ऊर्जामन्त्री घिसिङको भारत भ्रमण स्वीकृत (मन्त्रिपरिषद् निर्णयसहित)

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, आश्विन १२, २०८२
|
|
१४ पटक हेरिएको
Shares
ऊर्जामन्त्री घिसिङको भारत भ्रमण स्वीकृत (मन्त्रिपरिषद् निर्णयसहित)

सारांश

  •   अन्तरिम सरकारले २०८२ कार्तिक १० देखि १३ गतेसम्म भारतको नयाँ दिल्लीमा आयोजना हुने अन्तर्राष्ट्रिय सौर्य गठबन्धन (आईएसए)को आठौँ बैठकमा भाग लिन ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङलाई सहभागी हुन स्वीकृति दिएको छ ।
  • आइतबार असोज १२ गते बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो ।
  •   भदौ २३ र २४ गतेको प्रदर्शनका क्रममा घाइते भएका व्यक्तिहरूको पहिचान एवं सहज र प्रभावकारी उपचारको व्यवस्थाका लागि गृह मन्त्रालयले परिचय पत्र वितरणको व्यवस्था मिलाउने निर्णय भएको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले बताए ।

१२ असोज, काठमाडौं । 

अन्तरिम सरकारले २०८२ कार्तिक १० देखि १३ गतेसम्म भारतको नयाँ दिल्लीमा आयोजना हुने अन्तर्राष्ट्रिय सौर्य गठबन्धन (आईएसए)को आठौँ बैठकमा भाग लिन ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङलाई सहभागी हुन स्वीकृति दिएको छ । आइतबार असोज १२ गते बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो ।  भदौ २३ र २४ गतेको प्रदर्शनका क्रममा घाइते भएका व्यक्तिहरूको पहिचान एवं सहज र प्रभावकारी उपचारको व्यवस्थाका लागि गृह मन्त्रालयले परिचय पत्र वितरणको व्यवस्था मिलाउने निर्णय भएको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले बताए ।

उनका अनुसार, सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले घाइते भएका व्यक्तिहरूको पुनः उपचारका लागि अस्पतालहरू तोक्ने, ती अस्पतालहरूमा जेनजी क्लिनिक सञ्चालन गर्ने निर्णय गरेको छ । पुनः उपचारका लागि जाने घाइतेलाई निःशुल्क आवतजावतको व्यवस्था गर्ने निर्णय गरेको छ । घाइते भएका व्यक्तिहरूको उपचारका लागि हटलाइनको व्यवस्था मिलाउनुका साथै सहजीकरणका लागि सम्पर्क व्यक्ति तोकी निजको सम्पर्क नम्बर समेत सार्वजनिक गर्ने निर्णय गरेको छ ।  घाइते भएका व्यक्तिहरूको वर्गीकरण गर्नका लागि प्राविधिक समिति गठन गरी तत्काल कार्य प्रारम्भ गर्ने निर्णय भएको बताए ।

प्राविधिक समितिले वर्गीकरण गरेपछि घाइते भएका व्यक्तिहरूलाई वर्गीकरणको आधारमा उचित राहत दिने निर्णय गरेको छ ।  मुग्लिङ–पोखरा सडकअन्तर्गत मुग्लिङदेखि आँबुखैरेनीसम्म हालको राजमार्गको समानन्तरको मुग्लिङ बजारको पारि त्रिशूली किनार गोरखातर्फदेखि मर्स्याङदी नदीको बायाँ किनार हुँदै मर्स्याङदी विद्युत् गृहको पारि गोरखातर्फसम्म थप सडकको रेखांकन स्वीकृत गरेको छ ।  सडकको केन्द्र रेखाबाट दायाँ बायाँ १५–१५ मिटर गरी ३० मिटरको सडकको मापदण्ड स्वीकृत गर्ने निर्णय भएको छ । प्रधानमन्त्री सुशीला कार्कीको मुख्य सल्लाहकारमा अजयभद्र खनाल र जनसम्पर्क सल्लाहकारमा गोविन्द नारायण तिमल्सिनालाई नियुक्त गर्ने निर्णय भएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

शीतल निवासमा राष्ट्रपति पौडेल, प्रधानमन्त्री कार्की र सञ्चारमन्त्री खरेलबीच छलफल
शीतल निवासमा राष्ट्रपति पौडेल, प्रधानमन्त्री कार्की र सञ्चारमन्त्री खरेलबीच छलफल
अब धरहरा चढ्नका लागि २०० रुपैयाँ तिर्नुपर्ने
अब धरहरा चढ्नका लागि २०० रुपैयाँ तिर्नुपर्ने
लागुऔषध गाँजासहित गाडी नियन्त्रणमा
लागुऔषध गाँजासहित गाडी नियन्त्रणमा
लामिछाने रुपन्देही अदालतमा हाजिर, अर्को तारिख २३ वैशाखमा
लामिछाने रुपन्देही अदालतमा हाजिर, अर्को तारिख २३ वैशाखमा
पार्टीविरुद्ध गतिविधि गरेको आरोपमा नेपाली कांग्रेसका पाँच जना निष्कासित
पार्टीविरुद्ध गतिविधि गरेको आरोपमा नेपाली कांग्रेसका पाँच जना निष्कासित
भैसेपाटीको मन्त्री क्वार्टरसँगैको टहरामा आगलागी
भैसेपाटीको मन्त्री क्वार्टरसँगैको टहरामा आगलागी
रवि लामिछाने गृहमन्त्री बनेपछि सहकारी ठगी प्रकरणको छानबिन रोकियो, संसदमा कांग्रेसको आरोप
रवि लामिछाने गृहमन्त्री बनेपछि सहकारी ठगी प्रकरणको छानबिन रोकियो, संसदमा कांग्रेसको आरोप
चार संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
चार संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
दुईपाङ्ग्रे सवारी चालकसँग ‘दुई मिनेट’ अभियान सुरु
दुईपाङ्ग्रे सवारी चालकसँग ‘दुई मिनेट’ अभियान सुरु
मोदीले गरे शीर्ष सुरक्षा र सैन्य अधिकारीसँग उच्चस्तरीय बैठक
मोदीले गरे शीर्ष सुरक्षा र सैन्य अधिकारीसँग उच्चस्तरीय बैठक