बाजुरामा औषधि व्यवसायीको विरोध : अव्यावहारिक प्रावधान खारेज गर्नुपर्ने माग

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, मंसिर १४, २०८२
|
|
३१ पटक हेरिएको
Shares
बाजुरामा औषधि व्यवसायीको विरोध : अव्यावहारिक प्रावधान खारेज गर्नुपर्ने माग

सारांश

  • बाजुरामा पनि औषधि व्यवसायीहरूले विरोध प्रर्दशन गरेका छन् ।
  • औषधि ऐन, २०३५ को दफा ११ मा राखिएको अव्यावहारिक प्रावधान खारेज गर्नुपर्नेमा माग राख्दै उनीहरुले विरोध गरेका हुन् ।
  • व्यवसायीहरूले संशोधनले पेसागत सुरक्षामाथि प्रतिकूल प्रभाव पार्ने र अस्तित्वमै जोखिम उत्पन्न हुने भएकाले आन्दोलनमा उत्रिन बाध्य भएको बताएका छन् ।

१४ मंसिर, बाजुरा ।

बाजुरामा पनि औषधि व्यवसायीहरूले विरोध प्रर्दशन गरेका छन् । औषधि ऐन, २०३५ को दफा ११ मा राखिएको अव्यावहारिक प्रावधान खारेज गर्नुपर्नेमा माग राख्दै उनीहरुले विरोध गरेका हुन् । व्यवसायीहरूले संशोधनले पेसागत सुरक्षामाथि प्रतिकूल प्रभाव पार्ने र अस्तित्वमै जोखिम उत्पन्न हुने भएकाले आन्दोलनमा उत्रिन बाध्य भएको बताएका छन् ।

औषधि ऐन २०३५ को दफा ११ उपदफा ५ खारेजीको माग राख्दै विरोध प्रदर्शन गरिएको मेडिकल व्यवसायी तथा आरसी मेडिकल हलका सञ्चालक रामचन्द्र यादवले बताए । केन्द्रीय सर्कुलर अनुसार जिल्लामा पनि सोही अनुरुप विरोधका कार्यक्रम गरिएको उनले जानकारी दिए । नवीकरण नगरे शत–प्रतिशत जरिवाना लाग्ने तथा ३१ औँ दिनमा इजाजतपत्र स्वतः रद्द हुने जस्ता प्रावधान तत्काल हटाउनुपर्ने मागसहित धर्ना तथा विरोधका कार्यक्रम गरिएको यादवको भनाइ छ । साथै केही समस्याले ढिला भएको खण्डमा त्यसलाई कमजोरी नठानी सहज माध्यम बनाउनुपर्नेमा जोड दिए ।

बाजुराका मेडिकल व्यवसायीहरुले आइतबार हातमा कालोपट्टी बाँधेर, हातमा प्लेकार्ड सहित सङ्घर्ष समितिले जिल्ला अस्पताल लाइनमा प्रदर्शनसहित विरोध गरेका हुन् । उनीहरुले मेडिकल बन्द गरेर धर्ना तथा विरोधका कार्यक्रम गरेका छन् । राज्यले सहज नीति नियमन बनाउनु भन्दा पनि व्यवसायीलाई त्रसित बनाउने काम गरेको व्यवसायीको आरोप छ । साथै व्यवसायीहरुले आफूले राखेका जायज मागहरु पूरा नभएको खण्डमा संघर्षका कार्यक्रम जारी रहने बताएका छन् ।

संशोधित ऐनअनुसार औषधि पसलको दर्ता नवीकरणको म्याद सकिएको भोलिपल्टदेखि शतप्रतिशत जरिवाना लागू हुने र ३१औँ दिनसम्म पनि नवीकरण नभएमा सो संस्था स्वतः खारेज हुने प्रावधान राखिएको छ । व्यवसायीले व्यवस्था अव्यवहारिक भएको ठहर गरेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सांसद खरेलले भने : ‘संसदभित्र पुराना पातहरु हट्दै गएका छन्, नयाँ पालुवाहरु पलाउँदै आएका छन्’
सांसद खरेलले भने : ‘संसदभित्र पुराना पातहरु हट्दै गएका छन्, नयाँ पालुवाहरु पलाउँदै आएका छन्’
राजस्वमा सुधार, दुई महिनामा १ खर्ब ६६ अर्ब संकलन
राजस्वमा सुधार, दुई महिनामा १ खर्ब ६६ अर्ब संकलन
उपसभामुखलाई राजीनामा दिन एमालेको सुझाव
उपसभामुखलाई राजीनामा दिन एमालेको सुझाव
सुन्तलाको जुस बनाएर अतिरिक्त आम्दानी
सुन्तलाको जुस बनाएर अतिरिक्त आम्दानी
बाबुराम भट्टराई भोलि भारत भ्रमणमा जाने
बाबुराम भट्टराई भोलि भारत भ्रमणमा जाने
यस्ता छन् शिक्षकका माग सम्बोधन गर्न मन्त्रिपरिषद्‍ले गरेका निर्णयहरू
यस्ता छन् शिक्षकका माग सम्बोधन गर्न मन्त्रिपरिषद्‍ले गरेका निर्णयहरू
अफताब आलमलाई सफाइ दिने उच्चको फैसलाविरुद्ध सरकार पुग्यो सर्वोच्च
अफताब आलमलाई सफाइ दिने उच्चको फैसलाविरुद्ध सरकार पुग्यो सर्वोच्च
क्षतिग्रस्त क्षेत्रमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री आचार्यको अनुगमन
क्षतिग्रस्त क्षेत्रमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री आचार्यको अनुगमन
प्यानलगत उम्मेदवारहरूको नामावली फेरबदल गरी प्रचार गरेको आरोपमा एक जना पक्राउ
प्यानलगत उम्मेदवारहरूको नामावली फेरबदल गरी प्रचार गरेको आरोपमा एक जना पक्राउ
काठमाडौं महानगपालिकाले मागे शिक्षा शाखा प्रमुखसँग स्पष्टीकरण
काठमाडौं महानगपालिकाले मागे शिक्षा शाखा प्रमुखसँग स्पष्टीकरण