सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!

निरंकुशताविरुद्ध फेरि संघर्ष गर्ने बेला आएको छ: प्रचण्ड

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, श्रावण ९, २०८३
|
|
४२० पटक हेरिएको
Shares
निरंकुशताविरुद्ध फेरि संघर्ष गर्ने बेला आएको छ: प्रचण्ड

सारांश

  •   नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले निरंकुशताविरुद्ध फेरि संघर्ष गर्ने बेला आएको बताएका छन्।
  •   शनिबार नरबहादुर कर्माचार्यको १३औं स्मृति दिवसका अवसरमा पेरिसडाँडास्थित नेकपा केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा बोल्दै संयोजक प्रचण्डले अहिले कम्युनिस्ट आन्दोलनले एउटा धक्का खाएको बताए।
  • फेरि कम्युनिस्ट आन्दोलनलाई एकतावद्ध गर्न जरुरी रहेको उनको भनाइ थियो।

 

९ साउन, काठमाडौं । 

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले निरंकुशताविरुद्ध फेरि संघर्ष गर्ने बेला आएको बताएका छन्।  शनिबार नरबहादुर कर्माचार्यको १३औं स्मृति दिवसका अवसरमा पेरिसडाँडास्थित नेकपा केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा बोल्दै संयोजक प्रचण्डले अहिले कम्युनिस्ट आन्दोलनले एउटा धक्का खाएको बताए। फेरि कम्युनिस्ट आन्दोलनलाई एकतावद्ध गर्न जरुरी रहेको उनको भनाइ थियो।

‘अहिले नेपालको कम्युनिस्ट आन्दोलनले एउटा धक्का खाएको बेलामा हामीले कमरेड पुष्पलाल, कमरेड नरबहादुर कर्माचार्य जस्ता नेताहरूलाई स्मरण गर्दै कम्युनिस्ट आन्दोलनलाई फेरि एकताबद्ध गर्ने, कम्युनिस्ट आन्दोलनलाई फेरि पुनर्जीवित गर्ने र देशको नेतृत्व लिने सङ्कल्प गर्नुपर्ने अहिले अवस्था छ,’ प्रचण्डले भने। कम्युनिस्ट आन्दोलनलाई पुनर्जीवित गर्ने र देशको नेतृत्व लिने सङ्कल्प गर्नुपर्ने समय आएको उनले बताए। देशको स्वाधीनतामाथि आइपरेको सङ्कट समाधान गर्न, कम्युनिष्ट आन्दोलनमाथि आएको असाधारण अप्ठ्यारो परिस्थितिको सामना गर्न र कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध गर्न जरुरी रहेको उनको भनाइ थियो।

‘हामीले साँच्चै नै देशमा अहिले राष्ट्रिय स्वाधीनतामाथि आइपरेको सङ्कट समाधान गर्ने, कम्युनिस्ट आन्दोलनमाथि आएको असाधारण अप्ठ्यारो परिस्थितिको सामना गर्ने, कम्युनिस्ट आन्दोलनलाई एकतावद्ध गर्ने र देशमा देखापरेको निरंकुश प्रवृत्तिका विरुद्ध, निरंकुशताका विरुद्ध फेरि एकचोटि सङ्घर्ष गर्ने दृढ अठोट गर्ने, सङ्कल्प गर्ने कुरा पनि हो, यो श्रद्धाञ्जलि वा सम्मान कार्यक्रम, हामी सबैले यसलाई त्यसै रूपमा लिनुपर्छ,’ उनले भने।  उनले देशको स्वाधिनतामाथि संकट आइरहेको जिकिर गरे। त्यससँगै देशमा निरंकुश प्रवृत्ति देखापरेको उनको भनाइ थियो। त्यसविरुद्ध एक पटक पुनः संघर्ष गर्नुपर्ने अवस्था आएको उनको जिकिर गरे।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आन्दोलनपछि नष्ट भएका कागजातले ट्रक व्यवसायी संकटमा, सहजीकरण गर्न महासंघको आग्रह
आन्दोलनपछि नष्ट भएका कागजातले ट्रक व्यवसायी संकटमा, सहजीकरण गर्न महासंघको आग्रह
बुटवल-नारायणगढ सडक पूर्णरूपमा अवरुद्ध
बुटवल-नारायणगढ सडक पूर्णरूपमा अवरुद्ध
आत्मालोचना गर्दै विश्वप्रकाशले भने- देउवा, ओली र प्रचण्डले अब राजनीतिबाट बिदा लिनुपर्छ
आत्मालोचना गर्दै विश्वप्रकाशले भने- देउवा, ओली र प्रचण्डले अब राजनीतिबाट बिदा लिनुपर्छ
रास्वपाले माग्यो गृहमन्त्री लेखकको राजीनामा
तीन मन्त्रीसहितको टोली बाढीपहिरो प्रभावित क्षेत्रमा
तीन मन्त्रीसहितको टोली बाढीपहिरो प्रभावित क्षेत्रमा
पूर्वीनाकाबाट रु चार करोड ६० लाखको खरबुजा भित्रियो
पूर्वीनाकाबाट रु चार करोड ६० लाखको खरबुजा भित्रियो
पाथीभरा केबलकार निर्माण विवाद : दुई वार्ता टोलीबिच छलफल सुरु
पाथीभरा केबलकार निर्माण विवाद : दुई वार्ता टोलीबिच छलफल सुरु
आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना
आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना
सशस्त्र प्रहरी निरीक्षक चन्दविरुद्ध भ्रष्टाचार मुद्दा
सशस्त्र प्रहरी निरीक्षक चन्दविरुद्ध भ्रष्टाचार मुद्दा
एमाले सिध्याउँछु भन्नेहरुकै अगाडि एमाले देशकै लोकप्रिय बन्यो : ओली
एमाले सिध्याउँछु भन्नेहरुकै अगाडि एमाले देशकै लोकप्रिय बन्यो : ओली