एन्फा कोषाध्यक्ष र लेखापाललाई छोड्न सर्वाेच्च अदालतद्वारा अस्वीकार
सारांश
- सर्वाेच्च अदालतले अखिल नेपाल फुटबल संघ (एन्फा) का कोषाध्यक्ष रवीन्द्र जोशी र लेखापाल सञ्जिव पाण्डेलाई रिहा गर्न अस्वीकार गरेको छ ।
- सर्वाेच्चका न्यायाधीश विनोद शर्मा र सुनिलकुमार पोखरेलको संयुक्त इजलासले रवीन्द्र र सञ्जिवलाई रिहा गर्न अस्वीकार गरेको हो ।
- गैरकानुनी रुपमा आफ्ना श्रीमान्लाई थुनामा राखेको भन्दै रवीन्द्र पत्नी शोभा जोशी र सञ्जिव पत्नी अनिता पाण्डेले सर्वाेच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको छुट्टाछुट्टै रिट दायर गरेका थिए ।
१५ असोज, काठमाडौं । सर्वाेच्च अदालतले अखिल नेपाल फुटबल संघ (एन्फा) का कोषाध्यक्ष रवीन्द्र जोशी र लेखापाल सञ्जिव पाण्डेलाई रिहा गर्न अस्वीकार गरेको छ । सर्वाेच्चका न्यायाधीश विनोद शर्मा र सुनिलकुमार पोखरेलको संयुक्त इजलासले रवीन्द्र र सञ्जिवलाई रिहा गर्न अस्वीकार गरेको हो ।
गैरकानुनी रुपमा आफ्ना श्रीमान्लाई थुनामा राखेको भन्दै रवीन्द्र पत्नी शोभा जोशी र सञ्जिव पत्नी अनिता पाण्डेले सर्वाेच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको छुट्टाछुट्टै रिट दायर गरेका थिए । जुन शर्मा र पोखरेलको संयुक्त इजलासले खारेज गर्दै थुनामा राखेर अनुसन्धान गर्नु विधिसम्मत भएको भनेको हो ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले २ असोजमा एन्फा मुख्यालयमा छापा मार्दै कोषाध्यक्ष जोशी र लेखापाल पाण्डेलाई पक्राउ गरेको थियो ।
उनीहरूमाथि सीआईबीले खेलमा मिलेमतो तथा अनियमितता र ठगी सम्बन्धी कसुरमा अनुसन्धान गरिरहेको छ । सरकारका प्रवक्तासमेत रहेका शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले गत मंगलबार एन्फामाथि अनुसन्धानको क्रममा नयाँ तथ्य फेला परेको बताएका थिए ।
प्रतिक्रिया