यात्रुको पावर बैंकमा आगो लागेपछि इन्डिगो एयरलाइन्सको विमान आकस्मिक अवतरण

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, आश्विन २६, २०८३
|
|
८५ पटक हेरिएको
Shares
यात्रुको पावर बैंकमा आगो लागेपछि इन्डिगो एयरलाइन्सको विमान आकस्मिक अवतरण

सारांश

  • दिल्लीबाट चेन्नईतर्फ गइरहेको इन्डिगो एयरलाइन्सको विमानमा सवार एक यात्रुको पावर बैंकमा आगलागी भएपछि विमानलाई हैदराबाद डाइभर्ट गरी आकस्मिक अवतरण गराइएको छ ।
  • आइतबार उडानका क्रममा पावर बैंकबाट आगलागी सुरु भएपछि विमानलाई हैदराबादस्थित राजीव गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षित अवतरण गराइएको हो ।
  • इन्डिगोका अनुसार उडान नम्बर 6E 6115 का चालक दलका सदस्यले विमानभित्र लागेको आगो निभाएका थिए।

२६ असोज, काठमाडौं ।

दिल्लीबाट चेन्नईतर्फ गइरहेको इन्डिगो एयरलाइन्सको विमानमा सवार एक यात्रुको पावर बैंकमा आगलागी भएपछि विमानलाई हैदराबाद डाइभर्ट गरी आकस्मिक अवतरण गराइएको छ । आइतबार उडानका क्रममा पावर बैंकबाट आगलागी सुरु भएपछि विमानलाई हैदराबादस्थित राजीव गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षित अवतरण गराइएको हो ।

इन्डिगोका अनुसार उडान नम्बर 6E 6115 का चालक दलका सदस्यले विमानभित्र लागेको आगो निभाएका थिए। घटनामा सबै यात्रु र चालक दलका सदस्य सुरक्षित छन् ।

‘स्थापित सुरक्षा प्रक्रियाअनुसार पाइलटहरूले विमानलाई हैदराबाद डाइभर्ट गरी राजीव गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षित अवतरण गराएका थिए,’ इन्डिगोका प्रवक्ताले भनेका छन् ।

उक्त विमानका यात्रुलाई गन्तव्य चेन्नईसम्म पुर्‍याउन अर्को विमानको व्यवस्था गरिएको एयरलाइन्सले जनाएको छ ।

घटनाबारे सम्बन्धित अधिकारीहरूले अनुसन्धान सुरु गरेको जनाएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?