नेपाल हिन्दु राष्ट्र हुनुपर्छ, धर्म र राजनीति सँगसँगै अघि बढ्नुपर्छ : राजेन्द्र लिङ्देन

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, मंसिर ७, २०८३
|
|
५४ पटक हेरिएको
Shares
नेपाल हिन्दु राष्ट्र हुनुपर्छ, धर्म र राजनीति सँगसँगै अघि बढ्नुपर्छ : राजेन्द्र लिङ्देन

सारांश

  • राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले नेपाल पुनः हिन्दु राष्ट्र हुनुपर्ने बताएका छन् ।
  • उनले धर्म र राजनीतिलाई अलग गरेर हेर्दा राजनीति विकृत हुँदै जाने दाबी गरेका छन् ।
  • सनातन धर्म संस्कृति संगठनको महाधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले धर्मरहित राजनीतिले भ्रष्टाचार र अनैतिक प्रवृत्तिलाई बढवा दिने बताए ।

 

काठमाडौं ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले नेपाल पुनः हिन्दु राष्ट्र हुनुपर्ने बताएका छन् । उनले धर्म र राजनीतिलाई अलग गरेर हेर्दा राजनीति विकृत हुँदै जाने दाबी गरेका छन् । सनातन धर्म संस्कृति संगठनको महाधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले धर्मरहित राजनीतिले भ्रष्टाचार र अनैतिक प्रवृत्तिलाई बढवा दिने बताए ।

उनले भने, ‘राजनीति र धर्मलाई जब अलग हेरिन्छ, तब राजनीति बिग्रिँदै जान्छ । धर्मरहित राजनीति भनेको आफ्नै नागरिकलाई भुटानी शरणार्थी बनाएर पैसा कमाउने बुद्धि आउनु हो । त्यसकारण राजनीति धर्मसहितकै हुनुपर्छ । त्यसमाथि पनि नेपाल हिन्दु राष्ट्र नै हुनुपर्छ र धर्म र राजनीति सँगसँगै जानुपर्छ ।’

लिङ्देनले नेपाललाई हिन्दु राष्ट्रबाट धर्मनिरपेक्ष बनाउने निर्णयमा राजनीतिक दलहरू नै जिम्मेवार रहेको आरोप लगाए । नेपाली समाजमा धर्मनिरपेक्षताको अवधारणा अपरिचित रहेकै अवस्थामा राजनीतिक दलहरूले मुलुकलाई धर्मनिरपेक्ष राष्ट्र बनाएको उनको भनाइ थियो ।

उनले भने, ‘रातारात देश हिन्दु राष्ट्रबाट धर्मनिरपेक्ष राष्ट्र भयो । हिन्दु धर्ममाथि कसले हस्तक्षेप ग¥यो त, दलहरूले गरे, धर्ममाथि राजनीति कसले गर्यो त ? दलहरूले नै गरे ।’

अध्यक्ष लिङ्देनले हिन्दु तथा सनातन धर्म मान्नेहरूलाई नेपाल पुनः हिन्दु राष्ट्र कायम गर्ने अभियानमा राप्रपाको पक्षमा उभिन आग्रह गरे ।

उनले नेपाललाई हिन्दु राष्ट्र बनाउनुपर्ने मागलाई राजनीतिक स्वार्थका रूपमा मात्र नहेर्न आग्रह गर्दै यस विषयमा सनातन धर्मावलम्बीहरू एकजुट हुनुपर्ने धारणा राखे ।

‘हिन्दु धर्म मान्छु, सनातन धर्म मान्छु भन्नेहरूले एकपटक नेपाल हिन्दु राष्ट्र नभएसम्म राप्रपाको पक्षमा उभिनुपर्छ,’ उनले भने ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जेनजी आन्दोलनले नेपाल प्रहरीमा भौतिक र मानसिक असर पारेको छ : गृहमन्त्री अर्याल
जेनजी आन्दोलनले नेपाल प्रहरीमा भौतिक र मानसिक असर पारेको छ : गृहमन्त्री अर्याल
जम्मुकश्मिरको आतंकवादी हमलाको नेपाल सरकारबाट निन्दा, प्रधानमन्त्री ओलीले भने– नेपाल भारतको साथमा छ
जम्मुकश्मिरको आतंकवादी हमलाको नेपाल सरकारबाट निन्दा, प्रधानमन्त्री ओलीले भने– नेपाल भारतको साथमा छ
शून्य समय : समसामयिक विषयमा सरकारको ध्यानाकर्षण
शून्य समय : समसामयिक विषयमा सरकारको ध्यानाकर्षण
कोरिया सरकारको एक अर्ब सहयोगमा साबइर ब्युरो सञ्चालनमा आउँदै
कोरिया सरकारको एक अर्ब सहयोगमा साबइर ब्युरो सञ्चालनमा आउँदै
प्रधानमन्त्री ओली आज जुम्ला जाँदै
प्रधानमन्त्री ओली आज जुम्ला जाँदै
सर्लाहीमा नख्खु कारागारबाट फरार कैदी नियन्त्रणमा
सर्लाहीमा नख्खु कारागारबाट फरार कैदी नियन्त्रणमा
विद्यालय शिक्षा विधेयकका प्रावधान पुनर्विचार गर्न राष्ट्रपति समक्ष नेशनल प्याब्सनको माग
विद्यालय शिक्षा विधेयकका प्रावधान पुनर्विचार गर्न राष्ट्रपति समक्ष नेशनल प्याब्सनको माग
भारतमा ७ वर्षीय बालकलाई बलि दिइयो, पाँच जना पक्राउ
भारतमा ७ वर्षीय बालकलाई बलि दिइयो, पाँच जना पक्राउ
प्रहरीको गोली लागेर युवकको मृत्यु भएको विरोधमा निजगढमा राजमार्ग अवरुद्ध
प्रहरीको गोली लागेर युवकको मृत्यु भएको विरोधमा निजगढमा राजमार्ग अवरुद्ध
घट्यो सुनचाँदीको भाउ, तोलाको कतिमा हुँदैछ कारोबार ?
घट्यो सुनचाँदीको भाउ, तोलाको कतिमा हुँदैछ कारोबार ?