कार र मोटरसाइकल ठोक्किँदा नेपाल प्रहरीका एक जवानको मृत्यु

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, आश्विन २१, २०८१
|
|
३५ पटक हेरिएको
Shares
कार र मोटरसाइकल ठोक्किँदा नेपाल प्रहरीका एक जवानको मृत्यु

सारांश

  • मोरङको बेलबारी नगरपालिका–८ चिसाङ पुल नजिक आइतबार साँझ कार र मोटरसाइकल ठोक्किँदा नेपाल प्रहरीका एक जवानको मृत्यु भएको छ ।
  • कारसँग ठोक्किँदा मोटरसाइकलमा सवार प्रहरी जवान ३२ वर्षीय चित्रसागर राईको मृत्यु भएको प्रहरीले जनाएको छ ।
  • मोरङ प्रहरीका डीएसपी वेदप्रकाश जोशीका अनुसार पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको प्रदेश १–०२–०४४ प ४९९६ नम्बरको मोटरसाइकल र पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्रदेश ३–०१–०२४ च ०७३४ नम्बरको कार ठोक्किएर दुर्घटना भएको हो ।

२१ असोज, मोरङ ।मोरङको बेलबारी नगरपालिका–८ चिसाङ पुल नजिक आइतबार साँझ कार र मोटरसाइकल ठोक्किँदा नेपाल प्रहरीका एक जवानको मृत्यु भएको छ । कारसँग ठोक्किँदा मोटरसाइकलमा सवार प्रहरी जवान ३२ वर्षीय चित्रसागर राईको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मोरङ प्रहरीका डीएसपी वेदप्रकाश जोशीका अनुसार पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको प्रदेश १–०२–०४४ प ४९९६ नम्बरको मोटरसाइकल र पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्रदेश ३–०१–०२४ च ०७३४ नम्बरको कार ठोक्किएर दुर्घटना भएको हो । प्रहरीका अनुसार संखुवासभाको सिलिचुङ गाउँपालिका–२ घर भएका राई सुनसरीको अस्थायी प्रहरी चौकी नडाहामा कार्यरत थिए । दुर्घटनामा परेर गम्भीर घाइते भएका उनलाई उद्धार गरेर उपचारका लागि विराटनगरको कोशी अस्पताल ल्याइएको थियो ।

अस्पताल ल्याइपुर्‍याउन साथ चिकित्सकले मृत घोषित गरेका हुन् ।  शवलाई पोस्टमार्टमका लागि कोशी अस्पतालमै राखिएको छ । घटनास्थलको प्रकृति हेर्दा विपरीत दिशाबाट आउँदै गरेको कारको लेनमा पुगेर मोटरसाइकल ठोक्किए जस्तो देखिने प्रहरीले जनाएको छ । यद्यपि, अनुसन्धान सुरु गरिएकाले वास्तविकता विस्तारै खुल्ने डीएसपी जोशी बताउँछन् । दुर्घटना लगत्तै प्रहरीले कार र चालक मोरङको सुन्दरहरैंचा नगरपालिका–९ का ३० वर्षीय दुलाल मियाँलाई नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मन्त्री श्रेष्ठले गरे स्युचाटारस्थित विद्युत् प्रणाली तथा सञ्चालन विभागको निरीक्षण
मन्त्री श्रेष्ठले गरे स्युचाटारस्थित विद्युत् प्रणाली तथा सञ्चालन विभागको निरीक्षण
डलर साटीदिन्छु भनि ठगी गरेको आरोपमा ४ जनालाई पक्राउ
डलर साटीदिन्छु भनि ठगी गरेको आरोपमा ४ जनालाई पक्राउ
राष्ट्रियसभाका सांसदद्वारा बजेट कार्यान्वयनमा जोड
राष्ट्रियसभाका सांसदद्वारा बजेट कार्यान्वयनमा जोड
सुर्योदय बहुउदेश्यीय सहकारी संस्था लि. को उद्घाटन
सुर्योदय बहुउदेश्यीय सहकारी संस्था लि. को उद्घाटन
प्रधानन्यायाधीशद्वारा दुई आयोगका अध्यक्षलाई शपथ
प्रधानन्यायाधीशद्वारा दुई आयोगका अध्यक्षलाई शपथ
टुँडिखेलमा बुधबार सेनाले स्थापना दिवस मनाउने, के-के छन् कार्यक्रम ?
टुँडिखेलमा बुधबार सेनाले स्थापना दिवस मनाउने, के-के छन् कार्यक्रम ?
साउदीमा अलपत्र नेपालीको तत्काल उद्धार गरियोस् : एमाले प्रमुख सचेतक
साउदीमा अलपत्र नेपालीको तत्काल उद्धार गरियोस् : एमाले प्रमुख सचेतक
वेस्ट इन्डिजद्वारा नेपालसामु २ सय ५ रनको लक्ष्य
वेस्ट इन्डिजद्वारा नेपालसामु २ सय ५ रनको लक्ष्य
मधेशमा मुख्यमन्त्री र सभामुख पदको भागबन्डा प्याकेजमै गर्ने कोसिस
मधेशमा मुख्यमन्त्री र सभामुख पदको भागबन्डा प्याकेजमै गर्ने कोसिस
ढिलासुस्ती हटाउन पूर्वाधार न्यायाधिकरण आवश्यक : मन्त्री गौतम
ढिलासुस्ती हटाउन पूर्वाधार न्यायाधिकरण आवश्यक : मन्त्री गौतम