मीनबहादुरको समूहले १३८ किलो सुन तस्करी गरेको छानबिन समितिको निष्कर्ष

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, पौष ८, २०८०
|
|
५२ पटक हेरिएको
Shares
मीनबहादुरको समूहले १३८ किलो सुन तस्करी गरेको छानबिन समितिको निष्कर्ष

सारांश

  • त्रिभुवन विमानस्थल भन्सार कार्यालयको छानबिन समितिले मीनबहादुर घले र उनको समूहले १३८ किलो सुन तस्करी गरेको निष्कर्ष निकालेको छ ।
  • २२ मंसिरमा दुबईबाट काठमाडौं आएका चन्द्र घलेलाई भन्सार कार्यालयले १४ किलो सुनसहित पक्राउ गरेको थियो ।
  • त्यसक्रममा गोरखाका मीनबहादुर घले पनि पक्राउ परेका थिए ।

८ पुस, काठमाडौं । त्रिभुवन विमानस्थल भन्सार कार्यालयको छानबिन समितिले मीनबहादुर घले र उनको समूहले १३८ किलो सुन तस्करी गरेको निष्कर्ष निकालेको छ ।

२२ मंसिरमा दुबईबाट काठमाडौं आएका चन्द्र घलेलाई भन्सार कार्यालयले १४ किलो सुनसहित पक्राउ गरेको थियो । त्यसक्रममा गोरखाका मीनबहादुर घले पनि पक्राउ परेका थिए । घटनाबारे छानबिन गर्न भन्सार कार्यालयले बनाएको समितिले गरेको अनुसन्धानका क्रममा मीनबहादुरले दुबईमा रहेका अंकित अग्रवाल नाम गरेका व्यक्तिसँग सम्पर्क गरी नेपालमा सुन तस्करीको चाँजोपाँजो मिलाएका थिए । छानबिन समितिले भनेको छ, ‘पटक पटक गरी मिनबहादुर घले, चन्द्र आले र कृष्णकुमार श्रेष्ठले जम्मा १३८ केजी सुन ल्याएर विमानस्थलबाट सेटिङ मिलाएर बाहिर ल्याउने गरेकोमा पछिल्लो पटक चन्द्र घलेले ल्याएको १४ केजी मात्र पक्राउ परेको देखिन्छ ।’ मीनबहादुर र चन्द्रका साथै कृष्णकुमार श्रेष्ठले दुबईबाट सुन लिएर आउने गरेका थिए । एयरपोर्टमा सेटिङ मिलाउन भने डीबी भन्ने दनबहादुर गुरुङलाई प्रयोग गरेको पाइएको छ ।

एयरपोर्टबाट सुन निकाल्न नागरिक उड्ययन कार्यालय, गौचरका एसी मेकानिक राधाकृष्ण श्रेष्ठ, कार्यालय सहयोगी लेकबहादुर तामाङ, करारका पूर्व कर्मचारी रमेश देउला, एसी शाखामा काम गर्ने कार्यालय सहयोगी अनिल श्रेष्ठ र प्लम्बर शेरबहादुर बस्नेतले भूमिका खेलेको समितिको निष्कर्ष छ । एयरपोर्टबाट कटाएको सुन रमेश, राधाकृष्ण र अनिलले काठमाडौंको टोखा नगरपालिका, बानियाटारसिथतर सूर्यदर्शन हाइटमा रहेको डीबी गुरुङको घरमा पुर्याउने गरेका थिए । यो सुन मिनबहादुर र उनका साथी जाने भन्ने जीवन गुरुङले अंकितले भनेको स्थानमा पुर्याउने गरेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भदौ २३ र २४ को घटना राष्ट्रिय विध्वंस भयो : शंकर पोखरेल
भदौ २३ र २४ को घटना राष्ट्रिय विध्वंस भयो : शंकर पोखरेल
लहानका अधिकांश पसल बिनादर्ता सञ्चालन
लहानका अधिकांश पसल बिनादर्ता सञ्चालन
बडादशैंको टीकाको उत्तम साइत ११ बजेर ५३ मिनेटमा
बडादशैंको टीकाको उत्तम साइत ११ बजेर ५३ मिनेटमा
एमाले सचिव विष्टको आग्रह : महाधिवेशन प्रतिनिधि सार्वभौम र जिम्मेवार बनेर पार्टीलाई पुनर्गठित गर्नुपर्छ
एमाले सचिव विष्टको आग्रह : महाधिवेशन प्रतिनिधि सार्वभौम र जिम्मेवार बनेर पार्टीलाई पुनर्गठित गर्नुपर्छ
रास्वपाको कार्यवाहक सभापतिको जिम्मेवारी डीपी अर्याललाई
रास्वपाको कार्यवाहक सभापतिको जिम्मेवारी डीपी अर्याललाई
गहना बेचेको २ करोड नउठेपछि परिवारका ९ सदस्यले पिए विष
गहना बेचेको २ करोड नउठेपछि परिवारका ९ सदस्यले पिए विष
निर्वाचन आयुक्तमा कृष्णमान प्रधान सिफारिस
निर्वाचन आयुक्तमा कृष्णमान प्रधान सिफारिस
नारायणघाट–बुटवल सडक : साना पुल निर्माण सम्पन्न
नारायणघाट–बुटवल सडक : साना पुल निर्माण सम्पन्न
एनपीएलमा अर्धशतक बनाउने पहिलो खेलाडी बने मार्टिन गप्टिल
एनपीएलमा अर्धशतक बनाउने पहिलो खेलाडी बने मार्टिन गप्टिल
सरकारी कार्यालयहरू चुस्त दुरुस्त बनाउन प्रजिअ अधिकारीद्वारा धमाधम छड्के
सरकारी कार्यालयहरू चुस्त दुरुस्त बनाउन प्रजिअ अधिकारीद्वारा धमाधम छड्के