जेनजी आन्दोलन जाँचबुझ आयोगको म्याद एक महिना थपिन्छ : प्रधानमन्त्री

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, पौष २, २०८२
|
|
२३ पटक हेरिएको
Shares
जेनजी आन्दोलन जाँचबुझ आयोगको म्याद एक महिना थपिन्छ : प्रधानमन्त्री

सारांश

  • सरकारले जेनजी आन्दोलन जाँचबुझ आयोगको म्याद एक महिना थप गर्ने भएको छ ।
  • प्रधानमन्त्री सुशीला कार्कीले आयोगका अध्यक्ष गौरीबहादुर कार्कीसहितका पदाधिकारीसँगको भेटमा आयोगको म्याद थप गर्ने बताएकी हुन् ।
  • प्रधानमन्त्री कार्कीले आयोगको माग अनुसार म्याद थप गर्ने जानकारी आयोगका अध्यक्ष कार्कीले दिएका हुन् ।

२ पुस, काठमाडौं ।

सरकारले जेनजी आन्दोलन जाँचबुझ आयोगको म्याद एक महिना थप गर्ने भएको छ । प्रधानमन्त्री सुशीला कार्कीले आयोगका अध्यक्ष गौरीबहादुर कार्कीसहितका पदाधिकारीसँगको भेटमा आयोगको म्याद थप गर्ने बताएकी हुन् । प्रधानमन्त्री कार्कीले आयोगको माग अनुसार म्याद थप गर्ने जानकारी आयोगका अध्यक्ष कार्कीले दिएका हुन् । प्रधानमन्त्री कार्कीसँग भेट गरी अध्यक्ष कार्कीले काम नसकिएको भन्दै आयोगको म्याद एक महिना थप गर्न आग्रह गरेका थिए ।

आयोगको मागअनुसार म्याद थप गर्न प्रधानमन्त्री कार्की सहमत भएको अध्यक्ष कार्कीको भनाइ छ । ‘आयोगको म्याद सकिन लाग्यो । काम अझै बाँकी छ । हामी प्रधानमन्त्रीज्यूसँग त्यही कुराकानी गर्न आएको हौं । एक महिना म्याद थप्नु पर्छ । समय पुगेको छैन । के गर्ने भन्दाखेरी २ हप्ता बढी त बिदा नै भयो । प्रहरीले एक महिनासम्म लिस्ट पठाएन । त्यसकारण काम गर्न ढिलाइ भयो । प्रधानमन्त्रीज्यूले प्रस्ताव पठाउनु, थपिदिन्छु भन्नुभएको छ,’ अध्यक्ष कार्कीले भने । आयोगको म्याद यही ९ पुसमा सकिँदैछ । कार्यादेशअनुसार बाँकी कामलाई पूरा गर्न थप एक महिनाको समय आवश्यक भएकाले प्रधानमन्त्री कार्कीसँग सो विषयमा छलफल गरिएको अध्यक्ष कार्कीले बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मकवानपुरमा ईभी गाडी दुर्घटना हुँदा ५ जना घाइते
मकवानपुरमा ईभी गाडी दुर्घटना हुँदा ५ जना घाइते
बिहीबार कस्तो रहला देशभरको मौसम?
बिहीबार कस्तो रहला देशभरको मौसम?
दुई समुदायबीचको द्वन्दलाई हटाउन सदभाव र्याली।
दुई समुदायबीचको द्वन्दलाई हटाउन सदभाव र्याली।
एमालेको सचिवालय बैठक आज बस्दै
एमालेको सचिवालय बैठक आज बस्दै
संसद् विघटनविरुद्ध कांग्रेसको रिटमा कारण देखाऊ आदेश
संसद् विघटनविरुद्ध कांग्रेसको रिटमा कारण देखाऊ आदेश
दुबई अन्तर्राष्ट्रिय विमानस्थल नजिक ड्रोन आक्रमण, इन्धन ट्याङ्कीमा आगलागी
दुबई अन्तर्राष्ट्रिय विमानस्थल नजिक ड्रोन आक्रमण, इन्धन ट्याङ्कीमा आगलागी
निर्वाचन तयारी तीव्र : मतपत्र ढुवानी अन्तिम चरणमा, मतदानका लागि संरचना लगभग तयार
निर्वाचन तयारी तीव्र : मतपत्र ढुवानी अन्तिम चरणमा, मतदानका लागि संरचना लगभग तयार
तनहुँ बस दुर्घटना : मेडिकल टिमसहित सेनाको हेलिकप्टर पुग्यो दुर्घटनास्थल
तनहुँ बस दुर्घटना : मेडिकल टिमसहित सेनाको हेलिकप्टर पुग्यो दुर्घटनास्थल
राज्यका सबै संरचनामा अपांगता भएका व्यक्तिको समान सहभागिता हुनुपर्छ: राष्ट्रपति
राज्यका सबै संरचनामा अपांगता भएका व्यक्तिको समान सहभागिता हुनुपर्छ: राष्ट्रपति
धनुषामा मिटरव्याज पीडित महिलाको विभत्स ह*त्या, गहना पनि लुटियो
धनुषामा मिटरव्याज पीडित महिलाको विभत्स ह*त्या, गहना पनि लुटियो