुलसीलाल प्रतिष्ठानलाई एमालेको पार्टी कार्यालय किन बनाइयो ?
प्रभु शाहको प्रश्न- तुलसीलाल प्रतिष्ठानलाई एमालेको पार्टी कार्यालय किन बनाइयो ?
पठाओ राइडरको कोठामा भेटियो स्वचालित इन्सास ह*तियार, एक जना पक्राउ
पठाओ राइडरको कोठामा भेटियो स्वचालित इन्सास ह*तियार, एक जना पक्राउ
सुनको मूल्य तोलामा तीन हजारले वृद्धि
सुनको मूल्य तोलामा तीन हजारले वृद्धि
काठमाडौंको जय नेपाल हल अगाडिको बिजुलीको पोलमा आगलागी
काठमाडौंको जय नेपाल हल अगाडिको बिजुलीको पोलमा आगलागी
बाढीपीडितलाई आवासको व्यवस्था गरिने : गृहमन्त्री
बाढीपीडितलाई आवासको व्यवस्था गरिने : गृहमन्त्री
माइतीघर मण्डलामा राजेन्द्र महतोले जलाए संविधान
माइतीघर मण्डलामा राजेन्द्र महतोले जलाए संविधान
कोशी ब्यारेजको बाढी साढे चार लाख क्युसेक मापन, सबै ढोका खोलियो
कोशी ब्यारेजको बाढी साढे चार लाख क्युसेक मापन, सबै ढोका खोलियो
आन्दोलनमा भएका सम्पूर्ण भौतिक क्षतिको जिम्मेवारी सरकारले लिनुपर्छ : रवीन्द्र मिश्र
आन्दोलनमा भएका सम्पूर्ण भौतिक क्षतिको जिम्मेवारी सरकारले लिनुपर्छ : रवीन्द्र मिश्र
सई सुभाष यादव असार महिनाका सर्लाहीका उत्कृष्ट प्रहरी घोषित
सई सुभाष यादव असार महिनाका सर्लाहीका उत्कृष्ट प्रहरी घोषित
नेताहरूसँग लड्न सिक्नुपर्छ, नागरिक बन्न प्रश्न गर्न आवश्यक : सीके लाल
नेताहरूसँग लड्न सिक्नुपर्छ, नागरिक बन्न प्रश्न गर्न आवश्यक : सीके लाल