कोशी अस्पतालमा कार्यरत चौधरीविरुद्ध नक्कली प्रमाणपत्रको अभियोगमा मुद्दा दायर

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, फाल्गुन २०, २०८१
|
|
२८ पटक हेरिएको
Shares
कोशी अस्पतालमा कार्यरत चौधरीविरुद्ध नक्कली प्रमाणपत्रको अभियोगमा मुद्दा दायर

सारांश

  • अख्तियारले चौधरीको राजिभ गान्धी युनिभर्सिटी अफ हेल्थ साइन्स, कर्नाटकबाट जारी भएको बिएस्सी एमआइटी पिडिसी डिग्रीको प्रमाणपत्र नक्कली भएको भन्दै विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको जानकारी दिएको छ ।
  • चौधरीले झुट्टा शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी कोशी अस्पताल, विराटनगरमा रेडियोग्राफर पदमा २०७२ माघ १ देखि नियुक्ति लिई ओहोदा, लाभ र सुविधा प्राप्त गरेको भन्दै चौधरीलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसुरमा सोही ऐनको दफा १६ को उपदफा (१) बमोजिम कैद र जरिवाना हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको अख्तियारले जनाएको छ ।

 

२० फागुन, काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कोशी अस्पताल, विराटनगरमा सिटी स्क्यान डिपार्टमेन्ट कार्यरत जितेन चौधरीको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली भएको भन्दै मुद्दा दायर गरेको छ । अख्तियारले चौधरीको राजिभ गान्धी युनिभर्सिटी अफ हेल्थ साइन्स, कर्नाटकबाट जारी भएको बिएस्सी एमआइटी पिडिसी डिग्रीको प्रमाणपत्र नक्कली भएको भन्दै विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको जानकारी दिएको छ ।

चौधरीले झुट्टा शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी कोशी अस्पताल, विराटनगरमा रेडियोग्राफर पदमा २०७२ माघ १ देखि नियुक्ति लिई ओहोदा, लाभ र सुविधा प्राप्त गरेको भन्दै चौधरीलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसुरमा सोही ऐनको दफा १६ को उपदफा (१) बमोजिम कैद र जरिवाना हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको अख्तियारले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?