प्रधानमन्त्री ओलीले लिए पद तथा गोपनीयताको शपथ

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, आषाढ ३१, २०८१
|
|
३४ पटक हेरिएको
Shares
प्रधानमन्त्री ओलीले लिए पद तथा गोपनीयताको शपथ

सारांश

  • प्रधानमन्त्री केपी ओलीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।
  • सोमबार मध्यान्ह शीतलनिवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले ओलीलाई प्रधानमन्त्री पदको शपथ ग्रहण गराएका हुन् ।
  •  ओलीलाई राष्ट्रपति पौडेलले आइतबार प्रधानमन्त्रीमा नियुक्त भएका थिए ।

३१ असार, काठमाडौं । प्रधानमन्त्री केपी ओलीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।

सोमबार मध्यान्ह शीतलनिवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले ओलीलाई प्रधानमन्त्री पदको शपथ ग्रहण गराएका हुन् । ओलीलाई राष्ट्रपति पौडेलले आइतबार प्रधानमन्त्रीमा नियुक्त भएका थिए । नेपाली कांग्रेससहितको समर्थनमा संविधानको धारा ७६ (२) अनुसार ओली प्रधानमन्त्री नियुक्त भएका हुन् । ओली चौथोपटक प्रधानमन्त्री बनेका हुन् । यसअघि २०७२, २०७४ र २०७८ मा गरी ओली तीनपटक प्रधानमन्त्री बनेका थिए ।

सरकारमा एमालेबाट विष्णु पौडेल अर्थ, पृथ्वीसुब्बा गुरुङ सूचना प्रविधि तथा संचार, विद्या भट्टराई शिक्षा, देवेन्द्र दाहाल भौतिक पूर्वाधार, दामोदर भण्डारी उद्योग वाणिज्य, बलराम अधिकारी भूमि व्यवस्था, राजकुमार गुप्ता संघीय मामिला र रक्षा मन्त्रीमा मानवीर राईले शपथ लिँदैछन् । कांग्रेसबाट नेतृत्व गरेर प्रकाशमान सिंह शहरी विकास मन्त्रालयको नेतृत्वमा गएका छन् । कांग्रेसबाट गृहमा रमेश लेखक र परराष्ट्रमा आरजु राणा देउवा मन्त्री बनेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रहरीले बुझायो रवि लामिछानेविरुद्धको अनुसन्धान प्रतिवेदन
प्रहरीले बुझायो रवि लामिछानेविरुद्धको अनुसन्धान प्रतिवेदन
धरहराबाट एनपीएलको ट्रफी अनावरण
धरहराबाट एनपीएलको ट्रफी अनावरण
पत्रकार देउजामाथि आक्रमणको आरोपमा रास्वपाका वडा सभापति पक्राउ
पत्रकार देउजामाथि आक्रमणको आरोपमा रास्वपाका वडा सभापति पक्राउ
विद्युत् आयोजनामा सहजकर्ताको भूमिका निर्वाह गर्न वन मन्त्रालयलाई निर्देशन
विद्युत् आयोजनामा सहजकर्ताको भूमिका निर्वाह गर्न वन मन्त्रालयलाई निर्देशन
जापानी जङ्गलमा लागेको डढेलो नियन्त्रणका लागि १७ हजार अग्निनियन्त्रक परिचालित
जापानी जङ्गलमा लागेको डढेलो नियन्त्रणका लागि १७ हजार अग्निनियन्त्रक परिचालित
सर्लाही–३ मा जसपा नेपालबाट मनोज यादवसहित चार जनाको नाम सिफारिस
सर्लाही–३ मा जसपा नेपालबाट मनोज यादवसहित चार जनाको नाम सिफारिस
नीति तथा कार्यक्रम राजाकालीन परम्पराको निरन्तरता हो : उपेन्द्र यादव
नीति तथा कार्यक्रम राजाकालीन परम्पराको निरन्तरता हो : उपेन्द्र यादव
लागुऔध सहित एकजना युवक हेटौडाबाट पक्राउ।
लागुऔध सहित एकजना युवक हेटौडाबाट पक्राउ।
यूएईलाई हराउँदै नेपालले जित्यो एसिसी‌ यू-१९ प्रिमियर कपको उपाधि
यूएईलाई हराउँदै नेपालले जित्यो एसिसी‌ यू-१९ प्रिमियर कपको उपाधि
दुर्गा प्रसाईंविरुद्ध साइबर ब्यूरोमा उजुरी
दुर्गा प्रसाईंविरुद्ध साइबर ब्यूरोमा उजुरी