सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!

मधेशमा मुख्यमन्त्री र सभामुख पदको भागबन्डा प्याकेजमै गर्ने कोसिस

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, मंसिर १८, २०८२
|
|
४५ पटक हेरिएको
Shares
मधेशमा मुख्यमन्त्री र सभामुख पदको भागबन्डा प्याकेजमै गर्ने कोसिस

सारांश

  • मधेश प्रदेशमा नयाँ सरकार गठनका लागि सातदलीय गठबन्धन छलफलमा जुटेका छन् ।
  • नेपाली कांग्रेस, जसपा नेपाल, जनमत, नेकपा माओवादी केन्द्र, लोसपा, एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टीका दलका नेता तथा सांसदहरु नयाँ सरकार गठनका लागि औपचारिक तथा औपचारिक छलफल गरिरहेका छन् ।
  • मधेश प्रदेशसभामा आज मध्यान्नदेखि दलहरूको विमर्श जारी छ।

 

१८ मंसिर, जनकपुरधाम ।

मधेश प्रदेशमा नयाँ सरकार गठनका लागि सातदलीय गठबन्धन छलफलमा जुटेका छन् । नेपाली कांग्रेस, जसपा नेपाल, जनमत, नेकपा माओवादी केन्द्र, लोसपा, एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टीका दलका नेता तथा सांसदहरु नयाँ सरकार गठनका लागि औपचारिक तथा औपचारिक छलफल गरिरहेका छन् । मधेश प्रदेशसभामा आज मध्यान्नदेखि दलहरूको विमर्श जारी छ।

संविधानको धारा १६८ को ३ बमोजिम बनेका मुख्यमन्त्री बनेका नेकपा एमाले संसदीय दलका नेता सरोजकुमार यादवले बुधबार सदनमा विश्वासको मत पाउने अवस्था नदेखेपछि राजीनामा दिएका थिए । प्रदेश प्रमुख कार्यालयले शुक्रबार साँझ ५ बजेसम्मको लागि संविधानको धारा १६८ को २ बमोजिम दुई वा दुई भन्दा बढी दलको समर्थन भएका प्रदेशसभा सदस्यलाई मुख्यमन्त्रीको लागि दाबी पेश गर्न आह्वान गरेको छ ।

सातलीय गठबन्धन मिलेरै अगाडि बढ्ने प्रयासमा छन् । सातदलीय गठबन्धनमा कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादव र लोसपाबाट निर्वतमान मुख्यमन्त्री सतिश सिंहले दाबी गरिरहेका छन् । दुबै दल पनि आ-आफ्नो नेतृत्वमा दाबी गर्दै छलफल जारी राखेका छन् । तर मधेशमा सभामुख पद रिक्त रहेकाले प्याकेजमै सहमति गर्ने दलहरूको प्रयास छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
शिव सेना नेपालका अध्यक्ष अनिल बस्नेत पक्राउ
शिव सेना नेपालका अध्यक्ष अनिल बस्नेत पक्राउ
चन्दा पासवानको विवाह हिन्दु सम्राट सेनाको सहयोगमा
चन्दा पासवानको विवाह हिन्दु सम्राट सेनाको सहयोगमा
बालेन सरकारले साम्राज्यवादीको एजेण्टको रुपमा काम गरिरहेको छ : महासचिव बास्तोला
बालेन सरकारले साम्राज्यवादीको एजेण्टको रुपमा काम गरिरहेको छ : महासचिव बास्तोला
भूमिसम्बन्धी ऐन परिमार्जनको तयारी भइरहेको छ : मन्त्री अधिकारी
भूमिसम्बन्धी ऐन परिमार्जनको तयारी भइरहेको छ : मन्त्री अधिकारी
पोखरा विमानस्थल निर्माणमा भएको भ्रष्टाचार छानविन गर्न रास्वपाको माग
पोखरा विमानस्थल निर्माणमा भएको भ्रष्टाचार छानविन गर्न रास्वपाको माग
महासंघ र सरकारबीचको सहमतिमा राहत शिक्षकको असन्तुष्टि, प्रदर्शन जारी
महासंघ र सरकारबीचको सहमतिमा राहत शिक्षकको असन्तुष्टि, प्रदर्शन जारी
प्रधानमन्त्री कप भलिबल बिहीबारदेखि
प्रधानमन्त्री कप भलिबल बिहीबारदेखि
राजासहितको नयाँ समझदारी निर्माणका लागि दबाब दिन राप्रपाको प्रदर्शन
राजासहितको नयाँ समझदारी निर्माणका लागि दबाब दिन राप्रपाको प्रदर्शन
आज हरि बोधिनी एकादशी, तुलसीको विवाह गरिँदै
आज हरि बोधिनी एकादशी, तुलसीको विवाह गरिँदै