लक्ष्मीपूजाको रात सर्लाहीका तीन ठाउँमा आगलागी, करोडौंको क्षति

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, कार्तिक ४, २०८२
|
|
३० पटक हेरिएको
Shares
लक्ष्मीपूजाको रात सर्लाहीका तीन ठाउँमा आगलागी, करोडौंको क्षति

सारांश

  • लक्ष्मीपूजाको दिन सोमबार राति सर्लाहीका तीन स्थानमा आगलागी हुँदा करोडौं रुपैयाँ बराबरको सम्पत्ति नष्ट भएको छ प्रहरीले जनाएको छ।
  • सबैभन्दा ठूलो क्षति लालबन्दी नगरपालिका–५ मेजरगञ्जमा भएको हो ।
  • लालबन्दी–७ का कैलाश साहले किराना समान राखेका गोदाममा राति करिब ११ः३० बजे आगलागी भएको थियो ।

४ कात्तिक, सर्लाही ।

लक्ष्मीपूजाको दिन सोमबार राति सर्लाहीका तीन स्थानमा आगलागी हुँदा करोडौं रुपैयाँ बराबरको सम्पत्ति नष्ट भएको छ प्रहरीले जनाएको छ। सबैभन्दा ठूलो क्षति लालबन्दी नगरपालिका–५ मेजरगञ्जमा भएको हो । लालबन्दी–७ का कैलाश साहले किराना समान राखेका गोदाममा राति करिब ११ः३० बजे आगलागी भएको थियो । गोदाममा लागेको आगो नियन्त्रणमा लिन नेपाली सेनाको कालिध्वज गण पाँचकुमारी ब्यारेकका प्रमुख सेनानी उमेश खड्का, इलाका प्रहरी कार्यालय लालबन्दीका इन्स्पेक्टर वीरेन्द्रसिंह जोहारी नेतृत्वको टोली र स्थानीयवासी सक्रिय भएका थिए ।

सेनाको दमकलसहितको टोली र स्थानीयको सहयोगमा करिब एक घण्टापछि आगो नियन्त्रणमा लिन सकिएको थियो । प्रारम्भिक विवरणअनुसार आगलागीबाट करिब दुई करोड रुपैयाँ बराबरको किराना सामान जलेर नष्ट भएको बताइएको छ । गोदामधनीका अनुसार उनी लक्ष्मीपूजा गरेर फर्किएलगत्तै आगो लागेको हो । मैनबत्तीबाट आगलागी भएको अनुमान गरिएको छ, तर आधिकारिक पुष्टि भएको छैन ।

यस्तै, कविलासी नगरपालिका–१ पिपरियामा बब्लु मण्डलको घरमा पनि दीपावलीका क्रममा बालिएको दियोबाट आगो सल्किँदा घर र सरसामान जलेर करिब चार लाख ३० हजार रुपैयाँ बराबरको क्षति भएको छ । त्यसतै, चक्रघट्टा गाउँपालिका–५ का श्यामसुन्दर रायको घरमा विद्युत् सर्ट हुँदा लागेको आगोले करिब ५० हजार रुपैयाँ बराबरको कपडा, पंखा र नगद जलेर नष्ट भएको छ जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सोती घटना : उच्च अदालत सुर्खेतका दुई न्यायाधीशविरुद्ध उजुरी
सोती घटना : उच्च अदालत सुर्खेतका दुई न्यायाधीशविरुद्ध उजुरी
चितवनलाई पर्यटकीय राजधानी घोषणा गर्न माग
चितवनलाई पर्यटकीय राजधानी घोषणा गर्न माग
वार्तामा आउन सबै पक्षलाई राष्ट्रपतिको अपिल
वार्तामा आउन सबै पक्षलाई राष्ट्रपतिको अपिल
जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ
जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ
बालेनले ओलीलाई भने– जति भ्रम फैलाए पनि, हामी तपाईँको कार्यकर्तासँग झुक्दैनौँ
बालेनले ओलीलाई भने– जति भ्रम फैलाए पनि, हामी तपाईँको कार्यकर्तासँग झुक्दैनौँ
एक हप्तादेखि काठमाडौँ विश्वको प्रदूषित शहर ,आँखा नाक घाँटीका समस्या बढे
एक हप्तादेखि काठमाडौँ विश्वको प्रदूषित शहर ,आँखा नाक घाँटीका समस्या बढे
जलेका गाडीको नाममा इन्धन दुरुपयोग :अनुसन्धान गरी कारबाही गर्न मन्त्री मेहेताको निर्देशन
जलेका गाडीको नाममा इन्धन दुरुपयोग :अनुसन्धान गरी कारबाही गर्न मन्त्री मेहेताको निर्देशन
अमेरिकी डलर र युरोको भाउ थोरै बढ्यो, अरुको कति ?
अमेरिकी डलर र युरोको भाउ थोरै बढ्यो, अरुको कति ?
भारतको राजधानीमा प्रदूषणका कारण विद्यालयहरू बन्द
भारतको राजधानीमा प्रदूषणका कारण विद्यालयहरू बन्द
एमाले बागमती प्रदेशको निर्वाचन आज, को-को छन् उम्मेदवार?
एमाले बागमती प्रदेशको निर्वाचन आज, को-को छन् उम्मेदवार?