४७ ग्राम ब्राउन सुगरसहित तिलगंगाबाट दुईजना पक्राउ

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, आषाढ १३, २०८२
|
|
२० पटक हेरिएको
Shares
४७ ग्राम ब्राउन सुगरसहित तिलगंगाबाट दुईजना पक्राउ

सारांश

  • त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको गेट नजिकै रहेको होटलबाट सशस्त्र प्रहरीले ४७ ग्राम ९ मिलिग्राम ब्राउनसुगरसहित दुई जनालाई नियन्त्रणमा लिएको छ।
  • नियन्त्रणमा लिइएकाहरूमा सिरहा जिल्लाको सिरहा नगरपालिका–८ बस्ने ४० वर्षीय मोहम्मद अख्तर मिया र धनुषा जिल्लाको कमला नगरपालिका–८ बस्ने ४२ वर्षीय सामन यादव छन्।
  • उनीहरूलाई सशस्त्र प्रहरी बलको इन्टेलिजेन्स ब्यूरोको विशेष सूचनाको आधारमा सोही ठाउँमा रहेको दर्शन नमस्ते ईन होटलबाट किनबेच गर्ने तयारी गरिरहेको समयमा ब्राउन सुगर र जोख्न प्रयोग हुने एक थान तराजु, ३ थान मोबाइल, २ वटा पासपोर्ट तथा नगद १२ हजार १ सय ७५ सहित नियन्त्रणमा लिइएको सशस्त्र प्रहरीका प्रवक्ता डीआईजी कालिदास धौबजीले बताए।

१३ असार, काठमाडौं ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको गेट नजिकै रहेको होटलबाट सशस्त्र प्रहरीले ४७ ग्राम ९ मिलिग्राम ब्राउनसुगरसहित दुई जनालाई नियन्त्रणमा लिएको छ।नियन्त्रणमा लिइएकाहरूमा सिरहा जिल्लाको सिरहा नगरपालिका–८ बस्ने ४० वर्षीय मोहम्मद अख्तर मिया र धनुषा जिल्लाको कमला नगरपालिका–८ बस्ने ४२ वर्षीय सामन यादव छन्।

उनीहरूलाई सशस्त्र प्रहरी बलको इन्टेलिजेन्स ब्यूरोको विशेष सूचनाको आधारमा सोही ठाउँमा रहेको दर्शन नमस्ते ईन होटलबाट किनबेच गर्ने तयारी गरिरहेको समयमा ब्राउन सुगर र जोख्न प्रयोग हुने एक थान तराजु, ३ थान मोबाइल, २ वटा पासपोर्ट तथा नगद १२ हजार १ सय ७५ सहित नियन्त्रणमा लिइएको सशस्त्र प्रहरीका प्रवक्ता डीआईजी कालिदास धौबजीले बताए। उनीहरुले विगत लामो समयदेखि धनुषाको विभिन्न ठाउँहरुबाट लागूऔषध ल्याई काठमाडौमा बेचविखन गर्दै आएको बताइएको छ। नियन्त्रणमा लिइएका दुवै जनालाई बरामद ब्राउनसुगरसहित आवश्यक कारबाहीको लागि सम्बन्धित निकायमा बुझाउने प्रक्रियामा रहेको जनाइएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ