मंसिर २७ मा इतिहासकै ठूलो जनसभा गर्छौं, जनता कसको साथमा छ देखाउँछौं : शंकर पोखरेल

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, कार्तिक १७, २०८२
|
|
७५ पटक हेरिएको
Shares
मंसिर २७ मा इतिहासकै ठूलो जनसभा गर्छौं, जनता कसको साथमा छ देखाउँछौं : शंकर पोखरेल

सारांश

  • नेकपा एमालेका महासचिव शंकर पोखरेलले आगामी मंसिर २७ गते काठमाडौंमा पार्टीले जनसभा आयोजना गर्न लागेको जानकारी गराएका छन् ।
  • पोखरेलले आफ्नो पार्टीले गर्ने उक्त जनसभा नेपालको इतिहासकै सर्वाधिक ठूलो हुने दाबी समेत गरे ।
  • प्रेस चौतारी नेपालले सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्ने क्रममा उनले यस्तो दाबी गरेका हुन् ।

१७ कात्तिक, काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले आगामी मंसिर २७ गते काठमाडौंमा पार्टीले जनसभा आयोजना गर्न लागेको जानकारी गराएका छन् । पोखरेलले आफ्नो पार्टीले गर्ने उक्त जनसभा नेपालको इतिहासकै सर्वाधिक ठूलो हुने दाबी समेत गरे । प्रेस चौतारी नेपालले सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्ने क्रममा उनले यस्तो दाबी गरेका हुन् ।

प्रमुख राजनीतिक दलबाट जनता अलग भइसके भन्ने भाष्य निर्माण गर्न खोजिएको र त्यो गलत छ भन्ने सावित गर्नका लागि आफूहरूले जनसभा गर्न लागेको उनले जानकारी दिए । ‘जनता प्रमुख दलबाट अलग भइसके भन्ने अहिले जुन भाष्य निर्माण गर्न खोजिएको छ, त्यो गलत हो भन्ने कुरा सावित गर्ने हिसाबले जनसभा गर्न लागेका छौं,’ उनले भने । यसअघि बसेको सचिपवालय बैठकले देशभरका विभिन्न आन्दोलनका कार्यक्रमहरू गर्ने निर्णय गरेको थियो ।

जस अनुसार, एमालेले यही कात्तिक २२ गते देशैभरी सबै वडामा वडास्तरी जनभेला, २५ गते पालिकामा जन र्‍याली, २९ गते जिल्लामा जनसभा र मंसिर ६ गते उपत्यकास्तरीय र्‍याली तथा सभाको आयोजना गर्ने जानकारी गराए । उनले थप भने, ‘२७ गतेका दिन नेपालको इतिहासकै सर्वाधिक ठूलो जनसभा काठमाडौंमा आयोजना गर्दैछौं । हामी देखाउन चाहन्छौं, जनता कसको साथमा छ । जनता कहिले पनि हिंसा, अराजकता र लुटपाटको साथमा हुन सक्दैन ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कांग्रेसमा नयाँ नेतृत्व चयन प्रक्रिय : उम्मेदवारी दर्ता १ बजेबाट
कांग्रेसमा नयाँ नेतृत्व चयन प्रक्रिय : उम्मेदवारी दर्ता १ बजेबाट
रौतहटबाट काठमाडौं जाँदै गरेको जिप मकवानपुरकोमा दुर्घटना, १० जना घाइते
रौतहटबाट काठमाडौं जाँदै गरेको जिप मकवानपुरकोमा दुर्घटना, १० जना घाइते
आर्थिक सर्वेक्षणः आर्थिक वृद्धि ३.८५ प्रतिशत र प्रतिव्यक्ति आय १,५३५ डलर पुग्ने प्रक्षेपण
आर्थिक सर्वेक्षणः आर्थिक वृद्धि ३.८५ प्रतिशत र प्रतिव्यक्ति आय १,५३५ डलर पुग्ने प्रक्षेपण
ए डिभिजन लिग आजबाट सकिँदै, चर्च ब्वाईज विजेता
ए डिभिजन लिग आजबाट सकिँदै, चर्च ब्वाईज विजेता
प्रधानमन्त्री ओलीसँग अस्ट्रेलियाकी राजदूत जोनटनको भेटवार्ता
प्रधानमन्त्री ओलीसँग अस्ट्रेलियाकी राजदूत जोनटनको भेटवार्ता
प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची
प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची
आज श्रीकृष्ण जन्माष्टमी पर्व मनाईँदै
आज श्रीकृष्ण जन्माष्टमी पर्व मनाईँदै
भेनेजुएलामा ७.५ म्याग्निच्युडका शक्तिशाली भूकम्पको धक्का
भेनेजुएलामा ७.५ म्याग्निच्युडका शक्तिशाली भूकम्पको धक्का
माओवादी केन्द्रको एकता राष्ट्रिय सम्मेलन कात्तिक १९ गते गर्ने निर्णय
माओवादी केन्द्रको एकता राष्ट्रिय सम्मेलन कात्तिक १९ गते गर्ने निर्णय
एमाले महाधिवेशनको उदघटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गरिने
एमाले महाधिवेशनको उदघटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गरिने