अस्पतालका लागि बनाइएको भवनमा चर्च सञ्चालन, धनगढी उपमहानगरले चलायो डोजर

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, श्रावण १५, २०८१
|
|
१९ पटक हेरिएको
Shares
अस्पतालका लागि बनाइएको भवनमा चर्च सञ्चालन, धनगढी उपमहानगरले चलायो डोजर

सारांश

  • कैलालीमा अस्पतालका लागि बनाइएको भवनमा चर्च सञ्चालन गरेपछि धनगढी उपमहानगरपालिकाले भवन भत्काएको छ ।
  • धनगढी-७ मनेहरामा लेट मेइन धनगढी र नेपाल लाइफ वर्ड मिसनले निर्माण गरेको उक्त भवनमा उपमहानगरले डोजर चलाएको हो ।
  •  अवैध तरिकाले निर्माण गरेकोले मंगलबार डोजर चलाएर भत्काएको नगरपालिकाले जनाएको छ ।

 

१५ साउन,धनगढी । कैलालीमा अस्पतालका लागि बनाइएको भवनमा चर्च सञ्चालन गरेपछि धनगढी उपमहानगरपालिकाले भवन भत्काएको छ ।

धनगढी-७ मनेहरामा लेट मेइन धनगढी र नेपाल लाइफ वर्ड मिसनले निर्माण गरेको उक्त भवनमा उपमहानगरले डोजर चलाएको हो । अवैध तरिकाले निर्माण गरेकोले मंगलबार डोजर चलाएर भत्काएको नगरपालिकाले जनाएको छ ।

यसअघि सोमबार ७ नम्बर वडा कार्यालयले लेट मेइन धनगढी प्रालि र नेपाल लाइफ वर्ड मिसनको दर्ता खारेजी गरेको थियो ।लेट मेइन धनगढी प्रालिले २०८० साउन २२ गते वडा कार्यालयमा सिपमूलक तालिम तथा परामर्श सेवा सञ्चालन गर्ने प्रयोजन राखी वडा कार्यालयमा व्यवसाय दर्ता गराएको थियो । यस्तै, नेपाल लाइफ वर्ड मिसनले २०८१ वैशाख १६ गते सेमिनार, तालिम आदि सञ्चालन गर्ने प्रयोजनका लागि वडामा व्यवसाय दर्ता गराएको थियो ।

तर, सो जग्गामा दुई करोडको लागतमा अस्पतालका लागि भन्दै बनाइएको दुई तले चर्च सञ्चालन गरेपछि दर्ता खारेज गरिएको हो । यसअगाडि सो कार्यमा संलग्न ३ जनालाई प्रहरीले पक्राउ गरिसकेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?