बाढीपीडितलाई आवासको व्यवस्था गरिने : गृहमन्त्री

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, चैत्र ७, २०८१
|
|
२५ पटक हेरिएको
Shares
बाढीपीडितलाई आवासको व्यवस्था गरिने : गृहमन्त्री

सारांश

  • गृहमन्त्री रमेश लेखकले गत असोजको बाढीबाट प्रभावित भएका वाग्मती तथा कोशी प्रदेशलगायत स्थानका सर्वसाधारणलाई आवासको व्यवस्था गरिने बताउनुभएको छ ।
  • विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको आज यहाँ भएको ३० औँ बैठकपछि उहाँले सञ्चारकर्मीमाझ बाढी, पहिरो र डुबानबाट भएको क्षतिको विश्लेषण गरी आवश्यकतानुसार स्थायी, अस्थायी आवास निर्माण गरिने बताउनुभयो ।
  • उहाँले निजी आवास निर्माणमा राज्यका कसरी सहयोग गर्नसक्छ भन्ने निर्णय प्रभावित क्षेत्रको वस्तुस्थितिका आधारमा गरिने जानकारी दिनुभयो ।

७ चैत, काठमाडौँ ।

गृहमन्त्री रमेश लेखकले गत असोजको बाढीबाट प्रभावित भएका वाग्मती तथा कोशी प्रदेशलगायत स्थानका सर्वसाधारणलाई आवासको व्यवस्था गरिने बताउनुभएको छ । विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको आज यहाँ भएको ३० औँ बैठकपछि उहाँले सञ्चारकर्मीमाझ बाढी, पहिरो र डुबानबाट भएको क्षतिको विश्लेषण गरी आवश्यकतानुसार स्थायी, अस्थायी आवास निर्माण गरिने बताउनुभयो ।

उहाँले निजी आवास निर्माणमा राज्यका कसरी सहयोग गर्नसक्छ भन्ने निर्णय प्रभावित क्षेत्रको वस्तुस्थितिका आधारमा गरिने जानकारी दिनुभयो । बैठकमा आगामी दिनमा विपद्बाट हुनसक्ने सबै किसिमका जोखिम नियन्त्रणका लागि पूर्वतयारीमा जुट्न सम्बद्ध निकायलाई निर्देशन दिइएको तथा सरकोकार भएका सबै निकायबीच समन्वयात्मक ढङ्गले काम हुनुपर्नेमा जोड दिइएको थियो ।

डोटी, अछाम र जाजरकोटमा भूकम्पबाट भएको क्षतिको पूर्ण विवरण सङ्कलन र पीडितलाई सहयोग तथा पुनर्निर्माणका काममा समन्वय गर्न ती जिल्लामा कार्यालय स्थापना गरेको जानकारी दिँदै मन्त्री लेखकले क्षति विश्लेषण भएका स्थानमा स्थायी आवास निर्माण प्रारम्भ भएको बताउनुभयो । बैठकमा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेल, गृहसचिव गोकर्णमणि दुवाडीलगायत उच्चपदस्थ सरकारी अधिकारीहरुको उपस्थिति थियो । (रासस)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पोखरा महानगरका इन्जिनियर डेढ लाख घुससहित पक्राउ
पोखरा महानगरका इन्जिनियर डेढ लाख घुससहित पक्राउ
  बारामा तनाव : प्रधानमन्त्रीले बोलाइन् सुरक्षा परिषद् बैठक
  बारामा तनाव : प्रधानमन्त्रीले बोलाइन् सुरक्षा परिषद् बैठक
संघीय लोकतान्त्रिक मोर्चाको बैठक बस्दै
संघीय लोकतान्त्रिक मोर्चाको बैठक बस्दै
नुवाकोटको शिवपुरीमा हेलिकप्टर दुर्घटना, ४ जनाको मृत्यु
नुवाकोटको शिवपुरीमा हेलिकप्टर दुर्घटना, ४ जनाको मृत्यु
दुई ठूला दल देशलाई नै ध्वस्त पार्ने सहमतिमा छन् :सांसद सिंह
दुई ठूला दल देशलाई नै ध्वस्त पार्ने सहमतिमा छन् :सांसद सिंह
काठमाडौं महानगरका एसपीसहित ६ नगरप्रहरी र एक वडा सदस्यविरुद्ध उजुरी
काठमाडौं महानगरका एसपीसहित ६ नगरप्रहरी र एक वडा सदस्यविरुद्ध उजुरी
नेपाल पर्यटन बोर्ड र कोशी प्रदेश सरकारबीच कोशी भ्रमण वर्षबारे समझदारी पत्रमा सम्झौता
नेपाल पर्यटन बोर्ड र कोशी प्रदेश सरकारबीच कोशी भ्रमण वर्षबारे समझदारी पत्रमा सम्झौता
स्पेन भ्रमणले अन्तर्राष्ट्रिय मञ्चमा नेपालको छवि उच्च बनाएको छ : प्रधानमन्त्री
स्पेन भ्रमणले अन्तर्राष्ट्रिय मञ्चमा नेपालको छवि उच्च बनाएको छ : प्रधानमन्त्री
बिहीबार कस्तो रहला देशभरको मौसम?
बिहीबार कस्तो रहला देशभरको मौसम?
सिरहामा पाँच पूर्वमन्त्रीको जमानत जफत
सिरहामा पाँच पूर्वमन्त्रीको जमानत जफत