मिथिलामा हर्षोल्लासका साथ जानकी नवमी मनाइँदै

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, बैशाख १२, २०८३
|
|
१०८ पटक हेरिएको
Shares
मिथिलामा हर्षोल्लासका साथ जानकी नवमी मनाइँदै

सारांश

  • जानकी नवमी आदर्श नारीको प्रतीक माता जानकी (सीता)को पृथ्वीमा अवतरण भएको दिनका रूपमा श्रद्धा र भक्तिका साथ मनाइदै छ ।
  •  मिथिलावासीका लागि यो दिन अत्यन्त महत्त्वपूर्ण मानिन्छ ।
  • धार्मिक विश्वासअनुसार त्रेता युगमा वैशाख नवमीका दिन मिथिलामा लामो समयसम्म परेको अनिकाल हटाउने उद्देश्यले तत्कालीन मिथिलाका नरेश राजर्षि जनकले हलो जोत्दा भूमिबाट सीताको प्रकट भएको उल्लेख पाइन्छ ।

 

१२ वैशाख, जनकपुर।

जानकी नवमी आदर्श नारीको प्रतीक माता जानकी (सीता)को पृथ्वीमा अवतरण भएको दिनका रूपमा श्रद्धा र भक्तिका साथ मनाइदै छ । मिथिलावासीका लागि यो दिन अत्यन्त महत्त्वपूर्ण मानिन्छ ।धार्मिक विश्वासअनुसार त्रेता युगमा वैशाख नवमीका दिन मिथिलामा लामो समयसम्म परेको अनिकाल हटाउने उद्देश्यले तत्कालीन मिथिलाका नरेश राजर्षि जनकले हलो जोत्दा भूमिबाट सीताको प्रकट भएको उल्लेख पाइन्छ ।

जनकपुरधामस्थित जानकी मन्दिरमा विशेष पूजाअर्चना गरिनुका साथै श्रद्धालु भक्तजनहरूको ठूलो भिड लागेको छ । जानकी मन्दिरका छोटो महन्थ रामरोशन दासले यसदिन मन्दिरमा विशेष पूजा आयोजना गरिने जानकारी दिँदै सम्पूर्ण मिथिलावासीलाई घरघरमै पूजा गर्न तथा बेलुका दीपावलीझैँ दीप प्रज्वलन गर्न आग्रह गरे । जानकी नवमीका दिन मिथिलामा व्रत बस्ने परम्परा पनि रहेको छ । धार्मिक विश्वासअनुसार यस व्रतले पुत्र प्राप्ति हुने, साथै घरपरिवारमा सुख, समृद्धि र धनको वृद्धि हुने मान्यता छ । माता सीतालाई लक्ष्मीको अवतारको रूपमा पनि पूजिन्छ । धार्मिक ग्रन्थहरूमा उल्लेख भएअनुसार ‘सीता’ नाम हलोको डोब (संस्कृतमा ‘सीत’)बाट उत्पन्न भएकाले राखिएको हो । वाल्मीकि रामायणमा समेत राजर्षि जनकले खेत जोत्ने क्रममा सीता प्राप्त गरेको प्रसंग उल्लेख गरिएको छ ।

रामायणका कथालाई लिएर विभिन्न कालखण्डमा सयौँ ग्रन्थहरूको रचना भएका छन् । कतिपय वैकल्पिक ग्रन्थहरूमा सीताको जन्मबारे फरक–फरक दृष्टिकोण प्रस्तुत गरिएका छन् । उदाहरणका रूपमा ‘अद्भूत रामायण’मा सीताको उत्पत्तिबारे भिन्न कथा पाइए पनि वाल्मीकि रामायणलाई सबैभन्दा प्रमाणिक स्रोत मानिन्छ, जहाँ यस्तो प्रसंग उल्लेख गरिएको छैन । ऐतिहासिक रूपमा जनकपुरसँग माता सीताको सम्बन्ध जन्मकालदेखि नै जोडिएको मानिन्छ । विक्रम संवत् १४१७ मा भारतको राजस्थानबाट आएका महन्थ सुरकिशोर दासले जनकपुरमा रामजानकीको प्रतिमा फेला पारेको उल्लेख पाइन्छ । त्यसैगरी वि.सं. १७८४ मा मकवानपुरका राजा मानिक सेनले जानकी मन्दिरका लागि १४ सय बिघा जमिन दान दिएका थिए । पछि भारतको टिकमगढकी महारानी वृषभानु कुमारीले भव्य जानकी मन्दिर निर्माण गराएकी थिइन् । मुगल र हिन्दु कला र शैलीको समीश्रण रहेको यो मन्दिर सन् १८९४ मा शिलान्यास भई १९११ मा निर्माण सम्पन्न भएको हो । धैर्य, संयम र त्यागकी प्रतिमूर्ति माता सीताको आदर्श कथा आज पनि विश्वभर प्रेरणाको स्रोत बनेको वरिष्ठ साहित्यकार डा. राजेन्द्र बिमल बताउँछन् । धार्मिक ग्रन्थहरूको सन्दर्भमा हेर्दा सीतालाई आदर्श नारीका रूपमा चित्रण गरिएको उनको भनाइ छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

धनुषाको मिथिलामा ५१२औं दिव्य धर्म यज्ञ दिवस मनाइँदै, अखण्ड भण्डारा गराइने
धनुषाको मिथिलामा ५१२औं दिव्य धर्म यज्ञ दिवस मनाइँदै, अखण्ड भण्डारा गराइने
राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि नेपाल पुलिसलाई
राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि नेपाल पुलिसलाई
प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग गर्दै जेनजीहरुको आन्दोलन सुरु
प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग गर्दै जेनजीहरुको आन्दोलन सुरु
बरिष्ठ अधिवक्ता त्रिपाठीलाई कुटपिट गरेको आरोपमा थप एक जना पक्राउ
बरिष्ठ अधिवक्ता त्रिपाठीलाई कुटपिट गरेको आरोपमा थप एक जना पक्राउ
मधेसको समस्यामा सहयोग गर्न संघसंस्थालाई समाज कल्याण परिषद्को आह्वान
मधेसको समस्यामा सहयोग गर्न संघसंस्थालाई समाज कल्याण परिषद्को आह्वान
देउवाले गरे उद्योग तथा व्यापार विभागमा १० सदस्य मनोनयन
देउवाले गरे उद्योग तथा व्यापार विभागमा १० सदस्य मनोनयन
गुल्मीमा मागअनुसार निर्वाचन प्रहरी अपुग, आवेदन म्याद दुई दिन थप
गुल्मीमा मागअनुसार निर्वाचन प्रहरी अपुग, आवेदन म्याद दुई दिन थप
भारत र पाकिस्तानबीच रातभर तनाव, अमेरिकाले भन्यो– आक्रमण बन्द गर
भारत र पाकिस्तानबीच रातभर तनाव, अमेरिकाले भन्यो– आक्रमण बन्द गर
बढ्यो सुन–चाँदीको मूल्य , आज कतिमा हुँदैछ किनबेच?
बढ्यो सुन–चाँदीको मूल्य , आज कतिमा हुँदैछ किनबेच?
महिला खुला गल्फ प्रतियोगिता शनिबार
महिला खुला गल्फ प्रतियोगिता शनिबार