Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

लक्ष्मीपूजाको रात सर्लाहीका तीन ठाउँमा आगलागी, करोडौंको क्षति

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, कार्तिक ४, २०८२
|
|
३७ पटक हेरिएको
Shares
लक्ष्मीपूजाको रात सर्लाहीका तीन ठाउँमा आगलागी, करोडौंको क्षति

सारांश

  • लक्ष्मीपूजाको दिन सोमबार राति सर्लाहीका तीन स्थानमा आगलागी हुँदा करोडौं रुपैयाँ बराबरको सम्पत्ति नष्ट भएको छ प्रहरीले जनाएको छ।
  • सबैभन्दा ठूलो क्षति लालबन्दी नगरपालिका–५ मेजरगञ्जमा भएको हो ।
  • लालबन्दी–७ का कैलाश साहले किराना समान राखेका गोदाममा राति करिब ११ः३० बजे आगलागी भएको थियो ।

४ कात्तिक, सर्लाही ।

लक्ष्मीपूजाको दिन सोमबार राति सर्लाहीका तीन स्थानमा आगलागी हुँदा करोडौं रुपैयाँ बराबरको सम्पत्ति नष्ट भएको छ प्रहरीले जनाएको छ। सबैभन्दा ठूलो क्षति लालबन्दी नगरपालिका–५ मेजरगञ्जमा भएको हो । लालबन्दी–७ का कैलाश साहले किराना समान राखेका गोदाममा राति करिब ११ः३० बजे आगलागी भएको थियो । गोदाममा लागेको आगो नियन्त्रणमा लिन नेपाली सेनाको कालिध्वज गण पाँचकुमारी ब्यारेकका प्रमुख सेनानी उमेश खड्का, इलाका प्रहरी कार्यालय लालबन्दीका इन्स्पेक्टर वीरेन्द्रसिंह जोहारी नेतृत्वको टोली र स्थानीयवासी सक्रिय भएका थिए ।

सेनाको दमकलसहितको टोली र स्थानीयको सहयोगमा करिब एक घण्टापछि आगो नियन्त्रणमा लिन सकिएको थियो । प्रारम्भिक विवरणअनुसार आगलागीबाट करिब दुई करोड रुपैयाँ बराबरको किराना सामान जलेर नष्ट भएको बताइएको छ । गोदामधनीका अनुसार उनी लक्ष्मीपूजा गरेर फर्किएलगत्तै आगो लागेको हो । मैनबत्तीबाट आगलागी भएको अनुमान गरिएको छ, तर आधिकारिक पुष्टि भएको छैन ।

यस्तै, कविलासी नगरपालिका–१ पिपरियामा बब्लु मण्डलको घरमा पनि दीपावलीका क्रममा बालिएको दियोबाट आगो सल्किँदा घर र सरसामान जलेर करिब चार लाख ३० हजार रुपैयाँ बराबरको क्षति भएको छ । त्यसतै, चक्रघट्टा गाउँपालिका–५ का श्यामसुन्दर रायको घरमा विद्युत् सर्ट हुँदा लागेको आगोले करिब ५० हजार रुपैयाँ बराबरको कपडा, पंखा र नगद जलेर नष्ट भएको छ जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

हङकङ आगलागीमा १२८ जनाको मृ*त्यु पुष्टि, थप १६ श*व निकाल्ने प्रयासमा उद्धारकर्ता
हङकङ आगलागीमा १२८ जनाको मृ*त्यु पुष्टि, थप १६ श*व निकाल्ने प्रयासमा उद्धारकर्ता
डा. मनमोहन सिंहलाई जस्तै अर्थमन्त्री वाग्लेलाई सुनौलो अवसर छ
डा. मनमोहन सिंहलाई जस्तै अर्थमन्त्री वाग्लेलाई सुनौलो अवसर छ
४७ ग्राम ब्राउन सुगरसहित तिलगंगाबाट दुईजना पक्राउ
४७ ग्राम ब्राउन सुगरसहित तिलगंगाबाट दुईजना पक्राउ
दोस्रो दिन पनि महानगरविरूद्ध न्यूरोडका व्यवसायीको प्रदर्शन (तस्वीरहरू)
दोस्रो दिन पनि महानगरविरूद्ध न्यूरोडका व्यवसायीको प्रदर्शन (तस्वीरहरू)
पूर्वसभामुख ढुंगानाको निधनको शोकमा आज सार्वजनिक बिदा दिने सरकारको निर्णय
पूर्वसभामुख ढुंगानाको निधनको शोकमा आज सार्वजनिक बिदा दिने सरकारको निर्णय
माओवादी–समाजवादी एकतापछि पार्टीको नाम ‘नेपाली कम्युनिस्ट पार्टी’ राखिने
माओवादी–समाजवादी एकतापछि पार्टीको नाम ‘नेपाली कम्युनिस्ट पार्टी’ राखिने
विपिन जोशीको अवस्था अज्ञात : परराष्ट्र मन्त्रालय
विपिन जोशीको अवस्था अज्ञात : परराष्ट्र मन्त्रालय
आजको मौसम : यी प्रदेशमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना
आजको मौसम : यी प्रदेशमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना
जानकी नवमीमा राष्ट्रिय बिदा दिन जनकपुरधामका साधुसन्तको माग
जानकी नवमीमा राष्ट्रिय बिदा दिन जनकपुरधामका साधुसन्तको माग
कैलालीमा दुई मोटरसाइकल जुध्दा दुवै चालकको मृत्यु
कैलालीमा दुई मोटरसाइकल जुध्दा दुवै चालकको मृत्यु