रवि लामिछानेको निवेदनमाथि बहस सकियो, आदेश लेखन जारी

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, श्रावण २६, २०८२
|
|
५२ पटक हेरिएको
Shares
रवि लामिछानेको निवेदनमाथि बहस सकियो, आदेश लेखन जारी

सारांश

  • राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा का सभापति रवि लामिछानेले आफूलाई थुनामुक्त गर्न माग गरेको निवेदनमाथिको बहस सकिएको छ ।
  • न्यायाधीश नारायणप्रसाद सापकोटाको १० नम्बर इजलासमा परेको पेशीमाथि बहस सकिएर आदेश लेखनको काम भइरहेको अदालत स्रोतले जानकारी दिएको छ ।
  • बुटवलको सुप्रीम सहकारी ठगी अभियोगमा लामिछाने गत चैत २५ देखि रुपन्देही कारागारमा छन् ।

२६ साउन, बुटवल ।

राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा का सभापति रवि लामिछानेले आफूलाई थुनामुक्त गर्न माग गरेको निवेदनमाथिको बहस सकिएको छ । न्यायाधीश नारायणप्रसाद सापकोटाको १० नम्बर इजलासमा परेको पेशीमाथि बहस सकिएर आदेश लेखनको काम भइरहेको अदालत स्रोतले जानकारी दिएको छ । बुटवलको सुप्रीम सहकारी ठगी अभियोगमा लामिछाने गत चैत २५ देखि रुपन्देही कारागारमा छन् । उनले आफू सहकारी ठगीमा संलग्न नभएको जिकिर गर्दै बचतकर्ताको बचत फिर्ताको सुनिश्चित आफूबाटै गर्न चाहेको तर्क गर्दै आफ्नो भागको बिगो बराबरको जमानत लिएर रिहा गर्न माग गर्दै जिल्ला अदालत रुपन्देहीमा यही साउन १९ गते सोमबार निवेदन दिएका थिए ।

उनको निवेदनमा सुनुवाइका लागि १० नम्बर न्यायाधीश नारायण सापकोटाको इजलासमा परेको र बहस सकिएपनि आदेश नआएको रुपन्देही जिल्ला अदालतका सूचना अधिकारी पदम अर्यालले बताए । न्यायाधीश सापकोटाको इजलासको दोस्रो नम्बरमा लामिछानेको निवेदनको सुनुवाइ हुने गरी तोकिएको थियो ।लामिछाने आफ्नो भागको ठगी रकमको बिगोबापतको २ करोड ७४ लाख ८४ हजार रुपैयाँको बैंक जमानत पनि साउन १९ गते निवेदनसँगै दाखिला गरेका थिए ।

बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा गत चैत २२ गते उच्च अदालत तुलसीपुरको बुटवल इजलासले लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो । उच्च अदालतको आदेशलाई उनको सर्वोच्च अदालतले पनि सदर गरेको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?